Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरमा १८ प्रकारका सिफारिस तथा सेवामा पूर्ण निशुल्क
    समाचार

    कनकाई नगरमा १८ प्रकारका सिफारिस तथा सेवामा पूर्ण निशुल्क

    कनकाई खबरBy कनकाई खबर२०७५ भाद्र १४, बिहीबार १५:१६ गते3 Mins Read

      

     सुरुङ्गा \कनकाई नगरपालिकाले आर्थिक वर्ष २०७५\७६ को कर प्रणालीका सम्वन्धमा केही सुधार गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

    नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलले नगरको आ.व.२०७५\७६ को कर प्रणाली सम्वन्धमा भदौ ११ गते वसेको कार्यपालिकाको बैठकवाट निर्णय भए अनुसार भदौ १२ गतेदेखी लागु भएको जानकारी गराउँदै पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् ।

    स्थानिय तहले जनताको ढाड सेक्ने गरीको कर लगाएको भन्ने कुरा प्रचार मात्र बढी भएको प्रष्ट पार्दै प्रवक्ता पौडेलले जनताको पिर, मार्का र भावना अनुरुप नगरका तर्फवाट लिँइदै आएको केही राजस्वमा सुधार गरी विभिन्न १८ वटा सेवाको सिफारिस अव निशुल्क रुपमा हुने जानकारी गराएका छन् ।

    सुधार भएका मध्ये तत्कालिन सर्वदलिय संयन्त्रवाट निर्णय भई २०७३ साउन १ गते देखी लागू भएको एकिकृत सम्पति कर अन्तर्गत जग्गाको मूल्याङ्न, करको दर रेट तथा भौतिक संरचनाको मूल्याङ्नलाई नै चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको वताएका छन् ।

    त्यस्तै कृषि तथा पशुजन्य व्यवसाय, साना एवं घरेलु व्यवसाय, हस्तकला लगायतका व्यवसायमा लगाइएको करलाई समेत साविक मवोजिम नै कायम गरिएको वताइएको छ । त्यस्तै चारकिल्ला प्रमाणित गर्दा लिइने दस्तुरलाई सवै वडाहरुमा एकरुपता कायम गर्दै साविकमा लिँइदै आएको दस्तुर भन्दा न्युन हुने गरी अर्थात पहिला प्रति कठ्ठा रु.७० रहेकोमा हाल प्रति कठ्ठा रु.५० कायम गरीएको वताइएको छ ।

    त्यस्तै वैकिंङ् प्रयोजनका लागि गरिने आय हैसियत सिफारिश दस्तुर एक लाख वरावर रु.२५ मात्र कायम गरीएको छ । एकाघरका सदस्यमा हुने जग्गाको अंशवण्डा, बकस पास तथा नामसारीको लागि गरिने घरवाटो सिफारिस दस्तुरमा ५० प्रतिशत छुट हुने भएको छ ।

    मोही लगत कट्टा सिफारिस दस्तुर एकाघरको मोही भएमा ५० प्रतिशत छुट हुने भएको छ । त्यस्तै २०७५ सालको भदौ भदा अगाडी निर्माण भएका तर नक्सा पास नभएका घरहरुलाई २०७५ सालको चैत्र मसान्त सम्ममा अभिलेखिकरण गर्नु पर्ने वताइएको छ ।

    त्यस्तै ऐलानी जग्गामा बनेका घरहरुको न्यून रुपमा स्थानिय विकास शुल्क लिएर अभिलेखिकरण गरिने वताइएको छ । नागरिक्ता तथा प्रतिलिपिको लागि गरिने सिफारिस, निवेदन दस्तुर तथा फारम दस्तुर साविकको भन्दा न्यून गरिएको वताइएको छ ।

    कनकाई नगरका प्रवक्ता पौडेलले १८ प्रकारका विभिन्न सिफारिस तथा सेवालाई पूर्ण रुपमा निशुल्क सिफारिस गरिने वताएका छन् । जस मध्ये घटना दर्ता(३५दिन भित्र), अपाङ्गता, जेष्ठ नागरिक परिचय पत्र, विपन्नलाई उपचार सहयोग वापत, छात्रवृत्ती सम्वन्धि, वैंक खाता खोल्ने सम्वन्धि, आदिवासी, जनजाती, दलित, अल्पसंख्यक, सीमान्तकृत,पिछडा वर्ग लगायतको प्रमाणिकरण, सामाजिक सुरक्षा भत्ता सम्वन्धि, पशु तथा कृषि विमा लगायतका सिफारिस निशुल्क गरिने भएका छन् ।

      त्यस्तै वैदेशिक रोजगारीमा मृत्यु भएको, विपद तथा प्रकोपवाट क्षति भएको कागजात सम्वन्धी, कडा रोग उपचारका लागि, आर्थिक अवस्था कमजोर हुनेलाई कोर्ट फि निशुल्कको सिफा्िरस, अशक्त, असहाय, तथा अनाथको पालनपोषणका लागि, निशुल्क कानुनी सहायत सम्वन्धी, वाटोमा परेका जग्गा लगत कट्टा सम्वन्धि(प्लटिङ्) वाहेक, वडावाट नगरपालिकामा गरिने सिफारिस र नागरिक्ताको अनुसूची फारमहरु लगायतका निवेदन दस्तुर समेत निशुल्क गरी सेवा प्रदान गर्ने नगरका प्रवक्ता पौडेलले वताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.