Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ओलीले विहिवार झापाको इट्टाभट्टा र गौरीगञ्जमा सम्बोधन गर्ने
    आमनिर्वाचन

    ओलीले विहिवार झापाको इट्टाभट्टा र गौरीगञ्जमा सम्बोधन गर्ने

    ramBy ram२०७९ कार्तिक ३०, बुधबार ०७:११ गते2 Mins Read

    झापा \ नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार झापाका दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।


    उदयपुर र सुनसरीको सभा सकेर बुधबार साँझ दमकमा कार्यकर्ता भेटघाटपछि झापा निर्वाचन क्षेत्र नं.–१ र ५ को वृहत चुनावी सभालाई सम्बोधन गर्न ओली झापा आउने पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले जानकारी दिएका हुन् । मंसिर १ गते मेचीनगर र गौरीगञ्जको चुनावी सभालाई सम्बोधन गर्न आउने निश्चित भएको बताइएकोछ । नेकपा एमालेले बिहीवार मेचीनगर ७ इटाभट्टामा झापा–१ क्षेत्रीय आमसभाको आयोजना गरेको पार्टीका क्षेत्रीय कमिटी संयोजक टिकाराम मग्रातीले जानकारी दिए । यस्तै, गौरीगञ्जमा समेत चुनावी सभा आयोजना गरिएको नेकपा एमाले झापाले जनाएको छ ।

    मंग्रातीका अनुसार इटाभट्टाको नगरपालिका जाने बाटो पूर्व खाली चौरमा आमसभा हुनेछ । सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली विहान १०ः३० बजे आउने भएका छन् । गौरीगञ्जमा १ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    झापा–१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टीका स्थायी कमिटी सदस्य अग्नी खरेल, प्रदेश १ मा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रविन कोइराला र प्रदेश २ मा तालमेलका आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सबिना बजगाई उम्मेद्वार रहेका छन् ।

    प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खरेलले पार्टीका अध्यक्ष ओलीबाट झापा १ का आम मतदाताहरुकालागि चुनावी सन्दर्भमा महत्वपूर्ण सन्देश लिएर आउने भएकाले सबै आमावुवा, दिदीबहिनी र दाजुभाइलाई आमसभामा सहभागिताका लागि अपिल गरेका छन् । मंसिर ४ को चुनावपछि मुलुकमा नेकपा एमालेको सरकार बन्ने र त्यसको नेतृत्व पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएकाले झापा १ का मतदाता ओलीको चुनावी सभालाई भब्य र सफल बनाउन आतुर रहेको प्रदेश १ का उम्मेद्वार कोइरालाले बताए ।

    नेकपा एमाले झापाले इट्टाभट्टा र गौरीगञ्जको चुनावी सभालाई सभ्य र भव्य रुपमा सफल बनाउने जनाएको छ । पार्टी अध्यक्ष कार्कीले सबै नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई सहभागी हुन अपील समेत गरेका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.