Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मगमग झापा गोल्डकप झापा ११ क्वाटर फाइनलमा प्रवेश
    खेलकुद

    मगमग झापा गोल्डकप झापा ११ क्वाटर फाइनलमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०७५ फाल्गुन १८, शनिबार १४:०६ गते3 Mins Read

      बिर्तामोड \मगमग झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई दुइका बिरुद्ध शुन्य गोलले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । झापाले क्वाटर फाइनलमा हङकङ नेप्लीज एकाडेमी क्लबसँग प्रतिष्पर्धा गर्ने छ ।
    झापाको जितका लागि सब्सिच्युट खेलाडी सञ्जोग राई नायक बने ।

      खेलको ३५ औ मिनेटमा कप्तान कर्ण लिम्बुलाई बिस्थापन गर्दै मैदान प्रवेश गरेका राईले एक गोलमा पास गरेका थिए भने अर्को गोल आफैले गरेका थिए ।खेलको ३६ मिनेटमा मैदान प्रवेश गरेका राईले खेलको ४० मिनेटमा झापाका लागि बिदेशी खेलाडी काजिम बुखारीलाई पास मिलाएका थिए ।

      डि एरियाभित्र पाएको पासलाई अनमार्क रहेका बुखारीले पोष्टको दिसा दिएका थिए ।खेलको ४५ औ मिनेटमा योगेश गुरुङको पासलाई बिपक्षी पोष्टको बाँया बार च्याप्दै गरेको गोलले जाली चुमेको थियो ।

      खेलको ६१ औं मिनेटमा काजिम बुखारीले वान भर्सेस वानका अवसरलाई पनि सदुपयोग गर्न सकेनन । उनको प्रहार फ्रेमभित्र पर्न सकेन । ६३ औ मिनेटमा सञ्जोग राईको कडा प्रहार बिपक्ष गोलकिपरले रोकेका थिए ।खेल अवधिभर झापालाई दवावमा राख्न सफल भएपनि पोखराले झापा बिरुद्ध कुनै आक्रमण गर्न सकेन ।

      तीन बिदेशी खेलाडी सहित मैदानमा उत्रिएका दुबै टीमका एक एकजना खेलाडीले पहेलो कार्ड पाएका थिए । खेलको म्यान अफ दम्याच मगमग झापा ११ का सञ्जोग राई घोषित भए । उनले १५ हजार रुपैंया पुरस्कार पाएका थिए ।

      दर्शकमध्येका शिबसतासीका भक्तिप्रसाद भण्डारीलाई लक्की ड्र बाट २० इन्चको हिमस्टार टिभी पाएका थिए । बिर्तामोडको हिम इलेक्ट्रोन्क्सिले सबै खेलमा लक्की ड्र गरेर एकजना भाग्याली दर्शकलाई एलइडी टिभी प्रदान गर्ने जनाएको छ ।

      आइतबारको खेल शसस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ ११ बीच हुने आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपाली फुटबलको बिकासा झापाले गरेको योगदान अतुलनीय रहेको बताएका थिए ।

      कार्कीले झापाको फुटबलमा सहयोग गर्न प्रदेशले कुनै कसर बाँकी नराख्ने बताए ।फागुन २७ गते सम्पन्न हुने गोल्डकपमा बिभागीय तीन सहित काठमाण्डौका ५, मोफसलका ४ र एक बिदेशी टीमको सहभागिता रहेको छ ।

      प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
    खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै झापाका प्रशिक्षक प्रवेश कटवालले पोखराको सेट टीमलाई हराउनु चुनौतिपुर्ण भएपनि सफलता मिलेको बताए ।

      उनले उपाधि उचाल्नका लागि बिदेशी खेलाडी समेत ल्याएकोले दर्शकलाई निरास नपार्ने समेत बताए । यसअघि भएका तीनवटा गोल्डकपमा झापा फाइनलमा पराजित हुँदै आएको थियो ।पोखराका प्रशिक्षक कविन ब्याञ्जनकारले टीमकोे आक्रमण फितलो हुँदा पाएको अवसर सदुपयोग गर्न नसकेको बताएका छन् । मोफसलको सफल टीमलाई उसकै होम ग्राउण्डमा चुनौति दिनु मुस्किल परेको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.