Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा क्षेत्र नं.४ मा नमूना मतदान
    आमनिर्वाचन

    झापा क्षेत्र नं.४ मा नमूना मतदान

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक २८, सोमबार १३:५८ गते2 Mins Read

    कनकाई खबर \ आगामी निर्वाचनमा बदर मतको संख्या कम गर्ने उद्येश्यले झापाको क्षेत्र नं. ४ मा सोमबार नमूना मतदान भएको छ ।


    झापा क्षेत्र नं.४ स्थित कनकाई नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नमूना मतदान गरिएको हो । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने भन्ने उद्देश्यका साथ नमूना मतदान गरिएको निर्वाचन कार्यालय झापाका कर्मचारी वशिष्ट अधिकारीले जानकारी दिए ।


    नमूना मतदानमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने लगायत २१ जनाले मतदान गरेका थिए । त्यसमध्ये कुनैपनि मत बदर नभएको नमूना मतदान केन्द्रकी मतदान अधिकृत जमुना कटुवालले जानकारी दिइन् । नमूना मतदान सुरु हुनु अघि मतदानमा सहभागी सबैलाई जिल्ला निर्वाचन कार्यालय झापाका कर्मचारी बशिष्ट अधिकारीले मतदाता शिक्षाका बारेमा जानकारी गराएका थिए ।

    आगामी निर्वाचनमा बदर मतको संख्या शुन्य पार्ने उद्येश्यले झापाका १५ वटै पालिकामा नमूना मतदान संचालन गरिएको जनाइएको छ । झापा निर्वाचन क्षेत्र नं. ४ मा निर्वाचन सम्बन्धि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए । निर्वाचनका लागि आवश्यक सामाग्री सबै कार्यालयमा आईपुगेको साथै अन्य मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई आगामी ३० गते नियुक्तिका लागि बोलाईएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए । मंसिर १ गतेदेखि मतदान स्थलमा आवश्यक तयारीकालागि उपस्थित हुन सम्बन्धित सबै कर्मचारीहरुलाई निर्देशन दिइएको क्षेत्र नंं. ४ का निर्वाचन अधिकृत गौतमले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.