Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सम्मान सहित विद्यालयको वार्षिक उत्सव सम्पन्न
    समाचार

    सम्मान सहित विद्यालयको वार्षिक उत्सव सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७५ पुष १७, मंगलवार १५:४५ गते2 Mins Read

    चम्पापुर \ श्री चम्पापुर माध्यमिक विद्यालयले विविध साँस्कृतिक कार्यक्रमका साथ ५५ औं वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

        वार्षिक उत्सवको अवसरमा आयोजीत विशेष कार्यक्रममा स्व. दिपेन्द्र शिवाकोटीको स्मृतिमा विद्यालयमा स्थापना गरिएको अक्षयकोषवाट स्व. दिपेन्द्रलाई अध्यापन गराउँने भृकुटी माविका शिक्षक कमलचन्द्र डाँगीलाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको छ । अक्षयकोषका दाता स्व. शिवाकोटीका वुवाआमा हरीप्रसाद र गोमा शिवाकोटी दम्पतीले अक्षयकोषवाट विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार साथै उत्कृष्ट केही विद्यार्थीहरुलाई नगदसहितको सम्मान गरेका छन् ।

        यसै क्रममा चम्पापुर माविमा कक्षा ६,७, ८, ९ र १० मा अध्ययनरत प्रत्येक कक्षाका प्रथम विद्यार्थीलाई जनही १ हजार ५ सयका दरले नगद सहितको पुरस्कार प्रदान गरीएको छ । त्यस्तै गतवर्षको एसईई परीक्षामा उत्कृष्ट भएका नगरभित्रका विद्यार्थीहरुलाई जनही २ हजार ५ सय पाँचका दरले पुरस्कृत गरीएको छ । त्यस्तै सडक दुर्घटनामा परेर निधन भएका स्व.शिवाकोटी तत्कालिन समयमा विविएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी भएका कारण सोही क्षणको स्मरण गर्दै छैटौं स्मृति दिवसको समेत अवसरमा आयोजीत कार्यक्रममा हाल कनकाई वहुमुखी क्याम्पसमा विविएस दोस्रो वर्षमा अध्ययनरत एकजना विद्यार्थीलाई नगद ४ हजार ५ सय सहित पुरस्कृत गरिएको छ ।
    कार्यक्रममा विभिन्न दाताहरुले स्थापना गरेको अक्षयकोषवाट विद्यार्थीहरुलाई स्कुल व्यागसहित नगद पुरस्कार समेत वितरण गरीएको छ । विद्यालयमा स्थापना गरिएका अक्षयकोषहरु मध्ये विद्यालयका पुर्व शिक्षक समेत रहेका कृष्णप्रसाद उप्रेती र तारा उप्रेतीले गोपीलाल र पवित्रा उप्रेती अक्षयकोष, वेनु उप्रेती स्मृति अक्षयकोष र भीमा उप्रेती स्मृति अक्षयकोष गरी तीनवटा अक्षयकोष स्थापना गरेका छन् ।

        त्यस्तै अमरराज र सावित्रा खतिवडा स्मृति अक्षयकोष, पं. भीमप्रसाद तिम्सिना स्मृति छात्रवृति, नैनकला स्मृति छात्रवृति, वेदकला छात्रवृति अक्षयकोष, अन्नपूर्ण रेग्मी स्मृति छात्रवृति अक्षयकोष, चन्दादेवी ओली स्मृति अक्षयकोष लगायतका कोषहरुवाट विद्यालयका गरिव, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरु सम्मानित भएका छन् । पुरस्कृत एवम् सम्मानित सम्पूर्ण व्यक्तित्व एवम् विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य एल.पी.साँवा लिम्वू साथै दाता परिवारका तर्फवाट सम्मान गरिएको थियो ।
    विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष माधव खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु कोइरालाले विद्यालयको भावि कार्ययोजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । शिक्षक रुद्रवहादु थापाले स्वागत गरेको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व व्यवस्थापन समितिका पदाधिकारी, पूर्व शिक्षक ,अभिभावक, पूर्व विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

       कार्यक्रमका प्रमुख अतिथि एल.पी.साँवा लिम्वू, विशेष अतिथि कनकाई नगर वडा नं.६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, पूर्व अध्यक्ष दिर्घवहादुर थापा, सल्लाहकार संयोजक होमनाथ खतिवडा, अक्षयकोषदाता मुक्तिनाथ तिम्सिना लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षक तुलाराम वस्नेतले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.