Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा पहिलो शैक्षिक कन्सल्टेन्सी
    शिक्षा

    सुरुङ्गामा पहिलो शैक्षिक कन्सल्टेन्सी

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक २६, शनिबार ०८:०८ गते2 Mins Read

    कनकाई खबर \ सुरुङ्गामै पहिलो शैक्षिक कन्सल्टेन्सी ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिस शुरु भएको छ ।


    विदेशमा उच्च तहमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई आवश्यक परामर्श दिने र सहजीकरण गर्ने उद्देश्यका साथ शुरु भएको ग्लोबल मार्कले झापा जिल्लाका कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगर क्षेत्रका विदेशमा उच्च तहको अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरेर कन्सल्टेन्सी खोलिएको शाखा प्रमुख सञ्जीव भट्टराईले जानकारी दिए ।


    करचुक्ता, आयस्रोत, सम्पत्ति मूल्याङ्कन, नाता प्रमाणित, शैक्षिक योग्यता तथा अनुभवका कागजात, अन्तर्वार्ता तयारी सम्बन्धि ज्ञान, सीओई सम्बन्धि, एसओपी, वर्किङ र स्टडी ओरिएन्टेशन लगायतका आवश्यक कागजात तयार गर्न सहजीकरण गर्ने परामर्शदाताका रूपमा काम गर्ने प्रमुख सञ्चालक भूवन भण्डारीले बताए । सो कन्सल्टेन्सीमा अंग्रेजी, कोरियाली र जापानी भाषा प्रशिक्षणका साथमा टोफल, आइल्ट्स् र इपीएस तयारी पनि गराइन्छ ।


    अब विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले काठमाण्डौं, बिर्तामोड र दमक जान नपर्ने सबै परामर्श सेवा सुरुङ्गामै प्राप्त गर्न सकिने भएको छ । यस क्षेत्रमा रहेका विद्यार्थीहरूले विदेश अध्ययनका निम्ति परामर्श सेवाका लागि बिर्तामोड, दमक र काठमाण्डौ दौडने गरेको दुःखलाई बुझेर सुरुङ्गामा कन्सल्टेन्सी सेवा सुचारु गरेको ग्लोबल मार्कका केन्द्रीय कार्यालय काठमाण्डौका सञ्चालक दीपक कोइरालाले बताए । कोइरालाले विश्वका २४ देशहरूमा अध्ययनका लागि विश्वविद्यालय छनौट तथा भिसा प्रक्रिया कामहरू गर्ने बताए । सुरुङ्गा क्षेत्रमै बसेर विद्यार्थीहरूले अमेरिका, बेलायत, क्यानाडा, अस्टे«लिया, न्यूजिल्यान्ड, आयरल्याण्ड, इटाली, जापान, साईप्रस, जर्मनी, फिनल्याण्ड, स्वीडेन, नेदरल्याण्ड्स्, मलेसिया, दुबाई, भियतनाम, डेन्मार्क, सिङ्गापुर, फ्रान्स, माल्टा, हंगेरी, स्वीट्जरल्याण्ड, स्पेन, चीनसहित २४ देशमा अध्ययनका लागि जान ग्लोबल मार्कले सहजीकरण गर्ने बताएको छ ।


    विश्वका विभिन्न मुलुक र नेपालमै पनि विगत १५ बर्षदेखि शैक्षिक क्षेत्रमा रहेका शिक्षकहरूले अध्ययन अध्यापन गराउने यस सेन्टरमा अनलाइन कक्षाबाट समेत विद्यार्थीलाई सेवा दिइने र यस सेन्टरबाट मूल विषय अंग्रेजी लिई कम्तीमा स्नातक गरेको र नेपालमा शिक्षक लाइसेन्स भएका शिक्षकहरूलाई ग्लोबल शिक्षकका लागि समेत रोजगारी दिएर त्यहाँ अध्यापनका लागि पठाउने समेत सञ्चालक कोइरालाले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.