Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संसदमा दोस्रो इनिङमा एलपी साँवा
    आमनिर्वाचन

    संसदमा दोस्रो इनिङमा एलपी साँवा

    ramBy ram२०७९ मंसिर १, बिहीबार ०१:४४ गते5 Mins Read

    राम निरौला,
    कनकाई खबर \ झापा निर्वाचन क्षेत्र नं.४ का जनताको समस्यासँग लड्दै आएका निवर्तमान सांसद एलपी साँवा लिम्बू संसदमा दोस्रो इनिङको दौडमा छन् ।

    नेकपा एमाले १ नं.प्रदेश कमिटीको सचिवालय सदस्य समेत रहेका साँवा वैदेशिक रोजगार विभागको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । यस अघिको कोरोनासँगैको पाँच वर्षे कार्यकालमा सुरुवात गरेका विकासे योजनालाई किनारा लगाउँन आफ्नै उपस्थिती सहज हुने भन्दै थप महत्वकांक्षी योजना लिएर संसदमा दोस्रो इनिङ गर्ने दौडमा छन् एलपी साँवा । यहि मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वारका रुपमा रहेका साँवा यतिबेला मतदाताको घरदैलोमा अन्तिम भेटघाटमा छन् । राप्रपासँगको तालमेल रहेको यस क्षेत्रमा साँवासँगै क्षेत्रनं.४ प्रदेश(१)मा एमालेका राधाकृष्ण खनाल र प्रदेश २ मा राप्रपाका भक्तिप्रसाद सिटौला चुनावी मैदानमा छन् ।


    मतदाताका रुपमा रहेका जनताबाट अधिकांश जनप्रतिनिधीहरुलाई लाग्ने आरोप भनेको चुनाव पछि नेताहरु निर्वाचन क्षेत्रमा फर्किएर आउँदैनन् भन्ने हो । तर यस अघि झापा क्षेत्र नं.४ बाट निर्वाचित एलपी साँवामा भने केही भिन्न व्यवहार पाएको स्थानीयवासी बताउँछन् । “जहाँ समस्या, त्यहाँ साँवा” भने झैं कुनै पनि समस्याका कारण जनताले खोजी गरेमा तत्काल उपस्थित हुने सांसदका रुपमा नागरिकले साँवालाई विश्वास गरेका छन् । यति हुँदा हुँदै पनि आँफ्नो क्षेत्रमा अझै पनि भनेजस्तो काम गर्न नसकेको स्विकार्दै साँवाले आगामी दिनमा यसको निरन्तरताकालागि पनि आफ्नै उपस्थिती अनवार्य रहेको बताउँदै आएका छन् ।

    नदी कटानको समस्या समाधानका लागि होस् वा पुल–कलभर्ट नहँुदा जनताले पाएको सास्तीको समाधानमा साँवा उत्तिनै खटिने गरेका छन् । साँवाको पहल र प्रयासमा भएका योजनाकै कारण नागरिकको जीवन स्तरमा पनि परिवर्तन आएको छ । वर्षायाममा दक्षिणी झापा गाउँपालिकाको– ५ वटा वडावासीहरुको प्रायः भेट हुन मुस्किल थियो । भेटघाट गर्नका लागि कि त ठुलो जोखिम मोलेरै सानो माई तरेर वारीपारी गर्नुपर्दथ्यो । नभए, २२ किलोमिटरको दुरीमा रहेको सुरुङ्गा बजारमै नपुगि धरै थिएन । तर, अचेल यस्तो समस्या छैन ।

    झापा क्षेत्र नंं ४ का बासिन्दाका लागि खोला–नदीको कटान र डुबान मुख्य समस्या हो । तर पछिल्ला वर्षहरुका नदी किनारका बासिन्दाले ढुक्कले निदाउन पाएका छन्


    यस क्षेत्रका सांसद एलपी साँवाको सांसद स्थानीय विकास पूर्वाधार कोषको ५५ लाख लागत र स्थानीयको २० प्रतिशत रकम बरावरको जनश्रमदानबाट झापा गाउँपालिका ७ र ६ को विचमा रहेको सानो माइमा बक्स पुल हालिएपछि यस गाउँपालिकाका प्रायः सबै वडा विच नागरिकको आवतजावत गर्न सजिलो भएको बताइएको छ । पुल निर्माणसँगै झापा गाउँपालिका वडा नम्बर १,२,३,६ र ७ नम्बरवासीहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

    पुल नहुँदा यस क्षेत्रको गाउँमा बर्खामा एम्बुलेन्स लगायतका अत्यावश्यकीय साधन नजाँदा विरामी तथा विद्यार्थीलाई समेत समस्या हुने गरेको थियो । यस्ता दर्जनौ योजनाहरु साँवाको को पहलमा भएका कारण नागरिकको जीवनशैली समेत सहज बन्दै गएको भनाई छ, शिवसताक्षी ३ का कुमार श्रेष्ठको ।

    झापा क्षेत्र नंं ४ का बासिन्दाका लागि खोला–नदीको कटान र डुबान मुख्य समस्या हो । तर पछिल्ला वर्षहरुका नदी किनारका बासिन्दाले ढुक्कले निदाउन पाएका छन् । कटान र डुवान समस्या समाधानका लागि नदी तटबन्धनको कार्यले स्थानीयबासीहरुलाई ठुलो राहत पुगेको छ । ‘यस भेगको प्रमुख समस्या भनेकै खोला नदी हो, जनताको तटबन्धन कार्यक्रम मार्फत नागरिकले अनुभूती गर्ने गरि काम भएको छ’– गौरीगञ्ज १ का विष्णु राजवंशीले बताए ।

    यस क्षेत्रबाट यस अघि समेत निर्वाचित संघीय सांसद एलपी साँवाको पहल र प्रयासमा मुख्य चुनौतीको रुपमा रहेको नदी कटानको समस्या न्युनीकरण भएको हो । यहाँको तत्कालिन महाभाराको होक्कलबारी र कोरोबारीको आमगाछीमासहित जनताको तटबन्धन कार्यक्रम मार्फत नदी नियन्त्रणको काम भएको स्थानीयवासी बताउँछन्


    यहाँका कनकाई, बिरिङ, कमल, सानो माई लगायत अन्य साना खोलाहरु यस क्षेत्रका चुनौतीका रुपमा रहेका छन् । दुधे, झरना, बनियानी लगायत खहरे खोलामा आउने बाढीले पनि यस क्षेत्रका नागरिकमा त्रास बढाउछ र क्षती पनि गराउँछ । तर नदी कटानको समस्या समाधान गरि जनता जोगाउनु पर्यो भनेर साँवाले संसदमा आवाज उठाएपछि भने यहाँ तटबन्ध निर्माणले केहि निरन्तरता पाएको छ । जव संसदमा साँवाले यस क्षेत्रका नागरिकको समस्या बोल्न थाले, तवदेखी यहाँका खोलाहरुमा धमाधम बाँध निर्माण हुन थालेका हुन् ।

    साँवाकै पहल र नेतृत्वमा यहाँको कनकाई नदी अन्तर्गत भाकुरबारी–आमगाछी क्षेत्रमा, नदी नियन्त्रणको काम भएको छ । यहि नदीकै रङ्गीयाथान–टप्पुमा पनि बाँध बाँधीएको छ । होकलबारी क्षेत्रमा पनि सानो माईलाई नियन्त्तण गर्ने काम भएको छ । ‘एलपी साँवा माननीय भएपछि यस क्षेत्रको तटबन्धनका लागि मसिनो गरी काम सुरु भएको हो’ शिवसताक्षी नगरपालिकाका उपमेयर नरमाया कार्की भन्छीन् ‘अघिल्लो चुनावमा पराजित भए पनि उहाँले साँसद सरह काम गर्नुभयो । ०७४ मा विजयी भएपछि कामले झन् गति लियो ।’


    गौरिगन्ज १, शिवगञ्ज, भेलामुनी, विश्वाडुवाको तटिय क्षेत्रलाई अहिले सुरक्षीत बाँध बाँधेर जोगाउने काम भएको छ । शिवसताक्षी वडा नं ४ , ५ र ६ को क्षेत्र, झापा गाउँपालिकाको बिरिङ नदि क्षेत्र अन्तरगत वडा नं १ , २, ७ मा पनि नदि नियन्त्रण गरिएको छ । बिरिङ नदि अन्तर्गतकै पन्थापाडा– झापागापाको वडा नं. ५, –दुार्गापुर( क्षेत्र अर्थात कनकाई १ र ७ मा पनि नदी नियन्त्रणकालागि काम भएको छ । कमल बनियानी नदि अन्तर्गत शिवसताक्षी वडा नं १, २ र ३ मा, सताक्षी खोला वडा नं ६, ८ र ११ मा नदी नियन्त्रण भएकै कारण यहाँका बासिन्दाले सहज जिवनयापन गर्न पाएका छन् ।


    केहि वर्षं अघि सम्म वर्षायाममा खोलो बग्ने र हिउँदमा बालुवा उड्ने जमिनमा अहिले लहलह खेती हुन थालेको छ । आफ्नो जमिन खोलाले बगर बनाएपछि उठिबास हुनु पर्ने अवस्थामा पुगेका किसान अहिले खोलो तह लागेपछि भने बाह्रै महिना खेती गरेर आम्दानी लिन थालेका छन् । शिवसताक्षी नगरपालिकामा पर्ने दुधे पुल दक्षिण दुधे खोलामा २०० मिटर तटबन्धन भएको छ । यसबाट खोलाको कटान नियन्त्रण मात्र भएन करिब १५ विगाह जग्गा पुरानै अवस्थामा फर्किइएको छ । यसले किसानहरुलाई आफ्नै ठाउँमा बसेर गरी खान सक्ने अवस्था बनेको शिवसतक्षी ११ का देवेन्द्र खरेलले बताए ।

    वर्षौ सम्म कनकाई नदीको कटानबाट पिडीत भएकाहरु पनि अहिले त सन्तोषको स्वास फेर्न थालेका छन् । शिवसताक्षी १० का देवीप्रसाद अधिकारीले अब त कनकाईले दुःख दिने दिन गए भन्दै खुशी व्यक्त गरे । यस्तै खोला पिडीत केशव ढकाल पनि केहि वर्ष देखि कटान नियन्त्रणले गति लिएपछि खोलाकै कारण उठिबास हुने दिन सकिए भन्नेमा आशावादी छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.