Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ९० वर्षिय माताको वृद्धाआश्रममा जन्मोत्सव
    कनकाई खबर बिशेष

    ९० वर्षिय माताको वृद्धाआश्रममा जन्मोत्सव

    कनकाई खबरBy कनकाई खबर२०७५ माघ ९, बुधबार १४:०५ गते2 Mins Read

        सुरुङ्गा \ पछिल्लो समयमा जन्मदिन मनाउँने शैलीमा एकाएक परिवर्तन आउँन थालेको अनुभव गरीएको छ । वाल तथा वृद्धाआश्रममा सहयोग, असक्त अपाङ्गहरुप्रतिको सम्मान नै समाजका वालवालिकादेखी युवायुवती साथै जेष्ठ नागरीक सवै उमेरका मानिसहरुको रोजाई बन्दै गएको छ ।

      यसै क्रममा कनकाई नगरपालिका ९ घैलाडुवा निवासी सामाजिक व्यक्तित्व स्व.गंगाप्रसाद प्रसाईँ (भान्जावावु) की श्रीमति ९० वर्षिया विष्णुमाया प्रसाईंले आफ्नो इच्छा अनुसार जन्मदिनमा शिवसतासी १० माईधाम स्थित श्री लक्ष्मीनारायण मन्दिरमा रहेका वृद्ध मातापिता साथै वालवालिकाहरुसँग आफ्नो जन्मोत्सव मनाएकी छन् । विष्णुमायाको इच्छा पुरा गरिदिनका लागि परिवारजनका तर्फवाट आवश्यक सामाग्रीको व्यवस्थापन गरिएको थियो ।

      आवश्यक सामाग्रीका साथमा वुहारी लिला प्रसाई, जेठी छोरी तुलसा काफ्ले, माइली छोरी निरा ओली, कान्छी छोरी पुष्पा लामीछाने, नातिनी र ज्वाइँ सुजन काफ्ले निरौला र धिरेन निरौला, नाती सुमन र नातिने वुहारी नमिता काफ्ले, नातिनी निलु र ज्वाइँ नरपति पाण्डे, पनाती रजत मुन्धडा, पनातिनी कृतिका र ज्वाइँ प्रमोद सेड्याईँ, पनातीहरु कृष र आर्यन काफ्ले, अभिनभ निरौला लगायतका परिवारजनहरुको लक्ष्मीनारायण मन्दिर परिसरमा सहभागिता रहेको थियो ।

      लक्ष्मीनारायण मन्दिर आध्यजगत गुरु कमलनयनाचार्य आश्रममा रहेका २२ जना जेष्ठ माता, १५ जना जेष्ठ पिता र १० जना आश्रममा रहेका विद्यार्थीहरुलाई दोसल्ला ओढाएर खाद्यसामाग्रीका साथमा विद्यार्थीहरुका लागि शैक्षिक सामाग्रीका रुपमा कापी र कलम समेत वितरण गरिएको वताइएको छ ।

      विष्णुमायाकी जेठी वुहारी लिला प्रसाईको अध्यक्षता एवम् लक्ष्मीनारायण मन्दिरका महन्त स्वामी केशवाचार्यको प्रमुखआतिथ्य रहेको सामाग्री वितरण कार्यक्रममा मन्दिरका उत्तराधिकारी स्वामी भागवताचार्य, पुजारी दामोदर सुवेदी, पत्रकार रामप्रसाद निरौला लगायतले विष्णुमाया साथै स्व.गंगाप्रसाद प्रसाईले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको संचालन प्रसाईकी नातिनी सुजन काफ्ले निरौलाले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.