Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको तालिम समापन
    समाचार

    सुरुङ्गा जेसीजको तालिम समापन

    कनकाई खबरBy कनकाई खबर२०७५ भाद्र १४, बिहीबार ०३:२४ गते2 Mins Read

    सुरुङ्गा, नेपाल जेसीजको आयोजनामा संचालन भएको तालिम सप्ताह कार्यक्रम अन्तर्गत वुधवार सुरुङ्गा जेसीजको संयोजनमा व्यक्तित्व विकास एवम् जीवन चक्र तालिम सम्पन्न भएको छ ।

    नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरीएको तालिममा कुनै पनि संघसंस्थाको नेतृत्वलाई कसरी चलायमान वनाउँन सकिन्छ भन्ने उद्येश्यका साथ कार्यक्रम सम्पन्न गरीएको सुरुङ्गा जेसीजका अध्यक्ष भीमप्रसाद भट्टराईले वताएका छन् ।

    तालिममा जेसीजका पदाधिकारी तथा सदस्यहरु, स्थानिय संघसंस्था, नव गठित टोल विकास संस्था, सामुदायिक वन लगायतका ७५ वढी प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको अध्यक्ष भट्टराईले वताएका छन् ।

    कुनै पनि व्यक्तिले आँफू रहेको संस्थामा कसरी नेतृत्वदायी भूमिका निर्वाह गर्ने भन्ने विषयमा तालिम केन्द्रित रहेको वताइएको छ । नेपाल जेसीजले भदौ ८ गतेदेखी १४ गते सम्मलाई तालिम सप्ताहका रुपमा विभिन्न जेसीज शाखाहरुमा यस किसिमको तालिम गर्दै आएको नेपाल जेसीजका तालिम आयुक्त अनिल वहादुर शाहीले वताएका छन् ।

    सुरुङ्गा जेसीजका अध्यक्ष भिमप्रसाद भट्टराईको सभापतित्व एवम् नेपाल जेसीजका प्रशिक्षक रमेश अर्यालले प्रशिक्षण दिएको तालिम सुरुङ्गा जेसीजको सभाहलमा सम्पन्न भएको हो ।

    नेपाल जेसीजका तालिम आयुक्त अनिल वहादुर शाहीको प्रमुख आतिथ्यता रहेको तालिम कार्यक्रममा सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीया, पूर्व अध्यक्षद्वय कुमारमणि पोखरेल र शिव कडेल, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली लगायतले मन्तव्य राखेको कार्यक्रममा सुरुङ्गा जेसीजकी तालिम संयोजक सुष्मा न्यौपानेले स्वागत गरेकी थिइन् ।

    विर्ता लेडी जेसीजकी हिमा पौडेलले आस्थावाचन गरेको तालिम उद्घाटन कार्यक्रमको संचालन महासचिव देवेन्द्र रिसालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.