Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एक सातादेखी संचालित योग शिविरको समापन
    कनकाई खबर बिशेष

    एक सातादेखी संचालित योग शिविरको समापन

    कनकाई खबरBy कनकाई खबर२०७५ फाल्गुन १९, आईतवार १५:१६ गते3 Mins Read

      कनकाई \ कनकाई नगरपालिका वडा नं.५ स्थित भगवती आधारभूत विद्यालयमा एक सातादेखी जारी निशुल्क योग विज्ञान शिविरको एक विशेष कार्यक्रमका विच समापन भएको छ ।

      ‘गरौं योग , रहौं निरोग ’ भन्ने अभियानलाई सफल पार्ने उद्येश्यले पतञ्जली योग नगर समिति कनकाईको आयोजनामा एक साता अघिदेखी संचालन गरिएको बृहत योग विज्ञान शिविरवाट एक सय बढी स्थानीयवासी लाभान्वीत भएको नगर समितिका महासचिव रामप्रसाद निरौलाले वताएका छन् ।

      उद्घाटन समारोहका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलवाट दिप प्रज्ज्वलन गरी एक साता अघि विधिवत रुपमा समुद्घाटन भएको योग शिविरको प्रत्येक दिन समाजका अग्रज व्यक्तित्वहरुको प्रमुख आतिथ्यमा दिप प्रज्ज्वलनका साथ योग अभ्यास संचालन गरिएको हो । सोही अनुरुप दोस्रो दिन स्थानीय समाजसेवी डिल्लीराम सेलवालको प्रमुख आतिथ्य रहेको थियो भने तेस्रो दिन कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईं, चौथो दिन कनकाई नगर वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादुर राई, पाँचौ दिन समाजसेवी नेत्रप्रसाद चिमरीया, छैटौं दिन भगवती आधारभूत विद्यालयका अध्यक्ष ओम पाठक र सातौं दिनमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलवाट दिप प्रज्ज्वलनका साथ हरेक दिनको योगअभ्यास संचालन भएको हो ।

      सात दिन सम्म संचालन भएको योग शिविरको औपचारिक कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख पोखरेलले नियमित योग अभ्यास गराउँने योग गुरुहरु एवम् सहआयोजक संस्थाहरुलाई प्रशंसा पत्र साथै मायाको चिनो वितरण गरेका थिए ।
    नियमीत योग अभ्यासका कारण मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने हुँदा दैनिक जिवनलाई सहज वनाउँनका लागि योगअभ्यासलाई निरन्तरता दिनु पर्नेमा नगरप्रमुख पोखरेलले जोड दिएका छन् ।

    पतञ्जली योग नगर समिति कनकाईका अध्यक्ष योगगुरु टिकाप्रसाद कट्टेलको सभापतित्वमा सम्पन्न योग विज्ञान शिविरको औपचारिक समापनसँगै योगअभ्यासलाई निरन्तरता दिनका लागि भगवती योग साधना केन्द्र, कनकाई ५ स्थापना गरिएको छ । पतञ्जली योग नगर समितिको मातहतमा रहने गरी स्थापना गरिएको केन्द्रको संयोजकमा नगर समितिका सदस्य पुण्यप्रसाद ओझा रहेका छन् भने सचिवमा रामकुमार पाठक र सदस्यहरुमा क्रमशः भावना पाठक, चक्र तामाङ्, उमानाथ तिम्सिना, जीवन सेलवाल, डिल्लीराम वास्कोटा, झरना मगर, निर्मला सेलवाल, कल्पना पाठक र धनमाया पराजुली रहेका छन् । केन्द्रलाई व्यवस्थित रुपले संचालन गर्नका लागि वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादुर राईको संयोजकत्वमा एक सल्लाहकार समिति गठन गरिएको छ । जसको सदस्यहरुमा क्रमशः डिल्लीराम सेलवाल, गोकर्ण ओझा, नेत्रप्रसाद चिमरीया, ओमप्रसाद पाठक, खड्ग विमली र कृष्णप्रसाद पाठक रहेका छन् ।

      समापन कार्यक्रममा संयोजक पुण्यप्रसाद ओझाले स्वागत तथा योग शिविरको कक्षा संचालन संयोजक एवम् बालगोपाल योग साधना केन्द्र भक्तपुरकी अध्यक्ष जमुना सेलवालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा कनकाई नगरकी उपप्रमुख मन्जु प्रसाईं, पतन्जली योग समिति १ नं. प्रदेशका महामन्त्री योग गुरु लक्ष्मीप्रसाद काफ्ले, पतन्जली योग समिति झापाका अध्यक्ष योगगुरु देवी घिमिरे, कनकाई नगर वडा नं.५ का अध्यक्ष कृष्णवहादुर राई, भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक खड्ग विमली, सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेल लगायतले मन्तव्य राखेको कार्यक्रममा पतञ्जली योग समिति झापाका युवा अध्यक्ष वावुराम वस्नेत, योग समिति झापाकी महिला अध्यक्ष प्रेमकला निरौला, समितिको झापा सहसचिव रुद्र ओली, योग समितिका झापा गाउँपालिका अध्यक्ष भविन्द्र भण्डारी,महामन्त्री रुपनारायण वजगाई, मन्त्री विक्रम कार्की, योग गुरुहरु त्रिलोचन अधिकारी, तेजवहादुृर श्रेष्ठ, दुर्गाप्रसाद पाण्डे, दधिराम दहाल, सन्तवहादुर राउत, भगवती आधारभूत विद्यालयका संस्थापक अध्यक्ष डिल्लीराम सेलवाल, प्रधानाध्यापक खड्गप्रसाद विमली, सामाजिक व्यक्तित्व गोकर्ण ओझा लगायत विभिन्न क्षेत्रवाट आएका योग गुरुहरुको आतिथ्य रहेको थियो ।

      पतञ्जली योग नगर समिति कनकाईका महासचिव रामप्रसाद निरौलाले संचालन गरेको योग शिविरमा स्थानीय विभिन्न १५ वटा संघ संस्थाहरु सह आयोजकका रुपमा रहेका थिए । यसरी सहआयोजकका रुपमा रहेका संस्थाहरुमा क्रमशः कनकाई नगर वडा नं.५, भगवती आधारभूत विद्यालय, बालगोपाल योग साधना केन्द्र भक्तपुर, प्रगतिपथ कृषि सहकारी संस्था, पञ्चेश्वर शिवालय मन्दिर, नवदुर्गा मन्दिर , पन्चकन्या किर्तन मण्डली ,सुनौलो युवा क्लव , आत्माजागरण सतसङ्ग मण्डली , मनोकामना किर्तन मण्डली , आत्माजागृति किर्तन मण्डली , एकता किर्तन मण्डली, कनकाई किर्तन मण्डली , पाथीभारा किर्तन मण्डली लगायत रहेका छन् । कनकाई नगरका नौवटै वडामा योग शिविर संचालन गर्दै जाने योजना भए अनुरुप तत्काल यहि २० गते सोमवारदेखी वडा नं.६ को चम्पापुर माविमा शिविर संचालन हुने वताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    २०८२ फाल्गुन ८, शुक्रबार ०७:१७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.