Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा लायन्सले बाँड्यो ट्राईसाइकल
    समाचार

    सुरुङ्गा लायन्सले बाँड्यो ट्राईसाइकल

    कनकाई खबरBy कनकाई खबर२०७५ माघ १५, मंगलवार १८:३४ गते3 Mins Read

    कनकाई \ लायन्स क्लब र लियो क्लव अफ कनकाई सुरुङ्गाले अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा ट्राईसाइकल वितरण गरेका छन् ।

         मंगलबार सुरुङ्गा स्थित आफ्नै सभाहलमा आयोजित एक कार्यक्रमका विच कनकाई नगरपालिका र झापा गाउँपालिकाका १३ जना अपाङ्गता भएकालाई बसेर हातवाट नै आफैं चलाउँन सकिने किसिमका ट्राईसाईकल वितरण गरिएको हो । लायन्स क्लब इन्टरनेशनलसँगको सहकार्यमा अमेरिकामा नै निर्मित उक्त ट्राइसाईकल प्रतिगोटा ४५ हजार भन्दा बढी नेपाली रुपैंयाँ पर्ने बताइएको छ । उक्त ट्राइसाइकलहरु प्रयोग गरेर स्वयम् अपाङ्गता भएका व्यक्तिहरु एक ठाउँवाट अर्को ठाउँमा आफंैले जान सक्ने वनेपछि उनीहरु हर्षित देखिन्थे ।

         विभिन्न कारणबाट आफ्नो शारीरिक अपाङ्गता भई कमजोर आर्थिक अवस्थाका उनीहरुलाई संस्थाले ट्राईँसाइकल वितरण गरेपछि ती व्यक्तिको दैनिकीमा सहजता आउँने विश्वास गरिएको छ ।
    दैनिक जिवनयापनमा सहज होस् भन्ने उद्देश्यले अपाङ्गता भएका झापा गाउँपालिका भित्रका ५ जना र कनकाई नगरपालिका भित्रका ८ जना गरी १३ जनालाई ट्राई साईकल बितरण गरिएको क्लबका सचिब साजन थापाले बताए । ट्राईसाईकल पाउनेहरुमा कनकाई नगरपलिकाका चन्द्रबहादुर राई वडा नं–२, गोपाल विष्ट वडा नं.–३, झक्कड बहादुर दर्जी वडा नंं–४, कृष्णप्रसाद पौडेल र जीवन हेमरम वडा नं.–५, चुडामणी ढकाल वडा नंं–६, खेदु मुसहर वडा नंं–७, वसन्ती राजवंशी वडा नं.–९, झापा गाउँपालिका तर्फवाट पार्वती गणेश, गीतादेवी गणेश, नारायण गणेश र टेकनारायण यादव रहेका छन् भने एउटा मेची आँखा अस्पताललाई गरी जम्मा १३ वटा ट्राईँसाइकल वितरण गरिएको हो । कनकाई नगरपालिका वडा नं.–३ का गोपाल विष्टले आँखाभरी आँशु झार्दै भने “आँपूलाई पहिले पनि लायन्सले एउटा कृत्रिम खुट्टो उपलब्ध गराई दिएको र आज फेरि यस्तो साधन दिएर सडक दुर्घटनामा परेर एउटा खुट्टो गुमाउनु परेपछी कतै पनि हिड्न नसकिरहेको अवस्थामा हिँड्न सक्ने भएकोमा अत्यन्तै खुशी छु र लायन्सप्रति आभार व्यक्त गर्दछु ।”

       सोही अवसरमा कनकाई नगरपालिका वडा नं.–४ मा अवस्थित कनकाई बाल शिक्षा केन्द्रमा अध्ययनरत २६ जना विद्यार्थीहरुलाई समेत शैक्षिक सामाग्री सहयोग गरिएको थियो । क्लबका उपाध्यक्ष मनोज बस्नेतले सम्पूर्ण विद्यार्थीहरुलाई जुत्ता, सामाजिक व्यक्तित्व राजु थापा र क्लबका सचिव साजन थापाका तर्फवाट विद्यार्थीहरुलाई स्कुलको डे«स र सामाजिक व्यक्तित्व सुमन कार्कीले शैक्षिक सामग्री निःशुल्क रुपमा उपलव्ध गराएका थिए ।

    कार्यक्रमका सभाध्यक्ष तथा लायन्स क्लब अफ कन्काई सुरुङगाका अध्यक्ष रुपनारायण खतिवडाले स्वागत गरेको कार्यक्रममा झापा क्षेत्र नं.–४ प्रदेशसभा सदस्य हिराकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथीवाट व्यानर पढेर उद्घाटन गरिएको कार्यक्रमको क्लबका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले औचित्यमाथी प्रकाश पारेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी थापाले “जुन कार्र्य लायन्स क्लब अफ कनकाई सुरुङगाले गर्यौ, यस्तो महान कार्य अहिलेको स्थानीय तह, प्रदेश तथा संघिय सरकारले गर्नु पर्र्नेमा जोड दिएका थिए ।”

        कनकाई नगर वडा नं.–४ का वडा अध्यक्ष गोविन्द पौडेल, मेची आँखा अस्पतालका प्रमख सुरज रौनियर, सुरुङ्गा खानेपानीका अध्यक्ष प्रेमप्रसाद दाहाल, कनकाई सामुदायिक वनका अध्यक्ष ख्यामप्रसाद ओली लगायतले मन्तव्य राखेको कार्यक्रममा वडा अध्यक्षहरु रुद्रप्रसाद चिमरिया, प्रेम राजवंशी, देवीप्रसाद खरेल, गीता चौहान, ताराप्रसाद फुयाल, देवीप्रसाद बास्तोला, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख हस्तबहादुर श्रेष्ठ, सहकार्य युवाक्लबका अध्यक्ष सुदिप भण्डारी, लियो क्लवका अध्यक्ष विजय पाठक लगायतको आतिथ्य रहेको थियो । क्लबका प्रथम उपाध्यक्ष गंगाराम दाहालले धन्यवाद मन्तव्य राखेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष मनोज बस्नेतले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.