Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माविको वार्षिक उत्सवमा विविध कार्यक्रम
    समाचार

    कनकाई माविको वार्षिक उत्सवमा विविध कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०७५ फाल्गुन ९, बिहीबार ०२:१७ गते3 Mins Read

    राम निरौला

       सुरुङ्गा \ कनकाई माविको ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।
    कार्यक्रमका अवसरमा विद्यालयको आर्थिक, शैक्षिक, प्रशासनिक र भौतिक विकासका लागि गरेको रचनात्मक सहयोगको उच्च मूल्यांकन गर्दै प्रदेश सभा सदस्य हीराकुमार थापालाई विशेष सम्मान गरिएको छ ।

    त्यस्तै विद्यालयमा लामो समय सम्म शिक्षण पेशामा आवद्ध भई सहायक प्रधानाध्यापक हुँदै प्रधानाध्यापकको जिम्मेवारी सफलतापूर्वक सम्हाली सकेका सेवा निवृत्त शिक्षासेवी निवर्तमान प्रधानाध्यापक निर्मलकुमार खतिवडा साथै लामो समय सम्म शिक्षण पेशामा आवद्ध भई सेवा निवृत्त भएका शिक्षक चन्द्रमणि होमगाईलाई विशेष सम्मान गरिएको हो । तीनैजना सम्मानित व्यक्तित्वहरुवाट विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि भएको रचनात्मक सहयोगको सम्मान स्वरुप विद्यालयको ६१ औं वार्षिक उत्सवको अवसरमा दोसल्ला ओढाएर फूलमाला सहित सम्मान पत्रका साथ सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण भट्टराईले वताएका छन् ।

    सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सम्मान गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशेष शिक्षा तर्फका विद्यार्थीहरुले सांकेतिक भाषामा राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।

    यसका साथै विद्यार्थीहरुको कनकाई स्काउट दलले कार्यक्रमका प्रमुख अतिथी मन्त्री हिक्मत कार्कीलाई सलामी अर्पण गरेका थिए । वार्षिक उत्सवकै अवसरमा विद्यालयमा विभिन्न दाताहरुवाट स्थापना गरिएको अक्षयकोषवाट विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

    विद्यालयमा स्थापना गरिएका छात्रवृत्तिहरुमा रेनुका तिम्सिना स्मृति प्रतिष्ठानवाट कक्षा ११ का विज्ञान समूहका रोशन भट्टराईलाई , प्रतिमान \ गंगादेवी उप्रेती छात्रवृत्तिवाट हाल कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका उत्कृष्ट विद्यार्थी निशान्त विमली, हाल कक्षा १० मा अध्ययनरत छात्रा ईशा साउदेन, विशेष शिक्षा तर्फका छात्रा यमुना दुलाल र कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट हुने छात्रा हाल कक्षा ९ मा अध्ययनरत अंकिता उप्रेतीलाई छात्रवृत्ति वितरण गरिएको वताइएको छ ।  त्यस्तै स्व.धनवहादुर सुवेदी स्मृति अक्षयकोषवाट २०७४ सालको एसईईमा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने ए प्लसका ५ जना र ए मा उत्तीर्ण हुने ३७ जनालाई पुरस्कार वितरण गरिएको हो ।

    त्यस्तै भीमप्रसाद \पद्मकला सुवेदी छात्रवृत्ति कोषवाट पुरस्कार वितरण गरीएको वताइएको छ । त्यस्तै रामप्यारी शिवाकोटी स्मृति अक्षयकोषवाट कक्षा ११ को शिक्षा समूहमा प्रथम भएका मेघराज कटुवाल, कक्षा ११ व्यवस्थापन तर्फका प्रथम सन्दीप सेड्याईँ, विशेष शिक्षा तर्फ कक्षा ९ वाट प्रथम भएका विशाल तामाङ् र कक्षा ८ मा सर्वोत्कृष्ट भइ हाल कक्षा ९ मा अध्ययनरत छात्र किरण डाँगीलाई पुरस्कार वितरण गरीएको हो ।

    सोही अवसरमा प्रतिष्पर्धात्मक सांस्कृतिक कार्यक्रम कनकाई तारा २०७५ को नतिजा समेत सार्वजनिक गरिएको छ । जस अनुसार गायन तर्फ उत्कृष्ट कक्षा ९ मा अध्ययनरत सन्ध्या ठटाललाई कनकाई तारा २०७५ का रुपमा विन्दा स्मृति अक्षयकोषवाट पुरस्कार वितरण गरीएको छ ।

    नृत्य तर्फकी कनकाई तारा बन्न सफल कक्षा १० मा अध्ययनरत निकिता तिम्सिनालाई खुश्वु ओली प्रतिभा अक्षयकोषवाट पुरस्कृत गरिएको वताइएको छ । त्यस्तै जुनियर तर्फ गायनमा कक्षा ५ मा अध्ययनरत कृष्ण भट्टराई र नृत्य तर्फ कक्षा १ मा अध्ययनरत राहुल शेर्पा कनकाई लिटल स्टार घोषीत भएको विद्यालयका शिक्षक तीर्थराज खरेलले वताएका छन् ।

    प्रतियोगिताको निर्णायक मण्डलमा लोक गायक अनिरुद्र ओली र बालकुमार कटुवाल रहेको वताइएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण भट्टराईले विद्यालयको भावी योजना सहितको प्रगति प्रतिवेदन साथै सहायक प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    विद्यालयका शिक्षक प्रतिनिधी बल्लभकुमार गौतमको स्वागत तथा शिक्षक तीर्थराज खरेलले संचालन गरेको कार्यक्रममा सम्मानित व्यक्तित्वहरु प्रदेश सभा सदस्य हीरा कुमार थापा, निवर्तमान प्रधानाध्यापक निर्मलकुमार खतिवडा, सेवा निवृत्त शिक्षक चन्द्रमणि होमगाई, शिक्षा विकास तथा समन्वय एकाई झापाका प्रमुख योगेन्द्रप्रसाद बराल, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश संग्रौला लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनमा आजदेखी महायज्ञ सुरु हुने

    २०८२ बैशाख २४, बुधबार ०७:४५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.