सुरुङ्गा \ कर्णाली वचत तथा ऋण सहकारी संस्था लि.ले १९ औं शाखाका रुपमा दमकमा संस्थाको शाखा कार्यालय संचालनमा ल्याएको छ ।
दमक नगरपालिका वडा नं. ६ को थानारोडमा कार्यालय व्यवस्थापन गरेर सहकारीले एक विशेष समारोहका विच कार्यालय उद्घाटन गरेको हो । संस्थाका अध्यक्ष टसवहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रप्रसाद ढकालले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
झापाका अन्य तीनवटा क्षेत्र गरामनी, शनिश्चरे र गौरादहमा समेत सेवा केन्द्र संचालनमा रहेकाले चाँडै शाखाका रुपमा कार्यालय उद्घाटन गर्ने योजना रहेको दमक शाखाका प्रवन्धक सुजन भण्डारीले वताएका छन् । शाखा कार्यालय उद्घाटनका अवसरमा संस्थाका शेयर सदस्यका परिवारलाई उपचार सुविधा वापतको रकम हस्तान्तरण गरिएको छ ।
यसरी सुविधा पाउँनेहरुमा क्रमशः अरुणा कुरुङ्वाङ्, सनमाया लिम्वू, सीताकुमारी मगर, हिमाकुमारी राई, देवीमाया श्रेष्ठ, विन्दु श्रेष्ठ, गंगादेवी श्रेष्ठ, भेषकुमारी चिमरीया र देवन्तीदेवी साहु लगायतका शेयर सदस्यहरुले आफ्नो साथै आफ्नो परिवारको सदस्यको पथरीको अप्रेसन, हर्निया साथै मुटुको अप्रेसन गरेवापत संस्थावाट सदस्यले पाउँने सुविधा रकम प्राप्त गरेका छन् । संस्थावाट सुविधा रकम पाएपछि सवै सदस्यहरुले खुशी व्यक्त गरेका छन् ।
कार्यक्रममा संस्थाको उद्येश्यमाथि प्रकाश पार्दै उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले वि.सं.२०५७ सालमा २८ जनाले २ लाख ८० हजार शेयर रकमवाट सुरु गरेको संस्थामा हाल २८ हजार शेयर सदस्य रहेको र १ अर्व ७५ करोड वरावरको कारोवार भएको वताएका छन् । संस्थाका सचिव भुपाल वस्नेतले संचालन गरेको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष गीता कुँवर, दमक नगर वडा नं.६ का वडा अध्यक्ष टेकवहादुर थापा, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश वुढाथोकी, सहकारीकर्मी गोविन्दविक्रम गिरी लगायतले मन्तव्य राखेका थिए ।