Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मैनाली समाजको पाचौं सभा
    कनकाई खबर बिशेष

    मैनाली समाजको पाचौं सभा

    कनकाई खबरBy कनकाई खबर२०७५ माघ ७, सोमबार १३:२७ गते3 Mins Read

     

       सुरुङ्गा / मैनाली समाज नेपाल जिल्ला झापाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।जिल्ला समितिका अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षता र वरिष्ठ राजनीतिकर्मी राधाकृष्ण मैनालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्येष्ठ मैनाली मातापिता, संस्थालाई सहयोग गर्ने बन्धुहरु, उत्कृष्ट चेली, उत्कृष्ट बुहारी, उत्कृष्ट विद्यार्थी र उत्कृष्ट समाजसेवीलाई सम्मान गरिएको थियो ।

      ज्येष्ठ मातापिताहरु छबिलाल मैनाली, टीकाराम मैनाली, भगिरथ मैनाली, डिल्लीराम मैनाली (हल्दीबारी), गंगाप्रसाद मैनाली, विष्णुमाया मैनाली, शशिधर मैनाली, विष्णुकुमार मैनाली, रणमाया मैनाली, शिवप्रसाद मैनाली, गोविन्द मैनाली र नरमाया मैनालीलाई सम्मान गरिएको थियो । वि. सं. २०७४ को एसईईमा उत्कृष्ट हुने छात्रछात्राहरु निश्चल मैनाली, कुसुम मैनाली, शिवानी मैनाली, इशान्त मैनाली, सौगात मैनाली, उमेश मैनाली, एल्भिस मैनाली, कञ्चन मैनाली, अनिश मैनाली, धीरज मैनाली र प्रज्ज्वल मैनालीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

       त्यसै गरी सामाजिक क्षेत्रमा क्रियाशील बन्धुमा भोलानाथ मैनाली (शिवगञ्ज) र मेदनीप्रसाद मैनाली (दमक), वर्ष उत्कृष्ट चेली प्रेमा मैनाली उप्रेती (कनकाई–३) र वर्ष उत्कृष्ट बुहारी शकुन्तला मैनाली (कनकाई–४) लाई सम्मान गरिएको थियो । कालिका सामुदायिक भवन निर्माण समितिका संयोजक भवानी मैनाली (सुरुङ्गा) र इञ्जिनियर रुद्र मैनाली (मेचीनगर) लाई पनि सम्मान गरिएको थियो ।

       त्यसै गरी, अर्जुनधारा–११ निवासी बन्दी सहायता नेपालकी इन्दिरा राना मगरलाई बन्दीगृहमा रहेका बालबालिकाहरुको उद्धार कार्यमा विगत ३ दशकदेखि योगदान गरेकोमा मैनाली समाजसेवा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
    सो अवसरमा कालिका सामुदायिक भवनको प्रमुख अतिथि पूर्वमन्त्री राधाकृष्ण मैनालीले विधिवत उद्घाटन गरेका थिए ।

       कनकाई नगरपालिका वार्ड नं. १ का वार्ड अध्यक्ष रोशनराज पोखरेल, मैनाली समाज नेपाल झापाका सल्लाहकारहरु चन्द्रप्रसाद मैनाली, डा. लक्ष्मीप्रसाद मैनाली, देवीप्रसाद मैनाली, बालकृष्ण मैनाली, ज्ञानुनाथ मैनाली, गोविन्दप्रसाद मैनाली, धनपति मैनाली, खडगप्रसाद मैनाली, कालिका सामुदायिक भवन सञ्चालक समितिका सचिव कुमार खरेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका उपप्राध्यापक सुमा मैनाली लगायतको आतिथ्य रहेको कार्यक्रममा समाजका सल्लाहकार एवम् झापा क्षेत्र नं. १ का प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, अग्रज सञ्चारकर्मी चन्द्र भण्डारी, मैनाली समाज नेपालका केन्द्रीय उपाध्यक्ष मीनप्रकाश मैनाली, काठमाण्डौं उपत्यका समितिका अध्यक्ष नारायण मैनाली, सम्मानित बन्धु भवानी मैनाली, तेहथुम जिल्ला अध्यक्ष जयनारायण मैनाली, पुरस्कृत विद्यार्थी इशान्त मैनाली, सम्मानित व्यक्तित्व इन्दिरा रानामगर लगायतले मन्तव्य राखेका थिए ।

       सो अवसरमा मोरङ्गेली कवि नवराज मैनालीको कविता संग्रह ‘नयाँ युगको खोजी’ कार्यक्रमका प्रमुख अतिथि राधाकृष्ण मैनालीले विमोचन गरेका थिए । साधारणसभाको बन्दसत्रले अध्यक्ष डिल्लीराम मैनालीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र सचिव रामप्रसाद मैनालीद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन सुझावसहित पारित गरेको थियो ।

      बन्दसत्रले मौजुदा कार्यसमितिलाई पुनर्गठन गरेको छ, जस अनुसार अध्यक्षमा डिल्लीराम मैनाली, उपाध्यक्षद्वयमा श्रीप्रसाद मैनाली र अर्जुनकुमार मैनाली, सचिवमा रामप्रसाद मैनाली, सहसचिवमा अनुषा मैनाली, कोषाध्यक्षमा अम्बिका मैनाली र सदस्यहरुमा तुलसीप्रसाद मैनाली, यज्ञप्रसाद मैनाली, मेनुका मैनाली, लक्ष्मीप्रसाद मैनाली, होमप्रसाद मैनाली, लक्ष्मीप्रसाद मैनाली, खगेन्द्र मैनाली, बिमला मैनाली, रामकुमारी मैनाली, रेणुका मैनाली, शान्ता मैनाली, गोपालप्रसाद मैनाली र गायत्री मैनाली रहेका छन् । समाजका झापा उपाध्यक्ष श्रीप्रसाद मैनालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद मैनालीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.