कनकाई खबर \ झापाको निर्वाचन क्षेत्र नं.४ को मत गणना सोमबार विहानदेखि सुरु हुने भएको छ ।

मतगणनाकालागि तयारी अवस्थामा रहेको कनकाई नगरपालिकाको सभाहल
आइतवार साँझ ५ बजेदेखि मतदानको कार्य सम्पन्न भएपछि मतदानस्थलबाट मतपेटिका संकलन गर्न ढिलो भएका कारण मतगणना सोमबारदेखि हुने भएको बताइएको छ । सोमबार विहान सर्वदलिय बैठक सम्पन्नपछि मतगणना सुरु हुने बताइएको छ ।
कनकाई नगरपालिकाको कार्यालयमा भएको झापा क्षेत्र नं.–४को निर्वाचन कार्यालयमा नै क्षेत्र नं.४को मतगणना हुने बताइएको छ । कनकाई नगरपालिकाको सभा हलसहित अन्य दुईवटा कोठा मत गणनाकालागि व्यवस्थापन भएको बताइएको छ ।
मतदाता संख्याको ६४.४५ प्रतिशत मत खसेको क्षेत्र नं.४ मा १लाख २३ हजार १२४कुल मतदाता रहेको बताइएको छ । जसमा ४१ हजार ४९९ महिला र ३७ हजार ८५० पुरुष मतदाताले मतदान गरेका थिए । जस अनुसार यस क्षेत्रमा ७९ हजार ३४९ मत खसेको बताइएको छ । झापा क्षेत्र नं. ४ मा ६३ ओटा मतदान स्थल र १४९ ओटा मतदान केन्द्रमा मतदान भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।

मतगणनाकालागि गणनास्थलमा ल्याइएका पतपेटिका
समग्र झापालाई हेर्ने हो भने जिल्लाको क्षेत्र नंं. १ मा ७२.६ प्रतिशत मत खसेको छ । १ लाख २० हजार ३७५ मतदाता मध्ये ८७ हजार ३९६ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । त्यस्तै क्षेत्र नं. २ मा ६५.४२ प्रतिशत मत खसेको छ । १ लाख ३४ हजार ९१ जना मतदाता मध्ये ८७ हजार ७२३ जनाले मतदान गरेका छन् । क्षेत्र नंं. ३ मा १ लाख ३१ हजार ४३२ मतदाता मध्ये ८९ हजार ६३७ जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ६८.२ प्रतिशत हो । झापा क्षेत्र नं. ५ मा ६६.२ प्रतिशत मतदान भएको छ । १ लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार १५० जनाले मतदान गरेका छन् ।
मतदानकै क्रममा कनकाई नगरपालिका वडा नं. १ मा जम्मा ३ हजार ४सय २३ मतदातामा २ हजार ३९६ मत खसेको छ । यसैगरि वडा नं. २ मा ३ हजार ६१६ मतमा २ हजार ४५६ मत खसेको बताइएको छ । यसैगरि कनकाई ३ मा ७ हजार ८४० मतदातामा ५हजार ११५ मत खसेको छ । यसैगरि वडा नंं. ४ मा ४ हजार ७३८ मतदातामा ३ हजार ८३२ मत खसेको छ । कनकाई ५मा ४हजार ४१५ मतदातामा २ हजार ९६६ मत खसेको बताइएको छ ।
यसैगरि कनकाई ६ मा २ हजार ७१ मतदातामा १ हजार ४८८ जनाले मतदान गरेको बताइएको छ । कनकाई ७ मा ३ हजार २४९ मतदातामा २ हजार १३९ मत खसेको सम्बन्धित मतदान केन्द्रका प्रतिनिधिले जानकरी दिए । कुल २९ हजार ४४३ मतदातामा १९ हजार ७ सय ८ जनाले कनकाईको ७ वटा वडाबाट मतदान गरेको जनाइएको छ ।
