Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जनताको समस्या पहिचान भयो, अब काम सुरुः मञ्जु प्रसाईं (अन्तरवार्ता)
    अन्तरवार्ता

    जनताको समस्या पहिचान भयो, अब काम सुरुः मञ्जु प्रसाईं (अन्तरवार्ता)

    adminBy admin२०७५ भाद्र १५, शुक्रबार १२:४४ गते4 Mins Read

    झापाको कनकाई नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक मञ्जु प्रसाईंले जनचाहना अनुसार काम गर्न सुरुवाती दिनमा समस्या भए पनि अहिले सहज बस्दै गएको बताएकी छन् ।

    पहिलो जिम्मेवारी र अनुभवको कमीले प्रारम्भमा असहज भए पनि सामूहिक नेतृत्वमा काम गर्ने अवसरमा विस्तारै जनमैत्री काम गर्न सहज हुँदै गएको उनले बताएकी हुन् ।

    कनकाई खबरसँग कुराकानी गर्दै उनले भनिन्, ‘नगर प्रमुख, वडा अध्यक्ष, परिषद सदस्य र कर्मचारी, संघ संस्था, बुद्धिजिवी, उद्योगी, व्यापारी, समस्त नगरवासी जनताहरु र संचार क्षेत्रको सहयोग र सदभावले गर्दा आउँदा दिनहरुमा विस्तारै अझ हिम्मत र उर्जाका साथ कार्य सम्पादनलाई जिम्मेवारी पूर्वक सम्पन्न गर्ने आशा एवं विश्वास लिएकी छु ।’

    उनीसँग हामीले नगर क्षेत्रको न्याय सम्पादन र विकास निर्माण लगायतका विषयमा पनि कुराकानी गरेका थियौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः–

     तपाईको नेतृत्वमा कनकाई नगरपालिको न्याय सम्पादन के कसरी अगाडी बढिरहेको छ ?

    शुरुका दिनहरुमा संवैधानिक व्यवस्थाका स्पष्ट नीतिगत अधिकार क्षेत्रको ज्ञानको अभावमा धेरै समस्या र चुनौतीहरुको सामना गर्नु परेको थियो ।

    तर, विस्तारै स्थानिय तहमा न्यायिक क्षेत्रका विभिन्न तहगत तालिम, गोष्ठी र कानुनी परामर्शदाताहरुको सहयोगमा जानकारी प्राप्त गर्दै आवश्यक संविधानका पुस्तकहरुको अध्ययन गरेर न्याय सम्पादनको कार्यलाई विस्तारै सहज रुपमा लाने काम भैरहेको छ ।

    संविधानले व्यवस्था गरे अनुसार नगरमा मेरो संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति र सबै वडाहरुमा कम्तिमा ५ सदस्यीय देखि बढीमा ७ सदस्य रहेको मेलमिलाप समिति गठन गरेका छौ, जसवाट आएका उजुरी उपर कानूनी परामर्शदाताको सहयोगमा न्याय दिनेकार्यमा प्रयत्न गरिरहेका छौ ।

     न्याय सम्पादनका क्रममा कनकाई नगरपालिकामा के कस्ता किसिमका मुद्दाहरु बढी आउने गरेका छन् ?

    अहिले सम्मको अवस्थालाई हेर्ने हो भने हामीसँंग समाजमा विगतमा देखिएका समस्याहरु नै आउने गरेको पाइएको छ ।

    यसलाई बँुदागत रुपमा भन्नु पर्दा विवाह दर्ता नभएको अवस्थाका मुद्धाहरु, जन्मदर्ता नभएको अवस्थाका मुद्धाहरु , जमिनको साँध सिमाना संम्बधी मुद्धाहरु, पैनी कुलो बाटोघाटो सम्बन्धी मुद्धाहरु, सम्बन्ध विच्छेद सम्बन्धी मुद्धाहरु, आर्थिक लेनदेन सम्बन्धी मुद्धाहरु, मानो चामल पेटभाँडो सम्बन्धी मुद्धाहरु, कानुनी सहायता सम्बन्धी मुद्धाहरु आदि ।

     तपाईले नगरको उपप्रमुख भएर जिम्मेवारी सम्हालेदेखि हालसम्मको अनुभव के कस्ता रहेका छन् ?

    सुरुमा नयाँ संरचना अनुसार काम गर्न अनुभवको कमीले जनचाहाना अनुसार काम गर्न सकिएन होला तर पनि सबै वडाहरुका टोल टोलका कार्यक्रमहरुमा सहभागि हुने अवसर प्राप्त भई स्थानिय तहको समस्याहरुको पहिचान, जनताका समस्याहरु र विकास निर्माण आदिमा तिता मिठा अनुभवहरु प्राप्त गर्ने अवसर पाएकी छु ।

    स्थानिय सरकारमा समायोजन गरिने स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका आदि जस्ता संरचानाहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउँदै विस्तारै कामको थालनी भएको छ ।

     समग्रमा कनकाई नगरमा के कस्ता सम्भावनाहरु देख्नु भएको छ ?

    नगरमा संभावनाहरु धेरै छन यसमा कनकाईको पूर्वी नहर कृषि सिँचाई, ग्रामिण सडक संञ्जाल, धार्मिक, पर्यटन तथा ऐतिहासिक स्थलहरुको प्रवद्र्धन र विकास, स्थानिय तहमा साना तथा मझौला उद्योगहरुको स्थापना, वन सम्पदा जडीबुटीको प्रवद्र्धन, प्राविधिक तथा व्यवहारिक शिक्षालय, स्वास्थ्यको पहुँचमा जनस्वास्थ्यको विकास आदिको क्षेत्रमा रहेका संभावनाहरुलाई प्राथमिकताको आधारमा लैजोने सोच पनि रहेको छ ।

     निर्वाचनको समयमा जनतालाई दिएको आश्वासन के कति पुरा भए होलान ?

    जिम्मेवारी लिएको एक वर्ष पनि भएको छैन तर पनि वडा स्तरबाटै स्थानीय तहका मुख्य समस्याहरुको पहिचान गरी विकास निर्माणका कामहरु सम्पन्न भइरहेका छन् ।

    जनतालाई सहजै सेवा प्रदान गर्नका लागि वडा कार्यालयहरु (वडा नंं.९, ५ र ८) स्थापना गरिएको छ । बृद्धभत्ता घर घरमा पुर्याउने काम भैरहेको छ ।

    समग्रमा भन्नु पर्दा हाम्रो कार्यकालमा अधिकतम रुपमा कामहरु पुरा हुनेछन् भनि विश्वास दिलाउन चाहन्छु ।

     तपाई आफैं महिला समेत भएको कारणले समग्र नगरका महिलाहरुको बारेमा के कस्तो दृष्टिकोण बनाउनु भएको छ ?

    समग्रमा महिला र पुरुषको विभेद र हरेक क्षेत्रमा महिलाहरुको सक्रिय सहभागिता र जिम्मेवारी हुनु पर्छ तब मात्र समाजलाई बदल्न सकिन्छ ।

    यसका लागि सकारात्मक सोच, सिप, तालिम, प्राविधिक तथा व्यवाहारिक ज्ञान लाई एकै साथ लान सकेमा उचाईका साथ महिलाहरु अगाडी बढने कुरामा दुई मत नै छैन ।

    विपन्न आर्थिक अवस्था भएका महिला तथा नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै उपप्रमुख सुत्केरी पोषण कार्यक्रम सञ्चालन भइरहेको छ । यसमा नगरपालिकाको २ लाख र व्यक्तिगतरुपमा मेरो ५० हजार आर्थिक सहयोगबाट यो कार्यक्रमलाई संचालन गरिएको छ ।

    सुत्केरीको घरमा नै गएर सुत्केरीलाई पोषण सामाग्री लगायतका अन्य सामानहरु वितरण गर्दै आएका छाैं ।

    यसबाहेक किशोरी शिक्षा, सिपमूलक तालिम (खेलौना, झल्ला बनाउने, अगरवत्ती बनाउने, प्रसोधित वेसार उत्पादन आदि), एकल महिलाका लागि मौरीपालन व्यवसाय, कानुनी साक्षरता , प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम, नेतृत्व विकास आदि जस्ता क्षेत्रमा कार्यक्रम भइरहेका छन् ।

     न्याय सम्पादनको क्षेत्रमा कनकाईको भविष्य कस्तो देख्नु भएको छ ?

    हालसम्म भए गरिएका न्याय सम्पादनका अनुभवले भविष्यका लागि एउटा स्पष्ट मार्गदर्शन दिन्छ भन्ने कुरामा म ढुक्क छु ।

    संविधान सम्बन्धी ज्ञान तथा अनुभवको कमी भए पनि एउटा टिमले कार्य गर्ने र यसमा कानूनी परामर्शदाताको सहयोगले गर्दा भविष्यमा अझ प्रभावकारी रुपमा न्याय दिने कार्यलाई आत्मा विश्वासका साथ अगाडी बढ्ने अठोट लिएकी छु ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    मञ्जु प्रसार्इ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.