Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गाको तरकारी वजार अनुगमन
    समाचार

    सुरुङ्गाको तरकारी वजार अनुगमन

    कनकाई खबरBy कनकाई खबर२०७५ माघ ९, बुधबार १३:२८ गते2 Mins Read

      कनकाई खबर डेक्स \ स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकावाट सुरुङ्गा वजार क्षेत्रमा तरकारी वजारको अनुगमन भएको छ। नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, स्थानीय वडा नं. ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, वजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधी साथै सम्वन्धित विषयका प्राविधिक टोलीसहितको अनुगमन भएको हो ।

       विर्तामोड लगायत आसपासका क्षेत्रमा तरकारी वजारमा अत्यधिक मात्रामा विषादीको प्रयोग भएको विभिन्न किसिमका तरकारी भेटिएपछि  कनकाईमा पनि तरकारी वजारको अनुगमनलाई तिव्रता दिन थालिएको हो । जिल्ला वाहिर साथै दक्षिणी भेगमा सिमा जोडीएका ग्रामिण भेग र भारतवाट समेत अत्याधिक मात्रामा तरकारी आउँने गरेको सुरुङ्गा वजारमा भएको अनुगमनपछिको परिक्षणवाट सवै किसिमका तरकारी खान योग्य भएको प्राविधिक अन्जु आचार्यले वताएकी छन् ।

      विर्तामोड स्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा लगिएका विभिन्न किसिमका ११ वटा तरकारीका नमूनाहरुलाई स्पेक्ट्रो फोटो मिटरवाट परिक्षण गरिएको प्राविधिक आचार्यले वताइन् । मिटरवाट भएको परिक्षणमा ३५ प्रतिशत भन्दा माथिको परिणाम आएमा खान नमिल्ने हुन्छ भन्दै प्राविधिक आचार्यले सुरुङ्गावाट लगिएका सवै तरकारीका नमूनाको परिणाम ३५ प्रतिशत भन्दा कम आएको वताएकी छन् ।

       परिक्षणका लागी विर्तामोड लगिएका तरकारीका नमूनाहरु बन्दा, फूलकोपी, काउली, टमाटर, भन्टा,केरा, सिमी, ब्रोकाउली लगायत विभिन्न ११ वटा तरकारीका नमूना सुरुङ्गावाट लगिएकोमा सवै नमूनाको परिक्षण पश्चात खानयोग्य भएको पाइएको हो ।

      कनकाई नगरका विभिन्न वजारमा भारतवाट समेत विभिन्न किसिमका तरकारी आयात हुने भएकाले अत्याधिक विषादीको प्रयोग भएको हुन सक्ने आशंकाले नगरवासी साथै सम्पूर्ण व्यापारीहरुलाई समेत सचेत गराउँनका लागि तरकारी वजार अनुगमन गरिएको नगर प्रमुख पोखरेलले वताएका छन् । तरकारी लगायत सवै किसिमका खाद्य सामाग्रीहरुमा विषादीको प्रयोग नगर्न नगरवासीलाई अनुरोध गर्दै नगर प्रमुख पोखरेलले स्वस्थ, स्वच्छ र अग्र्यानीक खानपानमा जोड दिन सम्वन्धित सवैलाई अनुरोध गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.