Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई सामुदायिक वन जिल्लाकै उत्कृष्ट
    कनकाई खबर बिशेष

    कनकाई सामुदायिक वन जिल्लाकै उत्कृष्ट

    कनकाई खबरBy कनकाई खबर२०७५ भाद्र १४, बिहीबार १४:३४ गते2 Mins Read
    One day, the leaves wither as they turn old. India and Sri Lanka are primarily experiencing this phase. There are more greens on their tree today.

    सुरुङ्गा/ कनकाई सामुदायिक वन उपभोक्ता समुह वन डढेलो नियन्त्रण, संरक्षण तथा वन व्यवस्थपनमा उत्कृष्ट कार्य गरे वापत जिल्लामै उत्कृष्ट भई प्रथम पुरस्कार सहित सम्मानित भएको छ ।

    डिभिजन वन कार्यालय झापावाट चन्द्रगढीको मुना सामुदायिक भवनमा आयोजित सम्मान तथा राहत वितरण कार्यक्रमका विच कनकाई सामुदायिक वन उपभोक्ता समुहलाई नगद दश हजार सहित सम्मान पत्रका साथ नेपाल सरकार प्रदेश नं.१ का उद्योेग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिव वद्रीराज ढुङ्गानाले सम्मान गरेका हुन् ।
    सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ढुङ्गानाले पहिले वन मासेर धान रोप्ने परम्परालाई छोड्दै हाल धानवाली मासेर वन लगाउँन सुरु गरिएको स्मरण गर्दै ढुङ्गानाले सवै सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरुले वनमा चोरी निकासी रोक्न र डढेलो नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

    कार्यक्रमका अवसरमा वन डढेलो नियन्त्रण तथा जनचेतना अभिवृद्धि गराउने अन्य तीनवटा सामुदायिक वन कमलधाप, प्रजापति र हिमाल सामुदायिक वन सहित निजि वन सञ्चालन गर्ने पाँच जना कृषकलाई समेत सम्मान गरीएको छ । झापामा जंगली हात्तीको आक्रमणवाट ज्यान गुमाउने तीन जनाको परिवारलाई नगद १०/१० लाख सहित राहत समेत वितरण गरिएको वताइएको छ ।

    डिभिजन वन कार्यालय झापाका प्रमुख वोधराज सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका उपसचिव रेवती प्रसाद सापकोटा, महासंघकी केन्द्रिय सदस्य संगीता थापा, निजि वनका तर्फवाट दुर्गा प्रसाईं लगायतले मन्तव्य राखेका थिए । सामुदायिक वनका तर्फवाट सम्मानित कनकाई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ख्याम प्रसाद ओलीले सामुदायिक वनका उपभोक्ताहरुले झेल्दै आएका समस्याका वारेमा प्रष्ट पारेका थिए ।
    कार्यक्रममा सामुदायिक वनलाई सधैं सहयोग गर्ने सहायक वन अधिकुृत ओमनाथ भट्टराई, शिवराम शाह, सा.व.उ.महासंघकी केन्द्रिय सदस्य संगीता थापा, डिभिजन वनका प्रमुख वोधराज सुवेदी, नेपाल सरकारका उपसचिव सापकोटा लगायत प्रमुख अतिथि ढुङ्गानालाई कनकाई सामुदायिक वन उपभोक्ता समुहका तर्फवाट खादा ओढाएर कृतज्ञता प्रकट गरीएको थियो ।
    झापाका धेरैवटा सामुदायिक वनका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रमको व्यवस्थापन डिभिजन वन कार्यालय झापा र चन्द्रगडी सामुदायिक वनले गरेको वताइएको छ । सहायक वन अधिकृत नथुनी गोहीवार यादवले स्वागत गरेको कार्यक्रमको संचालन डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.