Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वक्तृत्वकला र चित्रकला प्रतियोगितासहित सुरुङ्गा जेसीजको सप्ताह सम्पन्न
    समाचार

    वक्तृत्वकला र चित्रकला प्रतियोगितासहित सुरुङ्गा जेसीजको सप्ताह सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक २९, मंगलवार १३:४७ गते2 Mins Read

    कनकाई खबर \ सुरुङ्गा जेसीजले कात्तिक २३ देखि २८ सम्म विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह सम्पन्न गरेको छ ।


    जेसीज सप्ताहको कनकाई नगरका विद्यालयहरूवीच वक्तृत्वकला र चित्रकला प्रतियोगितासहित समापन गरिएको छ । वक्तृत्वकलामा नगरभित्रका कक्षा १० सम्मका १५ जना विद्यार्थी सहभागी रहेका थिए भने चित्रकला प्रतियोगितामा १२ जना आधारभूत तहका विद्यार्थीको सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा प्रथम कन्काई माविकी सृजा प्रसाईं, द्वितीय पशुपति अंग्रेजी माविकी प्राप्ति गौतम र तृतीय विद्योदय अंग्रेजी मावि कनकाई–५ का सुसल रसाइली र प्यारागन एकाडेमीका सन्ध्या खतिवडा भएका थिए । त्यसै गरी, चित्रकला प्रतियोगितामा प्रथम फक्ताङ्लुङ मावि दुर्गापुरका रिङ्जिङ् तामाङ, द्वितीय प्यारागन एकाडेमीका अंकिता शाह र तृतीय हिमाली मावि लक्ष्मीपुरका राकेश राजवंशी भएका थिए ।


    प्रतियोगितामा अग्रज चित्रकार तथा मूर्तिकार हिम्मत नेम्वाङ चित्रकला तर्फका र शिक्षकहरू डी. आर. सुवेदी, रूद्रबहादुर थापा र सूर्य अधिकारीले वक्तृत्त्वकलातर्फको निर्णायकको भूमिका खेलेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका उपमेयर आशा शर्मा शिवाकोटी, विशिष्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवा लिम्बू, विशेष अतिथि कन्काई माविका प्रअ कर्णबहादुर डाँगी, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


    कार्यक्रममा कन्काई माध्यमिक विद्यालय सुरुङ्गाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेती, पूर्व अध्यक्षहरु त्रिलोचन उप्रेती, जविन तिम्सिना, कमल कट्टेल, यदुका उप्रेती (उषा), पूर्व काका उपाध्यक्ष रामप्रसाद निरौला लगायतको आतिथ्य रहेको थियोे ।


    शाखा सम्पादक चन्द्रकला ढकालको आस्थावाचन र सुरुङ्गा जेसीजका काका उपाध्यक्ष मेनुका उप्रेतीद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रम कन्काई माविको सभाहलमा सम्पन्न भएको थियो ।
    सुरुङ्गा जेसीजले जेसीज सप्ताह अन्तर्गत हिमाली माविमा ट्राफिक सचेतना, सुरुङ्गा बजारभित्र जेसीज वाटिकाको सरसफाइ र सुरुङ्गाचौकबाट जामुनखाडी सिमसार गेटसम्म रोड रेस (मिनी म्याराथुन) सम्पन्न गरिएका थिए ।
    सुरुङ्गा जेसीज २०२२ का अध्यक्ष सुष्मा उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव राजुु पाठकले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.