Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा क्षेत्र नं.४ मा राजनीतिक दलसँग टक्कर गर्दै स्वतन्त्र उम्मेद्वार
    आमनिर्वाचन

    झापा क्षेत्र नं.४ मा राजनीतिक दलसँग टक्कर गर्दै स्वतन्त्र उम्मेद्वार

    ramBy ram२०७९ कार्तिक ३०, बुधबार १४:५८ गते4 Mins Read

    आफूहरू नष्ट हुन सक्ने, तर भ्रष्ट नहुने ः शम्भुप्रसाद ढकाल ‘सुस्केरा’ (चुनाव चिन्ह घण्टी)


    कनकाई खबर \ पार्टी बदल्नु परेन, भोट बदलौं’ भन्ने नारासहित झापा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदकालागि घण्टी चुनाव चिन्ह लिएर शम्भुप्रसाद ढकाल ‘सुस्केरा’ले घरदैलो अभियानलाई तिब्र बनाएका छन् ।


    पुर्व प्रहरी समेत रहेका सुस्केरा एक साहित्यकारका रुपमा पनि परिचित छन। स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, जनमैत्री कानुन निर्माण, भ्रष्टाचार नियन्त्रण, राज्य सञ्चालनमा पुनरावलोकन, आन्तरिक तथा बाह्य सुरक्षा, विश्व मञ्चमा गौरवपूर्ण उपस्थिति, प्रभावकारी, मितव्ययी र ममतामयी सरकार लगायतका विषयलाई सुस्केराले आफ्नो चुनावी मुद्धा बनाएका छन् ।


    युवा स्वरोजगारलाई प्राथमिक्ता, सुरक्षित, सहज र भरपर्दो यातायात सेवा तथा स्थानीय समस्या लगायतका विषय समेट्दै ढकालले यस अघि नै १२ बुँदे वाचापत्र सार्वजनिक गरेका छन् । उनले काल्पनिक र हावादारी कुरालाई होइन, तर गर्न सकिने, व्यवहारिक, आवश्यक प्रतिबद्धतालाई मात्र प्रस्तुत गरेको बताएका छन् ।


    झापा कनकाईका स्थायी बासी सुस्केराले राजनीतिशास्त्रमा एमए गरेका छन् । नेपाल प्रहरीमा २२ वर्ष सेवा गर्ने क्रममा १५ वर्ष रेडियो नेपाल, १ वर्ष कान्तिपुर एफएम र १ वर्ष ट्राफिक एफएममा काम गरेका थिए । इमान्दार र निष्ठावान छबि भएका सुस्केराका ‘सहीदकी आमा’ र ‘सरोगेट लोग्ने’ दुई कथा संग्रहसहित विभिन्न पत्रपत्रिकामा दर्जनौं लेख, कविता र निबन्ध प्रकाशित छन् । ढकालले आफूहरू नष्ट हुन सक्ने, तर भ्रष्ट नहुने बताउँदै आफूले राजनीतिलाई पेसा होइन, जनताको सेवा हो भन्ने मर्मका साथ काम गर्ने बताए ।


    आफूलाई मतदाताले मत दिए ५ वर्षपछि भोट माग्न नआउने, जनताको पक्षमा राम्रो काम गर्ने र जनता आफैंले खोजीखोजी भोट दिने गरी काम गर्ने उनले बताए । उम्मेद्वारमा दीगो सोच र निःस्वार्थ भावना हुनुपर्नेमा जोड दिँदै उनले टन्न पैसा नहुनेले देशको सेवा गर्न नपाउने हो र ? भन्ने प्रश्न गरे । पैसा हुनेले मात्रै चुनाव लड्ने र राजनीतिलाई पेशा बनाउने हो भने जनताले कहिल्यै सुखको सास फेर्न नपाउने उनको तर्क छ ।

    आफूहरुले जनताको मन जितिसकेको, परिणामकालागि मंसिर ४ पर्खनु पर्ने
    युक्तप्रसाद भेट्वाल ( चुनाव चिन्ह लौरो)


    हाम्रो नेपाली पार्टीसँंग सहकार्य गरी “लौरो” चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्य पदकालागि उम्मेद्वारी दिएका युक्तप्रसाद भेट्वालले आफूहरुले जनताको मन जितिसकेको बताए ।


    अब जनताले स्वविवेकको प्रयोग गरी मंसिर ४ गते मत दिएर आफूहरुलाई विजयी बनाउने भेट्वालले उद्घोष गरे । २०५६ सालको निर्वाचनमा झापा क्षेत्र नं.४ मा नेकपा एमालेबाट उम्मेद्वार बनेका भेट्वाल नेपाली कांग्रेसका चक्रप्रसाद बास्तोलासँग झिनो मतान्तरले पराजित बनेका थिए । आफू लामो समयसम्म नेकपा एमालेमा सक्रिय रहेर निर्वाचनमा भाग लिएपनि पार्टी भित्रैबाट अन्तरघात गरी धाँधली गरेर निर्वाचनमा हराएकाले तत्कालै एमाले परित्याग गरी स्वतन्त्र जिवन बिताइरहेको अवस्थामा राजनीतिक दलहरुको फोहोरी खेलले देश नै सङ्कटमा पर्दै गइरहेकाले त्यसलाई चिर्दै देशमा आमूल परिवर्तन गर्न उम्मेद्वारी दिएको उनले बताए ।


    आफू मत माग्न घरदैलोमा जाँदा अझैपनि आफ्नो बारेमा कपोकल्पीत भ्रामक प्रचारप्रसार समेत गर्ने गरेको पाएकाले त्यसको पछि नलाग्न आम मतदातालाई उनले अनुरोध गरेका छन् । राष्ट्रिय राजनीतिमा देखिएका विकृतिको विरोध गरी जनता र मुलुकप्रति उत्तरदायित्व लिने शक्तिको निर्माणमा ध्यान दिन आवश्यक रहेको भन्दै उनले वैकल्पिक राजनीतिक शक्तिहरुसँग सहकार्य गदै राष्ट्रिय स्वाधिनता, मुलुकको अखण्डता र सार्वभौमिकताको पक्षमा दर्बिलो रुपमा उभिने बताए ।


    झापा क्षेत्र नं. ४ का जनताको समस्या समाधानका लागि आफू सदैव प्रतिवद्ध रहने बताउँदै उनले जुनसुकै पार्टीमा रहेपनि मतदाताले मतदान गर्ने बिषयमा सचेत भएर राष्ट्रियहितका लागि डटेर सामना गर्न सक्ने उम्मेद्वारलाई मतदान गर्नुपर्नेमा जोड दिए ।


    उनले जनताको सोच अनुरुप विकास हुन नसकेकाले देशभर स्वतन्त्रको लहर आएको बताउँदै भष्ट्रचारको अन्त्य, स्वास्थ्य र बिपन्नलाई सहयोग लगायतका प्रतिवद्धता पूरा गर्न स्वतन्त्रले मात्र सक्ने भएकाले झापा क्षेत्र नं.४ बाट “लौरो ” चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार युक्तप्रसाद भेट्वाल र प्रदेशसभा सदस्य पदका उम्मेद्वार केशव बजगाईलाई मतदान गर्न आग्रह गरे ।

    चुनावी प्रचार तिब्र पार्दै खुस्बु ओली, जनताको साथ पाउनेमा ढु्क्क
    खुस्बु ओली (चुनाव चिन्ह क्रस खुकुरी)

    झापा निर्वाचन क्षेत्र नं.४ मा क्रस खुकुरी चिन्ह लिएर खुस्बु ओली चुनावी मैदानमा छिन् । झापामा सत्ता गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन छ । दुई ठूलो गठबन्धन भएको अवस्थामा आफ्नो पक्षमा माहोल बनेको स्वतन्त्र उम्मेद्वार खुस्बु ओली बताउँछिन् ।


    दलहरुले हालसम्म गरेको कार्यले मतदाताहरु आजित भएका छन् । त्यसैले अहिले मतदाताले आँफूलाई जिताउने प्रण गरेको ओलीको ठहर छ । दुई गठबन्धनकालागि स्वतन्त्र उम्मेद्वार मुख्य चुनौती बनेको ओलीको बुझाई छ । ‘अहिले घर दैलो अभियानमा यहाँका जनताहरुले दिएको मायाले चुनावी नतिजा आफ्नो पक्षमा पर्ने दावी गर्दै ओलीले यसअघि जितेका व्यक्तिहरुले पनि जनताको समस्या समाधान गर्न नसक्दा उनीहरुको मुख्य बिकल्पका रुपमा जनताले आँफूलाई रोजेको उनको दावी छ ।


    आँफू एक महिला स्थानीयवासी भएकाले सबै मतदाताको समस्या जानेर घुलमिल भएकाले जनताले आपूmलाई समर्थन गरेको उनको बुझाई छ । ‘म यहाँको सबै समस्या प्रति परिचित छु , त्यसैले यहाँका मतदाताहरुले मलाई विश्वास गर्नु हुन्छ । उहाँहरुको समस्या समाधान गर्ने मेरो अठोट पनि बुझ्नु भएको छ । त्यसैले मलाई सहज छ र जित निश्चित छ,’ ओलीले भनिन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.