Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हालको गठबन्धन देउवा र दाहाल बीचको ‘मितेरी साइनो’ मात्र हो : ओली
    आमनिर्वाचन

    हालको गठबन्धन देउवा र दाहाल बीचको ‘मितेरी साइनो’ मात्र हो : ओली

    ramBy ram२०७९ मंसिर १, बिहीबार १६:३५ गते4 Mins Read

    कनकाई खबर \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनास अनि स्थिरता कि अस्थिरता चाहनेका बीच हुने बताएका छन् ।

    यस अघिका निर्वाचनभन्दा ४ मंसिरको निर्वाचन निक्कै महत्वपूर्ण भएकाले जनताले राष्ट्रियता, विकास र स्थिरता चाहने नेकपा एमालेका सबै उम्मेदवारलाई विजयी गराउनु पर्नेमा उनले जोड दिएका छन् । एमाले र राप्रपाको संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नं. १ ले आज बिहीबार मेचीनगर ७ इटाभट्टामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् । ‘यो क्षेत्र भनेको सूर्याेदय उदाउने, देश नै प्रकाशमय र न्यानो नेपाल बनाउने भएकाले यस क्षेत्रका मतदाताले एमालेले तालमेल गरेका सबै उम्मेदवारलाई विजयी गराउनु क्षेत्र नम्बर १ का मतदाताको कर्तव्य हो’ एमाले अध्यक्ष ओलीको भनाई छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता गठबन्धनमा जान नचाहेको र एमालेसँग मिलेर चुनाव लड्ने अठोटका साथ तालमेल गरेका कारण राप्रपाका उम्मेदवारलाई समेत जिताउन अध्यक्ष ओलीले आग्रह गरेका छन् । यो निर्वाचनबाट देशमा विनास, अस्थिरता र देशघाती चाहने गठबन्धनलाई पराजय गर्नुपर्नेमा उनको जोड थियो ।

    ४ मंसिरको निर्वाचनले देश र नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने भएकाले समृद्घ नेपाल सुखी नेपालीको सपना पूरा गर्नसमेत देशका सबै क्षेत्रबाट एमालेले जित्नुपर्ने र जिताउनु पर्नेमा उनले जोड दिएका छन् । एमालेको तागत देखेर जनताको मनमनबाट, संसदबाट एमालेलाई ढाल्न नसकेर अन्य दलहरु गठबन्धन बनाएर चुनावमा आएको भन्दै उहाँले गठबन्धन नाम मात्रैको भएको टिप्पणी गरे । भन्नलाई ५ दलीय गठबन्धन भने पनि खासमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको ‘मितेरी साइनो’मात्र भएको ओलीको टिप्पणी थियो । देउवा र दाहाललाई एकै रंगको चराको संज्ञा दिदैं एमाले अध्यक्ष ओलीले गठबन्धनलाई अझ बलियो र मजवुत बनाएर चुनावी प्रतिस्पर्धामा आउन चेतावनी दिँदै जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत नलाग्ने दाबी गरे ।

    रैथाने भएकै कारण चुनाव जित्ने कल्पना नगर्न भन्दै एमालेका उम्मेदवार अग्निप्रसाद खरेल काम गर्न सक्ने, केन्द्रमा नीति निर्माण गर्नसक्ने र त्यसको कार्यान्वयन गर्न र सरकारमा मन्त्रीसमेत बन्न योग्य उम्मेदवार भएकाले खरेललाई नेकपा एमालेले खपत गरेर उम्मेदवार नबनाएको स्पष्ट पारे । एमाले जे भन्छ त्यही गर्ने र जे गर्छ त्यही भन्ने पार्टी भएकोले हरेक नेपाली नागरिक नेपाली नागरिकताबाट बञ्चित हुनु नपर्ने उनको प्रष्टोक्ति थियो ।

    निर्वाचन परिचालन कमिटीका संयोजक विष्णुप्रसाद प्रसाईंको अध्यक्षतामा आयोजित अन्तिम चुनावीसभामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अग्निप्रसाद खरेलले नेपाली काँग्रेसले आफू सत्तामा भएका बखत कवाडीको मोलमा बेचेको देशका ठूला कलकारखानाहरुको हिसाब किताब अब खोज्ने बेला आएको बताए । काँग्रेसका कारण देशका ठूला कलकारखाना बेचिएको र युवाहरू विदेशिन बाध्य भएको उनको दावी छ । नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको पूर्व महान्यायधिवक्ता समेत रहेका नेता खरेलले दावी गरे ।

    २०४८ सालमा नेपाली काँग्रेसको बहुमतको सरकार रहेको समरण गराउँदै ‘हरिसिद्धि इँटा टायल कारखाना कहाँ छ ? भृकुटी कागज कारखानादेखि बालाजु कपडा कारखाना कसले बेच्यो ? बाँसबारी छालाजुत्ता कारखानामा सौदाबाजी कस्ले गर्यो ? जनकपुर चुरोट कारखाना किन बेच्नु पर्यो, अहिले कहाँ छ ?’ नेता खरेलले कांग्रेसलाई प्रश्न गर्दै भने— ‘अब यसको हिसाबकिताब सवै नेपाली जनताले खोज्नेछन् । नेपाली काँग्रेस सत्तामा रहँदा विकास निर्माणका आयोजनाहरूको चरम दोहन गरेको छ ।’

    वीरगञ्ज, सर्लाही चिनी कारखानासमेत नेपाली काँग्रेसले बेचेको नेपाली जनताले नबिर्सेको नेता खरेलको भनाई थियो । पूर्व कानुनमन्त्री समेत रहेका खरेलले सरकारको तलब भत्ता खाइरहेको र सार्वजनिक पद धारण गरेर बसेका व्यक्तिले निर्वाचन आचारसंहिता उल्लघंन गर्दै गठबन्धनका उम्मेदवारलाई भोट माग्दा निर्वाचन आचारसंहिता उल्लंघन हुन्छ कि हुँदैन भन्दै निर्वाचन आयोगलाई प्रश्न गरे ।

    सो चुनावी सभामा प्रदेशसभा क्षेत्र नम्बर १ (१) का उम्मेदवार रविन कोइरालाले भारतबाट नेपाल पस्ने जंगली हात्ती नियन्त्रणका लागि मेचीनगरको तिरिङदेखि कचनकवलसम्म सोलार फेन्सिङ गरिनेछ । मेचीनगर क्षेत्रमा धेरै हात्ती आउने भएकाले मेची नदीको किनारमा अग्लो पर्खाल बनाउन सकिने पनि उनले बताए ।

    सत्ता गठबन्धनका दलहरु दिशाहीनमात्र होइन एजेण्डाविहीन रहेकाले नेकपा एमाले नेतृत्वमा सरकार बनाएर मुलुकको कायापलट गर्नु अबको यात्रा रहेकाले सबै मतदाताले मंसिर ४ लाई सूर्यबारका रुपमा लिइदिन कोइरालाले आग्रह गरे । सो चुनावीसभामा प्रदेशसभाका अर्का उम्मेदवार राप्रपा नेतृ सविना बजागाई, एमालेका सल्लाहकार परिषद् सदस्य हरिचरण बानियाँ लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन पार्टीको क्षेत्रीय संयोजक टीकाराम मंग्राँतीले गरेका थिए ।

    कलाकार राजा राजेन्द्रले आफ्नो प्रस्तुति दिएको सो कार्यक्रममा लाखेनाच, मुण्डा जातिको नृत्यसहित विभिन्न जातजातिको संस्कृति झल्किने नृत्य र गीत प्रस्तुत गरिएको थियो ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.