Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » योगमायाको शालिक अनावरण
    कनकाई खबर बिशेष

    योगमायाको शालिक अनावरण

    कनकाई खबरBy कनकाई खबर२०७५ फाल्गुन २५, शनिबार ०२:५९ गते2 Mins Read

      कनकाई खबर डेक्स / “लैङ्गिक समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ कनकाईमा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईको सभापतित्व एवम् संघीय सांसद पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कनकाई ३ स्थित त्रिवेणी टोलमा निर्माण भएको योगमाया न्यौपानेको शालीक अनावरण गरिएको छ ।

       प्रमुख अतिथी खरेलले अग्रणी महिला व्यक्तित्व योगमायाको शालिक अनावरण गर्दै नेपालमा संस्थागत रुपमा महिला आन्दोलनको सुरुवात गर्ने भोजपुर निवासी सामाजिक अभियन्ता योगमायाले समाज रुपान्तरणका लागि खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै उनको व्यक्तित्वका वारेमा चर्चा गरीएको थियो । नगरका विभिन्न संघसंस्थाहरुका तर्फवाट आआफ्नो व्यानर लिएर सहभागी भएका महिलाहरुले विभिन्न नारा लगाउँदै योगमाया पार्क सम्म परिक्रमा गरेका थिए ।

     

      कार्यक्रममा कनकाई नगरको विकास निर्माण लगायत विभिन्न क्षेत्रमा पुर्याएको योगदान साथै संविधान लेखनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै झापाको साविक क्षेत्र नं.४ का चारजना माननीय सभासदहरुलाई विशेष सम्मान गरिएको वताइएको छ । यसरी सम्मानित हुने सभासदहरुमा अम्विका राजवंशी, सरीता प्रसाई, धर्मशिला चापागाईँ र प्रेमवहादुर गिरी रहेका छन् ।

      कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको स्वागत तथा कार्यपालिका सदस्य सावित्रा वर्देवा र सुनिता खरेलले संचालन गरेको कार्यक्रममा सहभागी महिलाहरुवाट कविता, गीत, गजल साथै नाटक प्रस्तुत गरीएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य हिराकुमार थापा, सम्मानित व्यक्तित्व प्रेमवहादुर गिरी, जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद वारकोटी, नेपाली कांग्रेस कनकाई नगर सभापति नेत्रप्रसाद चिमरीया, कनकाई नगर महिला संजालकी अध्यक्ष सीता वस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.