Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई घाटमा पाचौं चितास्थलको शिलान्यास
    समाचार

    कनकाई घाटमा पाचौं चितास्थलको शिलान्यास

    कनकाई खबरBy कनकाई खबर२०७५ माघ ४, शुक्रबार १३:१४ गते3 Mins Read

    चितास्थल शिलान्यास कार्यक्रममा प्रमुख अतिथी हरीकुमार राना साथै दाता मित्तल परिवार लगायत…..

    सुरुङ्गा  \ पूर्वकै प्रसिद्ध नदी कनकाई माईको पूर्वी तटमा रहेको कनकाई घाटमा पाचौं चितास्थल निर्माणको लागि शिलान्यास गरिएको छ ।

       विहिवार एक कार्यक्रमका वीच थप पाचौं चितास्थलको शिलान्यास गरिएको हो । विर्तामोड निवासी समाजसेवी द्वारीका प्रसाद मित्तलले आफ्नी पत्नी स्व. सरबनदेवी मित्तलको स्मृत्तिमा छोराहरु दिनेशकुमार र प्रदिप मित्तलसहितको सामूहिक प्रयासमा पाचौं चितास्थल निर्माण हुन लागेको वताइएको छ ।

        यहि आर्थिक वर्ष भित्रमा निर्माण कार्य सम्पन्न हुने गरी मित्तल परिवारले चितास्थल बनाउने प्रतिबद्धतासहित चितास्थलको शिलान्यास गरिएको निर्माण परिवारका सदस्य दिनेशकुमार मित्तलले वताएका छन् । विश्रामस्थल र चितास्थल निर्माणका लागि ३५ देखि ४० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ । यस सम्बन्धी दाता र कनकाई घाट समितिवीच सम्झौता समेत सम्पन्न भइसकेको कनकाई घाट समितिका सचिव सूर्य उप्रेतीले वताएका छन् ।

          हाल २ वटा मात्र चितास्थल संचालनमा रहेको र दिनहुँ १ दर्जनसम्म शवहरु ल्याइने भएकाले समस्या भइरहेकोमा घाट समितिको प्रस्तावलाई स्वीकार गरी यस अघि विर्तामोड निवासी तिलरुपा खडकाले तेस्रो चितास्थल साथै चौथो चितास्थल मारवाडी सेवा समाजका तर्फवाट बनाउने संकल्प भए अनुरुप निर्माणकार्य निरन्तर रुपमा भइरहेको घाट समितिले जनाएको छ । जीवन पर्यन्त पनि दाहसंस्कार कार्यलाई व्यवस्थित वनाउँनका लागि सुरुवात भएको अभियानमा मित्तल परिवारको पवित्र कार्यको सहभागीहरुले प्रशंसा गरेका थिए । दिर्घकालीन योजनाका साथ अघि बढेको कनकाई घाट समितिको अभियानमा तन,मन र वचनले सहयोग गर्न समितिका अध्यक्ष प्रभाखर कडरीयाले सवैलाई आग्रह गरेका छन् ।

         शिलान्यास कार्यक्रममा पाचौं चितास्थल निर्माण परिवारका तर्फवाट दिनेशकुमार मित्तलले चितास्थल निर्माणमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने र कनकाई घाट समितिले बनाएको इञ्जिनियरिङ नक्सा बमोजिम निर्माण कार्य सम्पन्न गरी समितिलाई हस्तान्तरण गर्ने बताए । मित्तलले सबैका लागि मृत्यु शाश्वत सत्य भएको र मृत्युपछिको दाहसंस्कार सुन्दर ढंगले हुनुपर्नेमा जोड दिएका थिए । उनले पाचौं चितास्थल निर्माणका लागि जमिन उपलब्ध गराएकोमा कनकाई नगरपालिका र कनकाई घाट समितिप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

         चितास्थल उत्तरतर्फको जमिनको बचाउका लागि नगरपालिकाका तर्फबाट माटो भर्ने र तटबन्ध समेत गर्ने वताइएको छ । घाट समितिले नदी कटानको नियन्त्रणमा समेत मध्यनजर गर्दै थालेको अभियानमा समितिक कोषाध्यक्ष समेत रहेका केदार गिरीले व्यक्तिगत लगानीमा कोटीहोमस्थित सर्पदंश उपचार सेवाको भवन अगाडीदेखी घाटसम्म पुग्ने वाटो कालो पत्रे गर्ने कार्य चाँडै सम्पन्न गर्ने वताएका छन् ।

         समितिका अध्यक्ष प्रभाखर कडरीयाको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख अतिथी अर्जुनधारा नगरपालिकाका प्रमुख हरीकुमार राना र निर्माण परिवारका तर्फवाट द्वारीकाप्रसाद मित्तलले चितास्थलको सामुहिक रुपमा शिलान्यास गरेका थिए । घाट समितिका पदाधिकारी, मित्तल परिवार, मारवाडी सेवा समाज, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी, संचारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रममा चितास्थल निर्माण परिवारका सदस्य दिनेशकुमार मित्तलले स्वागत गरेका थिए ।

         शिलान्यास कार्यक्रममा कनकाई नगर वडा नं.४ का वडाअध्यक्ष गोविन्द पौडेल, मारवाडी सेवा समिति विर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल (भद्रपुरे), घाट समितिका महासचिव मदनगोपाल सुव्वा, नेपाल चेम्वर अफ कमर्श प्रदेश नं.१ का अध्यक्ष राजेन्द्र घिमिरे, पत्रकार तीर्थराज खरेल लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन घाट समितिका सचिव एवम् निर्माण समितिका संयोजक सूर्यप्रसाद उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.