Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा ज्येष्ठ नागरिकको सम्मान
    कनकाई खबर बिशेष

    कनकाईमा ज्येष्ठ नागरिकको सम्मान

    ramBy ram२०७६ बैशाख २४, मंगलवार १४:४८ गते2 Mins Read

      सुरुङ्गा / ज्येष्ठ नागरिक संघ कनकाई नगर वडा नं.४ ले मातातीर्थ औंसी एवम् अक्षय तृतीयाको अवसर पारेर समाजका ज्येष्ठ माताहरुलाई सम्मान गरेको छ ।

       कनकाई नगर वडा नं.४ स्थित ज्येष्ठ नागरिक आदर्श चौतारीमा मंगलवार सम्पन्न समावेशी सम्मान कार्यक्रममा समाजका विभिन्न जातजातीका १५ जना ज्येष्ठ माताहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा टिकादेवी खरेल, दुर्गादेवी तिम्सिना, कृष्णकुमारी कार्की, यमुना दाहाल, कृष्णकुमारी पौडेल, देवीमाया दाहाल, भागमाया ढकाल, कलावती भट्टराई, तीलरुपा न्यौपाने, रनमाया कार्की, रुपमाया मगर, देवकादेवी पोखरेल, मनमाया रिजाल, चन्द्रमाया राई र सुकमाया माझी रहेका छन् ।

       माता सम्मानकै अवसर पारेर स्थानीय विष्णुभक्त कार्कीलाई नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । केही वर्ष अघिदेखी दिवा सेवाका रुपमा संचालनमा आएको ज्येष्ठ नागरिक आदर्श चौतारीको संरक्षण र सरसफाईमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ज्येष्ठ नागरिक संघ वडा समितिले कार्कीलाई नगदसहितको सम्मान गरेको वताइएको छ ।

      सम्मानित सवैजनालालाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य हिरा थापा, कनकाई नगर वडा नं.४ का वडाअध्यक्ष गोविन्द पौडेल, ज्येष्ठ नागरिक संघ कनकाई नगरका अध्यक्ष पुण्यप्रसाद वाह्रकोटी लगायतले सम्मान गरेका हुन् । ज्येष्ठ नागरिक संघका वडा समिति संयोजक विनोद शर्मा दहालको सभापतित्व एवम् उपाध्यक्ष बलराम सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रममा कनकाई ४ का वडा अध्यक्ष गोविन्द पौडेल, ज्येष्ठ नागरिक संघका नगर अध्यक्ष पुण्यप्रसाद वाह्रकोटी, संघका नगर सचिव शम्भू पोखरेल, पत्रकार राम निरौला लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संघका वडा सचिव डम्वर फुयालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.