Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘निर्वाचित हुनासाथ सबै क्षेत्रको समस्या समाधान गर्छु’ : थेबे
    आमनिर्वाचन

    ‘निर्वाचित हुनासाथ सबै क्षेत्रको समस्या समाधान गर्छु’ : थेबे

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक २५, शुक्रबार ००:५० गते2 Mins Read

    झापा \ झापा क्षेत्र नम्बर ४ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धार देउमान थेबेले आफुलाई यस क्षेत्रका सबै समस्याहरुका वारेमा जानकार भएकोले निर्वाचित हुनासाथ सबै क्षेत्रको समस्या समाधानका लागि प्राथमिकताका आधारमा लागिपर्ने बताएका छन् । 

    चुनावी सभालाई सम्बोधन गर्दै थेबेले भने ‘यहाँको विकास र उन्नति कसरी गर्नुपर्छ यहाँका बाटाहरुलाई कसरी स्तर उन्नति र पिच गर्नुपर्छ, शिक्षण संस्था र स्वास्थ्यका समस्याहरु के कस्ता रहेका छन् ।’ उनले सवैसमस्या आफुलाई राम्ररी थाहा भएको भन्दै जनताले आफुलाई समस्याका वारेमा जानकारी नगराईकन सिलसिलेवर रुपमा काम गर्ने प्रतिवद्धता जनाए। यी र यस्ता समस्याहरु मैले पनि भोगिरहेको हुँदा समस्या सुन्नेलाई भन्दा आफै भोग्नेलाई सबै समस्याहरुको वारेमा वढी जानकारी हुने थेबेको भनाई थियो ।

    प्रदेशसभा सदस्यका उम्मेद्धार एकराज उप्रेती समेत उपस्थित चुनावी सभामा थेबेले यस क्षेत्रका दुबैजना उम्मेद्धारहरु यसअघिको निर्वाचनमा पराजित भएर पनि जनताको समस्यामा मुक दर्शक नभएको भन्दै यसपटक यस क्षेत्रका जनताले दुबैजनालाई मत दिएर न्याय दिने विश्वास रहेको समेत थेबेको भनाई थियो । विकास निर्माणको पद्धतिलाई अगाडि वढाउनका लागि आफुहरु दलहरुको प्रतिनिधिका रुपमा आफुहरु निर्वाचनमा आएको भन्दै गाउँ ठाउँको समस्याका वारेमा आफुहरु मात्रै जानकार भएको थेबेको भनाई थियो । 

    स्थानीय विकासमा आफुले खेलेको भुमिकाहरुको उदाहरण दिदै थेबेले जामुनखाडीलाई जामुनखाडी सिमसार र पर्यटकिय स्थल वनाउनका लागि पहिलेदेखिनै मन्त्री स्तरीय निर्णय लगायातको काममा सहयोग गरेको र यस क्षेत्रको रिङ्गरोड निर्माण र यहाँका हरेक विद्यालयलाई राष्ट्रपति शैक्षिक परियोजनामा रकम छुट्टाउन आफुले नेतृत्वदायी भुमिका खेलेको थेबेको भनाई रहेको थियो । आफुले पराजय भएर गरेजति पनि बिजयी उम्मेद्धारले विकासका काम गर्न नसकेको थेबेको आरोप छ ।

    राष्ट्रिय योजना आयोगका माध्यमबाट करोडौको बजेट विनियोजन गरिदिएको भन्दै थेबेले आफु निर्वाचित भएमा अरबौको विकास बजेट ल्याउने उदघोष गरे। कार्यक्रममा बोल्दै प्रदेशसभाका उम्मेद्धार एकराज उप्रेतीले गठबन्धनका उम्मेद्धार विकास गर्नका लागि घरदैलोमा आएको भन्दै आफुहरु निर्वाचिन हुँदा वोलेका कुराहरु सबै पुरा गर्ने र नहुने कुराहरु नवोल्ने उनले बताएका छन् । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.