Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निर्वाचन अपडेट : मतगणना सुरु निर्वाचन क्षेत्र नं.४, झापा
    आमनिर्वाचन

    निर्वाचन अपडेट : मतगणना सुरु निर्वाचन क्षेत्र नं.४, झापा

    ramBy ram२०७९ मंसिर ५, सोमबार ०८:०० गते2 Mins Read

    कनकाई खबर \ झापाको निर्वाचन क्षेत्र नं.४ को मत गणना भर्खरै सुरु भएको छ ।


    कनकाई ३ स्थित जनचेतना आधारभुत विद्यालयमा रहेको मतदान स्थल र कनकाई ४ स्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको मतदानस्थलको मतपत्र सटिङ गरी गणना गर्ने काम सुरु भएको छ । चाँडै अरु वडाको पनि गणनाको कार्य सुचारु गर्ने जनाइएको छ ।


    सोमबार विहान सर्वदलिय बैठक सम्पन्नपछि मतगणना सुरु भएको हो । कनकाई नगरपालिकाको कार्यालयमा भएको झापा क्षेत्र नं.–४को निर्वाचन कार्यालयमा नै क्षेत्र नं.४को मतगणना भइरहेको छ । कनकाई नगरपालिकाको सभा हलसहित अन्य दुईवटा कोठा मत गणनाकालागि व्यवस्थापन भएको बताइएको छ ।


    मतदाता संख्याको ६४.४५ प्रतिशत मत खसेको क्षेत्र नं.४ मा १लाख २३ हजार १२४कुल मतदाता रहेको बताइएको छ । जसमा ४१ हजार ४९९ महिला र ३७ हजार ८५० पुरुष मतदाताले मतदान गरेका थिए । जस अनुसार यस क्षेत्रमा ७९ हजार ३४९ मत खसेको बताइएको छ । झापा क्षेत्र नं. ४ मा ६३ ओटा मतदान स्थल र १४९ ओटा मतदान केन्द्रमा मतदान भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।


    मतदानकै क्रममा कनकाई नगरपालिका वडा नं. १ मा जम्मा ३ हजार ४सय २३ मतदातामा २ हजार ३९६ मत खसेको छ । यसैगरि वडा नं. २ मा ३ हजार ६१६ मतमा २ हजार ४५६ मत खसेको बताइएको छ । यसैगरि कनकाई ३ मा ७ हजार ८४० मतदातामा ५हजार ११५ मत खसेको छ । यसैगरि वडा नंं. ४ मा ४ हजार ७३८ मतदातामा ३ हजार ८३२ मत खसेको छ । कनकाई ५मा ४हजार ४१५ मतदातामा २ हजार ९६६ मत खसेको बताइएको छ । यसैगरि कनकाई ६ मा २ हजार ७१ मतदातामा १ हजार ४८८ जनाले मतदान गरेको बताइएको छ । कनकाई ७ मा ३ हजार २४९ मतदातामा २ हजार १३९ मत खसेको सम्बन्धित मतदान केन्द्रका प्रतिनिधिले जानकारी दिए । कुल २९ हजार ४४३ मतदातामा १९ हजार ७ सय ८ जनाले कनकाईको ७ वटा वडाबाट मतदान गरेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.