Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रतिनिधी र प्रदेशसभाका लागि आज देशैभर बिहान ७ बजेदेखि मतदान
    आमनिर्वाचन

    प्रतिनिधी र प्रदेशसभाका लागि आज देशैभर बिहान ७ बजेदेखि मतदान

    ramBy ram२०७९ मंसिर ४, आईतवार ००:४९ गते3 Mins Read

    काठमाडौं / प्रतिनिधिसभा र प्रदेशसभा सदस्य (सांसद) चुन्नका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट चुनिने जनप्रतिनिधिहरुले मुख्य रुपमा सरकार निर्माण गर्ने र कानून बनाउने काम गर्नेछन् ।

    प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी भने समानूपातिक पद्धती अन्तर्गत दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् ।

    प्रतिनिधिससभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् ।

    जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् । प्रदेशसभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जना कुल उम्मेदवार छन् । जसमध्ये दुई हजार १३० जना दलका र एक हजार ९४ जना स्वतन्त्र उम्मेदवार छन् ।२०६१ साल मंसिर ३ गतेसम्म जन्मेका अर्थात आजको दिनसम्म १८ वर्ष पुरा भएका र नागरिकताको प्रमाणपत्र लिएर मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यो निर्वाचनमा भाग लिन पाउनेछन् । देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । कुल मतदाताको संख्या अघिल्लो निर्वाचनको तुलनामा करिव १४ प्रतिशत बढी हो ।

    मतदानका लागि भाग लिन जाँदा मतदाता परिचयपत्र लैजानुपर्नेछ । परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, लालपूर्ण, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, पासपोर्ट(राहदानी)का आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ ।‘निर्वाचन आयोगले शनिबार दिउसो विशेष पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारी पुरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानमा सक्रियपूर्वक सहभागी हुन सबै मतदाताहरुलाई आग्रह गरे । निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्नु हुन हार्दिक अपिल गर्दछु’ उनले भनेका छन् ।

    निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरुले आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी पूरा गरिसकेका छन् ।

    मतदानका आफ्नो घरसम्म पुग्न र मतदान गरेर काममा फर्किन सर्वसाधारणलाई सहज होस् भनेर आयोगले शुक्रबारदेखि मतदानको भोलिपल्ट सोमबारसम्म सार्वजनिक विदा दिएको छ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले आवश्यक तयारी गरिएको थपलियाले बताए ।

    बल प्रयोग गरी वा डर, त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने जो कोहीलाई तत्काल कारबाही गर्ने आयोगले चेतावनी दिएको छ ।

    निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।

    चुनावका लागि देशभर १० हजार ८९२ वटा मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा गरी १४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ । चुनावमा २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका छन् ।

    यी मतदानस्थलबाट अस्थायी मतदातामा दर्ता भएका ४ लाख ५० हजार जनाले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकमा मात्र मतदान गर्न पाउनेछन् । यो चुनावमा आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रत्यक्षतर्फ भाग लिएका छन् भने समानुपातिकतर्फ ४७ दलले सहभागिता जनाएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.