Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेसीज सप्ताह कार्यक्रम समापन
    कनकाई खबर बिशेष

    जेसीज सप्ताह कार्यक्रम समापन

    कनकाई खबरBy कनकाई खबर२०७५ मंसिर २९, शनिबार १२:११ गते2 Mins Read

    सुुरुङ्गा \ सुरुङ्गा जेसीजको वार्षिक क्यालेन्डर अनुसार शुक्रवार घैलाडुवा स्थित आदर्श विद्या मन्दिर माविमा विविध कार्यक्रमका साथ जारी जेसीज सप्ताहको समापन भएको छ ।

         मानव सेवालाई नै जीवनको सर्वोत्तम कार्यका रुपमा आत्मासाथ गर्दै सामाजिक क्षेत्रमा समेत क्रियाशिल युवाहरुको संस्था सुरुङ्गा जेसीजले विद्यालयका विद्यार्थीहरुलाई जाडोको कपडा स्विटर साथै शैक्षिक सामग्री वितरण गरी यस वर्षको जेसीज सप्ताह समापन गरेको हो । नर्सरी देखी कक्षा पाँच सम्म पूर्ण अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको यस विद्यालयमा अध्ययनरत नर्सरीदेखी कक्षा दुई सम्मका १५३ जना विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको हो ।

            कार्यक्रमका प्रमुख अतिथी कनकाई नगर वडा नं.९ का वडाअध्यक्ष प्रेमप्रसाद राजवंशीले विद्यार्थीहरुलाई स्विटर वितरण गरेका हुन् । विर्तामोड स्थित स्वस्तीक स्टोरकी प्रोपाइटर उमा चापागाँईँले आफ्ना छोराछोरी अनुप र आस्माको जन्म दिनको अवसर पारेर सुरुङ्गा जेसीजलाई १ सय थान स्विटर उपलव्ध गराएको सुरुङ्गा जेसीजका शाखा सम्पादक राम निरौलाले वताएका छन् ।
    जेसीज सप्ताहको अन्तीम कार्यक्रमका रुपमा रहेको मनोरञ्जनात्मक म्युजीकल चेयरमा स्थानीय जेष्ठ माताहरु साथै स्थानीय विद्यालयका शिक्षिका लगायतको सहभागिता रहेको थियो । जस मध्ये हीरा पराजुली घिमिरेले प्रथम स्थान हात पार्न सफल भएकी छन् भने गौरा उप्रेती र गीता पराजुली क्रमशः दोस्रो र तेस्रो भएका छन् । विजेता तीनैजनालाई सम्मानसहित आकर्षक पुरस्कार प्रदान गरीएको म्युजीकल चेयर कार्यक्रम संयोजक सुष्मा न्यौपाने उप्रेतीले वताएकी छन् ।
    सुरुङ्गा जेसीका अध्यक्ष भीमप्रसाद भट्टराईको सभापतित्व एवम् कनकाई नगर वडा नं.९ का वडा अध्यक्ष प्रेमप्रसाद राजवंशीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्राचार्य धर्मानन्द निरौला, क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका केन्द्र्रिय सदस्य शेरवहादुर थापा, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष एवम् सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष कुमारमणि पोखरेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा घैलाडुवाका सभापति केशव वेडारी लगायतले मन्तव्य राखेका थिए । स्विटर वितरण कार्यक्रमका संयोजक सुरुङ्गा जेसीजका कार्यकारिणी उपाध्यक्ष अर्जुन वोहोराले स्वागत गरेको कार्यक्रमको संचालन सचिव त्रिलोचन उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.