Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बर्देवा समाजको अध्यक्षमा पुनः तेजवहादुर
    समाचार

    बर्देवा समाजको अध्यक्षमा पुनः तेजवहादुर

    कनकाई खबरBy कनकाई खबर२०७५ भाद्र १६, शनिबार १३:३६ गते2 Mins Read

    सुरुङ्गा \ बर्देवा वन्धु समाज झापाको अधिवेशन सहितको प्रथम साधारण सभावाट दुई वर्षे कार्यकालका लागि पुनः तेजवहादुर बर्देवा अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् ।

          समाजको शनिवार धार्मिक क्षेत्र कोटीहोम परिसरमा सम्पन्न भएको साधारण सभाले तेजवहादुर सहित ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा अन्जु प्रसाईँ बर्देवा, सचिवमा खगेन्द्र बर्देवा, सहसचिवमा तिलक बर्देवा र कोषाध्यक्षमा सावित्रादेवी बर्देवा चयन भएका छन् ।

        सदस्यहरुमा क्रमशः राजकुमार बर्देवा, डिल्लीराम बर्देवा, चन्द्र बर्देवा, रमेश बर्देवा, कर्ण बर्देवा र रीता बर्देवा चयन भएका छन् । समितिको पहिलो वैठकले समाजको सल्लाहकार समिति चयन गर्ने वताइएको छ ।

           साधारण सभाकै अवसरमा समाजका तीनजना व्यक्तित्वहरु सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा मेचीनगरको वडा नंं.११ वाट वडा परिषद महिला सदस्यमा निर्वाचित अन्जु प्रसाईँ बर्देवा, कनकाई नगरको कार्यपालिका सदस्य सावित्रा बर्देवा र कवि तथा साहित्यकार भोलानाथ बर्देवा रहेका छन् ।

           सम्मानित व्यक्तित्व तीनैजनालाई कार्यक्रमका प्रमुख अतिथी बर्देवा समाजका जेष्ठ सदस्य गणेश बर्देवा र विशिष्ट अतिथी कनकाई नगर वडा नंं.४ का वडा अध्यक्ष गोविन्द पौडेलले सम्मान पत्रका साथ दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
    बर्देवा समाजका अध्यक्ष तेजवहादुर बर्देवाको सभापतित्व एवम् जेष्ठ सदस्य गणेश बर्देवाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा समाजका सचिव खगेद्र बर्देवाले संस्थाको भावि योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

          समितिकी उपाध्यक्ष अन्जु प्रसाईँ बर्देवाले स्वागत गरेको कार्यक्रममा कनकाई नगर वडा नं.४ का वडा अध्यक्ष गोविन्द पौडेल, नेपाल वंशज परिषद झापाका अध्यक्ष हरिप्रसाद नेपाल, महेन्द्र रत्न वहुमुखी क्याम्पस मोरङ्का प्राध्यापक जयराम सुन्दास, समाजका प्रमुख सल्लाहकार कृष्ण बर्देवा लगायतले मन्तव्य राखेका थिए । समाजकी कोषाध्यक्ष सावित्रा बर्देवाले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रमको संचालन सहसचिव तिलक बर्देवाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.