Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सामुदायिक वनको साधारण सभामा सम्मान
    समाचार

    सामुदायिक वनको साधारण सभामा सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७५ मंसिर १०, सोमबार १५:५८ गते3 Mins Read

     

      सुरुङ्गा \ कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।
    वन समूहको परिसरमा सम्पन्न साधारण सभाको अवसरमा संचारको माध्यमवाट समाज रुपान्तरण साथै सामुदायिक वनको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पत्रकार रामप्रसाद निरौलालाई सम्मान गरिएको छ । कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहेका निरौलाले विभिन्न संचारको माध्यमवाट पुर्याएको योगदानको मुल्याङ्कन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य हीराकुमार थापा, कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेल, वन समूहका अध्यक्ष ख्याम ओली लगायतले सम्मान गरेका हुन् ।

         वन समूहका अध्यक्ष ख्याम ओलीको सभापतित्वमा सम्पन्न साधारण सभामा सामुदायिक वन समूहका जेष्ठ उपभोक्ता, उत्कृष्ट कर्मचारी, एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउँने उपभोक्ता सदस्यका छोराछोरी लगायतलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई वन समूहले समाजको गहनाका रुपमा लिँदै हरेक वर्ष सम्मान गर्दै आएको छ । यस पटक सम्मानित हुने वन समूहको क्षेत्र भित्रका जेष्ठ मातापिताहरुमा क्रमशः नारदमणि शिवाकोटी, मनमाया रिजाल, हेमराज पौडेल, ठेकरन मुर्मू सतार, भिमप्रसाद मैनाली, जमुनादेवी उप्रेती, चुनौटी हास्दा सतार, सुभद्रादेवी पौडेल लगायत रहेका छन् ।

        त्यसैगरी गरिव तथा जेहन्दार विद्यार्थी प्रोत्साहन पुरस्कार तर्फ वन समूहका उपभोक्ता सदस्यका छोराछोरी मध्येवाट कनकाई माध्यमिक विद्यालयका छात्र विश्वास चौधरी र छात्रा तर्फ निकिता पौडेल र जेहेन्दार विद्यार्थी तर्फ अभिषेक डाँगीलाई सम्मान गरिएको वताइएको छ । त्यस्तै गरेर वन समूह भित्र रहेका फरक क्षमता भएका लालवहादुर काफ्ले, कल्पना राई, सौजन खरेल र दिलमाया शेर्मालाई वन समूहको तर्फवाट सहयोग प्रदान गरिएको समूहका सहसचिव श्रीप्रसाद खरेलले वताएका छन् ।

       

        वन डडेलो नियन्त्रणका लागि जिल्लामै उत्कृष्ट भई पुरस्कृत समेत भइसकेको यस सामुदायिक वनले आफ्नो साधारण सभाको अवसरमा वन डडेलो नियन्त्रण कार्यमा खटिने अस्थाई वन हेरालुहरु हरिप्रसाद पराजुली, लेखवहादुर आचार्य, लोकवहादु श्रेष्ठ, चन्द्रवहादुर तामाङ् र निरीक्षक चन्द्रप्रसाद भेट्वाल साथै इलाका प्रहरी कार्यालय सुरुङ्गालाई समेत सम्मान गरेको छ । त्यस्तै समूहमा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य गरे वापत समूहमा कार्यरत वन हेरालु चक्रदेव मगरलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

        त्यस्तै वन समूहमा कर्मचारीका रुपमा रहेर २७ वर्ष सम्म कार्यरत कृष्णवहादुर मगरलाई २७ वर्षको नगद २७ हजारसहित सामुदायिक वनको कर्मचारी कल्याण कोषवाट १ लाख ५ हजार २ सय २७ रुपैंयाँको चेक हस्तान्तरणसहित कार्यक्रममा सम्मान गरिएको छ । साधारण सभामा वन समूहका अध्यक्ष ख्याम ओलीले नमूना सामुदायिक वन निर्माणका लागि पर्यापर्यटन लगायत भावि कार्ययोजना सहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष प्रकाश थापाले वन समूहको आगामी वर्षको अनुमानीत आय व्यय विवरण सहितको यस आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

        वन समूहका उपाध्यक्ष ललित वहादुर कार्कीको स्वागत तथा सचिव मान्ता खरेलले संचालन गरेको कार्यक्रममा कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेल, वन डिभिजन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल झापाका अध्यक्ष वेदप्रसाद भण्डारी, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति देउमान थेवे लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    कनकाई माइमेलाको तयारी तीब्र

    २०८२ पुष २६, शनिबार १५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.