Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वाणिज्य संघको पद हस्तान्तरण
    समाचार

    वाणिज्य संघको पद हस्तान्तरण

    कनकाई खबरBy कनकाई खबर२०७५ माघ ३, बिहीबार १४:४९ गते2 Mins Read

    सुरुङ्गा \ कनकाई उद्योग वाणिज्य संघको दोस्रो पद हस्तान्तरण एवम् सफद ग्रहण कार्यक्रम विहिवार सम्पन्न भएको छ ।

        वाणिज्य संघको गत पौष १२ गते सम्पन्न भएको निर्वाचनवाट आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित संघको कार्यसमितिका अध्यक्ष त्रिलोचन चिमरीयालाई निर्वाचन समितिका संयोजक प्रेम चुडालले सपथ ग्रहण गराएका थिए ।

      त्यस्तै नवनिर्वाचित अध्यक्ष चिमरीयाले वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए । अध्यक्ष चिमरीयावाट सपथ खानेहरुमा क्रमशः वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती , वाणिज्य उपाध्यक्ष अर्जुन वोहोरा, उद्योग उपाध्यक्ष पुण्यप्रसाद सिटौला , महासचिव तुलसी विमली, वाणिज्य सचिव डम्वरप्रसाद प्रसाई(प्रकाश) , उद्योग सचिव राजकुमार शाह, कोषाध्यक्ष भरतकुमार अधिकारी साथै सदस्यहरु क्रमशः सन्तोष प्रसाईँ ,भरत सापकोटा , गंगाराम गजुरेल(सञ्जय), झलक सिटौला, माधव पोखरेल , दिपक खतिवडा रहेका छन् भने महिला सदस्यमा भुमा गौतम, शान्तादेवी अधिकारी र तारामाया राई रहेका छन् । विजेता सवैलाई निर्वाचन समितिका तर्फवाट प्रमाण पत्र वितरण गरिएको निर्वाचन समितिका सदस्य ज्योती उप्रेतीले वताएका छन् ।

       संघका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्व एवम् नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र खड्काको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई सम्वोधन गर्दै सहभागीहरुले प्रजातान्त्रीक प्रक्रियावाट सम्पन्न भएको निर्वाचनमा संघको स्वस्थ प्रतिस्पर्धालाई सकारात्मक रुपमा लिँदै आगामी दिनमा एकताका साथ वर्तमान नेतृत्वले सम्पूर्ण व्यवसायीहरुको हितमा लाग्नु पर्ने तर्फ जोड दिएका छन् । संघको नवनिर्वाचित नेतृत्वले निर्वाचनका समयमा राखेका प्रतिवद्घताहरुलाई कार्यन्वयन तर्फ लाग्नुपर्नेमा जोड दिँदै व्यवसायीहरु विचमा करका विषयमा देखिएको अन्यौलताका वारेमा गम्भीर हुन नेतृत्वलाई सहभागीहरुले सुझाव दिएका छन् ।

       संघका निवर्तमान उपाध्यक्ष कृष्ण चुडालले स्वागत गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चिमरीयाले संघका तर्फवाट प्रतिवद्घता मन्तव्य राखेका थिए । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाल चेम्वर अफ कमर्श प्रदेश नं.१ का अध्यक्ष राजेन्द्र घिमिरे, संघका संस्थापक अध्यक्ष युवराज संग्रौला, नेपाली कांग्रेसका नेता देउकुमार थेवे, झापा उद्योग संघ भद्रपुरका अध्यक्ष टिकाराज ढकाल, मेची उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष ऋषी तिम्सिना, समाजसेवी भीमप्रसाद अधिकारी, उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रीतम खड्की, लक्ष्मीपुर वजार व्यवस्थापन समितिका अध्यक्ष नेत्र नेपाल, कनकाई सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष तीर्थराज खरेल लगायतले मन्तव्य राखेका थिए । औपचारीक कार्यक्रमको संचालन संघका निवर्तमान महासचिव सोमनाथ उप्रेतीले गरेका थिए भने सपथ ग्रहण कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य लिलाप्रसाद भेट्वालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.