Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल जेसीजको क्षेत्र ’क‘ सम्मेलन झापाको सुरुङ्गामा
    राष्ट्रिय

    नेपाल जेसीजको क्षेत्र ’क‘ सम्मेलन झापाको सुरुङ्गामा

    कनकाई खबरBy कनकाई खबर२०७५ भाद्र १५, शुक्रबार १३:२८ गते2 Mins Read

    सुरुङ्गा \ नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको शुक्रवार सुरुङ्गामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
    नेपाल जेसीजका चार वटा क्षेत्र मध्ये पूर्वको झापादेखी पश्चिमको सर्लाहीसम्मका प्रस्तावित शाखा सहित ४० वटा शाखा समेटिएको क्षेत्र ‘क’ को सम्मेलन नेपालकै वन्द निषेधित कनकाई नगरको सुरुङ्गामा सुरुङ्गा जेसीजको आतिथ्यतामा सम्पन्न हुने वताइएको छ ।

          जेसीजका युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि गरिने यो कार्यक्रम यहि भदौ २२ र २३ गते कनकाई उद्योग वाणिज्य संघको सभा हलमा दुई दिन सम्म संचालन हुने सम्मेलन निर्देशक सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले वताएका छन् ।

          यस अघि पनि विभिन्न समयमा नेपाल जेसीजको आयोजनामा सम्पन्न भएका राष्ट्रिय स्तरका कार्यक्रमहरु काउन्सीलर एकाडेमी, टट् तालिम सफलतापूर्वक सम्पन्न गरिसकेको सुरुङ्गा जेसीजले यस कार्यक्रमवाट स्थानिय स्तरका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसार वढ्नुका साथै व्यपार व्यवसायमा पनि वृद्धि हुने सम्मेलन निर्देशक पोखरेलले वताएका छन् ।

           सम्मेलनको संचालन र व्यवस्थापनमा अन्य संघसंस्थाहरुको भन्दा फरक अनुभव दिनका लागि आन्तरिक रुपमा हरेक दिन स्थानिय संघसंस्था,उद्योगी, व्यवसायी, प्राध्यापक, सामाजिक व्यक्तित्वहरुसँगको अन्तरक्रियालाई आतिथ्य शाखा सुरुङ्गा जेसीजले तिव्र पारेको वताइएको छ ।
    पूर्व प्रधान न्यायधिश शुसिला कार्कीले उद्घाटन गर्ने सम्मेलनको पहिलो दिन राष्ट्रिय स्तरका विद्धान व्यक्तित्वहरुवाट प्रकरण गोष्ठी र उत्प्रेरणा सम्वन्धी तालिम हुने वताइएको छ । प्रकरण गोष्ठीका लागि प्राध्यापक डा.सुरेन्द्र केसी, राजनितिक विश्लेषक पुरञ्जन आचार्य र संचारकर्मी उज्वल प्रसाईँ वक्ताका रुपमा रहने सुरुङ्गा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराईले वताएका छन् । सम्मेलनको प्रमुख आकर्षकका रुपमा चर्चित गायिका आनी छोइङ्ग डोल्मा रहने छिन् ।

    “विकास, समृद्धि र सुशासनको आधार युवालाई जिम्मेवार” भन्ने सम्मेलनको प्रकरण रहेको वताइएको छ । प्रकरण गोष्ठी साथै जेसीजका युवाहरुको छलफलवाट कनकाई नगरपालिका सुरुङ्गा घोषणा पत्र समेत जारी गरिने अध्यक्ष भट्टराईले वताएका छन् ।
    सम्मेलनलाई सव्य,भव्य र आकर्षक वनाउँनका लागि विभिन्न १५ वटा उपसमिति निर्माण गरेर तयारी तिव्र पारिएको छ । सम्मेलनमा ८ सय वढी जेसीजका युवाहरुको सहभागिता रहने भएकाले ३० लाख सम्मको वजेटको स्टमेट गरिएको आर्थिक समितिका संयोजक शिवकुमार कडेलले वताएका छन् । वजेट व्यवस्थापनको स्रोत सहभागिताको रजिष्ट्रेशन, आन्तरिक स्रोत, नेपाल जेसीजवाट सहयोग साथै झापा जिल्लाका स्थानिय तहवाट प्राप्त हुने सहयोग नै सम्मेलनको आर्थिक स्रोत हुने आर्थिक समितिका संयोजक कडेलले वताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते

    ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने

    २०८३ बैशाख १७, बिहीबार २२:३५ गते

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.