सम्मानित जेष्ठ सदस्यीयहरु
सुरुङ्गा \ ‘श्रम–सिप–समुन्नत’ भन्ने अभियानका साथ अघि बढेको कडरीया बन्धु सेवा समाज जिल्ला कार्यसमिति झापा ,मोरङ् शाखाको ११ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
कनकाई धाम कोटीहोमस्थित निर्माणाधीन भवनको सभा हलमा सम्पन्न भएको पाँचौं अधिवेशन सहितको साधारण सभाले हरीप्रसाद कडरीयाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा गंगाप्रसाद कडरीया, सचिवमा वीरेन्द्र कडरीया, सहसचिवमा कैलाश कडरीया, कोषाध्यक्षमा गोपालप्रसाद कडरीया चयन भएका छन् भने सदस्यहरुमा क्रमशः यज्ञवहादुर, नेत्रप्रसाद, इन्द्रप्रसाद, उदय, लयप्रसाद, नरमाया, निरमाया र उषा कडरीया गरी १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको वताइएको छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि सि.पी. कडरीयाको संयोजकत्वमा भुपेन्द्र कडरीया, देवी कडरीया, मेदनीप्रसाद र छाँयादेवी कडरीया सदस्य रहेको निर्वाचन मण्डलले महत्वपूर्ण भूमिका खेलेको वताइएको छ । साधारण सभामा कडरीया बन्धुभित्रका झापा र मोरङ् जिल्लामा रहेका १० जना जेष्ठ मातापितालाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा पवित्रा कडरीया, गजवहादुर कडरीया, रामप्रसाद कडरीया, छविमाया कडरीया, दाताराम कडरीया, चुडामणि कडरीया, विष्णुमाया कडरीया, गंगाप्रसाद कडरीया, खगेन्द्रमाया कडरीया र कडरीया बन्धु समाज झापाका संस्थापक अध्यक्ष मोहनप्रसाद कडरीया रहेका छन् । त्यस्तै नेपाल भीत्र रहेका कडरीया बन्धुका छोराछोरीहरु मध्ये सामुदायिक विद्यालय तर्फ कनकाई माविवाट गत वर्षको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउँने अनुराग कडरीया र कमलप्रसाद कडरीया, त्यस्तै निजी तर्फ कनकाई नगरपालिका ८ स्थित पाथीभारा एकाडेमीकी रेखा कडरीया, दाम्राभिटा अंग्रेजी मावि मोरङ्की प्रकृति कडरीया, स्टन स्टार अंग्रेजी विद्यालय दमकका मोहन कडरीया र अर्जुन कडरीया लगायत ६ जना छात्र छात्रालाई समेत नगद सहित सम्मान पत्रका साथ सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी कडरीया बन्धु सेवा समाजका केन्द्रीय उपाध्यक्ष एवम् भवन निर्माण समितिका संयोजक प्रभाखर कडरीयाले सम्मानित जेष्ठ मातापिता र विद्यार्थी सवैलाई सम्मान गरेका हुन् । साधारण सभामा शाखा अध्यक्ष गोविन्द कडरीयाले अध्यक्षको प्रतिवेदन, सचिव वीरेन्द्र कडरीयाले संस्थाको भावी कार्ययोजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भवन निर्माण समितिका तर्फवाट निर्माण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कोटीहोम परिसरमा निर्माणाधिन अवस्थामा रहेको पाँच हजार स्क्वाएर फुटको एक सभा हलसहितको बन्धुको भवन एक करोड पन्द्र लाखको लागतमा निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको निर्माण समितिका संयोजक प्रभाखर कडरीयाले वताएका छन् ।
एउटा किचन डाइनिङ् सहित अन्य ३ वटा व्यापारीक प्रयोजन र २ वटा प्रशासनिक कामका लागि प्रयोगमा आउँने गरी भवन निर्माण कार्यलाई निरन्तरता दिएको वताइएको छ । बन्धु समाजका झापा मोरङ् अध्यक्ष गोविन्दप्रसाद कडरीयाको सभापतित्व एवम् कमलप्रसाद कडरीयाले स्वागत गरेको कार्यक्रममा केन्द्रिय सचिव भुपेन्द्र कडरीया, सम्मानित जेष्ठ पिता मोहन कडरीया, सम्मानित विद्यार्थी अनुराग कडरीया, निर्माण व्यवसायी प्रकाश कडरीया, वंशाली प्रकाशन समितिका संयोजक मेदनीप्रसाद कडरीया, संस्थापक केन्द्रिय सचिव देवीप्रसाद कडरीया, डिल्लीराम कडरीया लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव विरेन्द्र कडरीयाले गरेका थिए ।