Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले विरुद्ध लगाइएको नक्कली मित निर्वाचनपछि उदाङ्गो हुनेछ ः ओली
    राजनीति

    एमाले विरुद्ध लगाइएको नक्कली मित निर्वाचनपछि उदाङ्गो हुनेछ ः ओली

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक २४, बिहीबार १९:२६ गते4 Mins Read

    राम निरौला,
    कनकाई खबर \ नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको नाममा एमाले विरुद्ध लगाइएको नक्कली मित मंसिर ४ गतेपछि उदाङ्गो हुने बताएका छन् ।


    झापाको सुरुङ्गामा क्षेत्र नं.४ अन्तर्गत (ख)को निर्वाचन प्रचार प्रसार समितिले सुरुङ्गा बजारमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले झापाको क्षेत्र नं.४मा राप्रपासहित एमालेका उम्मेद्वारको विजयी सुनिश्चित भएको दावी गरे । गठबन्धनको नाममा भएको क्षणिक दोस्तीले एमालेलाई झन सजिलो बनाएको बताउँदै एमाले अध्यक्ष ओलीले टाउकाको मोल तोकेका प्रचण्डलाई बोकेर शेरबहादुर देउवा नेतृत्वको सरकारले विकास निर्माणका कामलाई ठप्प पारेको बताए ।

    देशमा बहुदल आएपछि हाल सम्म २१ वर्षको अवधि सरकारको नेतृत्व गरिसकेको नेपाली काँग्रेसको सरकारले अहिले सम्म कुनै पनि ठोस काम गर्न नसकेको बताउँदै एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारले एकसय बढी नयाँ काम गरेर जनताको विश्वास जित्न सफल भएको प्रष्ट पारे । एमाले अध्यक्ष ओलीले लिपुलेख र कालापानीको भूमि फिर्ता ल्याउछु भन्दा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई किन टाउकोे दुखेकोे हो ? देउवाको जमिन फिर्ता ल्याउने होइन, नेपालकोे भूमि फिर्ता ल्याउने हो भन्दैे विदेशीको आशिर्वाद होइन नेपाली जनताको आर्शिवाद लिनुपर्नेमा ओलीको जोड थियो ।


    वाल्यकालको इतिहासलाई सम्झदै ओलीले भने, “२०२० सालमा राजा महेन्द्र झापा भ्रमणमा आउँदा त्यसबेला कनकाईमा एउटा लच्किने पुल पनि बनाईएको थियो । बाटो त खुलाईयो, राजा हिड्ने बाटोमा खोला परे पछि पुल त हाल्नु पर्यो । त्यसैले त्यस बेला त्यहाँ माथि बाँसको चित्रा हालेको र भित्र अरु चिज राखेर एउटा पुल बनाईएको थियो । त्यहाँ राजाको मोटर चल्दा लचक लचक लच्किन्थ्यो । तर राजा गएसँगै त्यो पुल पनि गयो ।” त्यो ऐतिहासिक बाटोलाई अव पुन निर्माण गरेर शिवगञ्ज—चन्द्रगढी सिधा जोड्न कनकाई र विरिङ्गमा दुईवटा पुल निर्माण गर्न आवश्यक रहेको बताउँदै एमाले अध्यक्ष ओलीले त्यो काम अव बन्ने एमाले सरकारले गर्ने बचनबद्धता प्रकट गरे ।


    नेकपा एमालेले ४ बर्षे कार्यकालमा गरेका ८२ माइलस्टोन कामका बारेमा जानकारी गराउँदै अव ५ बर्षे कार्यकालमा ट्वान्टी ग्यारेन्टी (२० वटा प्रतिबद्धता) का कार्यहरु पूरा गर्ने भन्दै अध्यक्ष ओलीले अब एमालेबाट मात्र देशमा सुशासन र समृद्धिको यात्रा सफल हुने दावी गरे ।

    पाँच पटक प्रधानमन्त्री हुँदापनि देशमा गर्व गर्न लायक कुनै पनि काम गर्न नसकेको बताउँदैे ओलीले भने, आफू प्रधानमन्त्री हुँदा तुइन युगको अन्त्य गरेर अर्को युगको सुरुवात गरेकोे, रेल मार्ग, सुरुङ्ग मार्ग लगायत गर्व गर्न लायक राष्ट्रिय गौेरवका धेरै आयोेजनाहरुकोे सुरुवात गरेको, चिनसँगको बाटो खुल्ला गरेकोे, देशकोे सन्तुलितको विकासका लागि “९ स” (शिक्षा, स्वास्थ्य, सडक…) लगायतका थुप्रैै महत्वपूर्ण काम गरेको बताए ।


    नेपाली जनता र राष्ट्रको हित भन्दा पनि विदेशीका लागि कम्फरटेवल सरकार बनाउन तल्लिन वर्तमान सरकारले राज्यका हरेक अङ्गलाई सन्तुलित र स्वतन्त्र बनाउनुकोे सट्टा शक्तिको दुरुपयोग गरी राज्यका निकायहरुमाथि हस्तक्षेप गरेकोे बताए । बैसाखी नटेकी हिड्न नसक्ने कांग्रेस अहिले एउटा “ढोेड”कोे र एउटा “सुन्टी”को वैेशाखी टेकेर हिडिरहेकोे छ यस सरकारलाई आगामी दिनमा हटाएर जनताको भावना अनुरुपको सुदृढ राष्ट्रिय सरकार बनाउनु पर्ने र त्यो काम एमालेले मात्र गर्न सक्ने ओलीको ठहर छ ।


    निर्वाचन प्रचार प्रसार समिति झापा क्षेत्र नं. ४(ख) का संयोजक टंकवहादुर कार्कीको सभापतित्व एवं एमाले नेतृ एवं शिक्षासेवी चम्पा खनालसुवेदीले स्वागत गरेको कार्यक्रममा संघीय सांसदका उम्मेद्वार एल.पी. साँवा लिम्बू, प्रदेश सभा सदस्यका उम्मेद्वार भक्तिप्रसाद सिटौैला, एमाले जिल्ला अध्यक्ष दिपक कार्की लगायतले चुनावी सभालाई सम्वोधन गरेका थिए । कार्यक्रममा शिक्षासेवी टिकाप्रसाद लामिछानेले कविता प्रस्तुत गरेका थिए ।


    निर्वाचन परिचालन कमिटी क्षेत्र नं.४का संयोजक तारा समयाङ्या,पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्य वालकृष्ण मैनाली, सुर्यप्रकाश उप्रेती, प्रदेश कमिटी सदस्य प्रेमप्रसाद दहाल, हीराकुमार थापा, एमाले क्षेत्र नं.४ का संयोजक खेमनाथ मिश्र, राप्रपा झापा अध्यक्ष केशव ओझा, जिल्ला सदस्य खेम कार्की, एमाले जिल्ला कमिटी सदस्य एवं कनकाई नगर ईञ्चार्ज रविन्द्र लम्साल, पार्टीका नगर कमिटी अध्यक्ष खड्गप्रसाद प्रसाईँ लगायत पार्टीको विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।


    कार्यक्रममा कनकाई नगर बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले बालबालिकाको हित संरक्षण गर्न पार्टी अध्यक्ष ओलीलाई ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रमका अवसरमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष ओलीले स्वागत गरेका थिए । औपचारिक कार्यक्रमको संचालन नेकपा एमाले कनकाई नगर कमिटीका उपाध्यक्ष विनोद रानाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.