Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » डाक्टर बन्ने सपना अधुरै रहेपछि सांसद बनेका एलपी साँवा
    आमनिर्वाचन

    डाक्टर बन्ने सपना अधुरै रहेपछि सांसद बनेका एलपी साँवा

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक २४, बिहीबार ००:५२ गते4 Mins Read

    कनकाई खबर \ आफ्नो बाल्यकालमा डाक्टर बन्ने सपना बोकेका लालप्रसाद साँवा लिम्बू (एल.पी.) विद्यार्थी जीवनको राजनीतिसँगै सांसद बनेपछि डाक्टर बन्ने सपना अधुरै रहेको छ ।

    राजनीतिको माध्यमबाट सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा लागेका साँवा विद्यार्थी जीवनमा निक्कै जिज्ञासु थिए । आफू कहिले पनि तेस्रो नभएको बताउँने साँवाले २०४२ सालको एसएलसीमा अपेक्षित नतिजा निकाल्न सफल भएपछि उनको आकांक्षा चुलिँदै गएको हो ।


    आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापा क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वार बनेका साँवा यस अघि पनि यस क्षेत्रमा अत्यधिक मतका साथ निर्वाचित भइ प्रतिनिधि सभा सदस्यका रुपमा पाँच वर्ष सम्म क्षेत्रको विकास निर्माणमा क्रियाशिल रहेका थिए ।


    पाँच दशक अघि पूर्वी नेपालको ताप्लेजुङको दुर्गम पहाडी गाउँमा बाल्यकाल बिताउनेहरुको सपना केनै हुन सक्थ्यो र ? देशको सांसद, मन्त्री वा अन्य उच्च ओहदामा पुगौँला भन्ने चाहना त्यो परिवेष र समयले कल्पना नै नभएको साँवा बताउँछन् । त्यसमाथि मध्यम् वर्गीय परिवारका बालबालिकाहरुको चाहना र सपना भनेको गाउँमा देखिने विद्यालयका शिक्षक, आक्कल झुक्कल देखिने सरकारी कार्यलयका कर्मचारी र फाट्टफुट्ट देखिने प्रहरी भन्दा माथि हुँदैन थियो । बाल्यकालमा लालप्रसाद साँवाले पनि कुनै ठूलो सपना देखेका थिएनन् । जब एसएलसीमा राम्रो अंक ल्याएर पास गरेपछि मात्र साँवालाई डाक्टर बन्ने जाँगर चलेको बताइएको छ ।


    २०२४ सालमा ताप्लेजुङ्को नाल्बोमा बुद्धिमान साँवा र दिलमायाँ लिम्बूको ज्येष्ठ सुपुत्रका रुपमा जन्मिएका साँवाको बाल्यकाल पनि गाउँका दौतरीहरु जस्तै दुर्गम गाउँका औषत बालबालिकाको रुपमा बित्यो । तर त्यस बेला पारिवारीक जिम्मेवारी निर्वाह गर्दै परिवार २०३० सालमा झापाको दुधेमा बसाई सरेर आयो । साँवाले त्यहीको राष्ट्रिय रमणिय माविबाट अध्ययन सुरु गरेका हुन् ।

    त्यसैले थप अध्ययनका लागि साँवा धरानको हात्तीसार क्याम्पस पुगे । विकट पहाडी जिल्लामा जन्म लिएका साँवाले जीवन निर्वाहका लागि कत्ति सम्म दुःख गर्नु पर्छ भन्ने भेउ पाईसकेका थिए । धनी र गरिव बिचको असमानताकै कारण समुदायमा विभेद सिर्जना भएको उनले किशोर अवस्था आउँदा सम्म बुझिसकेका थिए । त्यसैले अध्ययनका लागि धरान गएपनि उनको ध्यान समाजलाई प्रगतीशिल दिशा तर्फ डोर्याउनेमा रह्यो । त्यसैले साँवा पञ्चायतकालमा नै कलेजमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा निर्वाचित भएका थिए ।

    सभापति भएर देशका विभिन्न जिल्ला र भुगोलबाट आएका विद्यार्थीहरुको अवस्था बुझ्दा बुझ्दै उनको डाक्टर बन्ने सपना भने ओझेलमा परिसकेको थियो । बुबा लाहुरे भए पनि त्यस बेला ठूलो खर्च गर्ने अवस्था थिएन । त्यसैले बीएससी अध्ययनका लागि साँवा पोको बोकेर काठमाडौ लाग्नु पर्ने बाध्यता आई पर्यो । त्यस पछि भने उनले एसएलसी पास गर्दा देखेको डाक्टर बन्ने सपना भने झन झन टाढा पुगिसकेको थियो ।


    त्यसबेला बीएससी पढ्नु चानचुने कुरा थिएन । पहाडमा त एसएलसी पास गर्ने बित्तिकै कम्तिमा शिक्षकको जागिरका लागि घरैमा अवसर आई पुग्थ्यो । तर साँवा बीएससी अध्ययनका लागि सपनाको सहर काठमाडौ छिरेका थिए । यातायातको सहज अवस्था नहुनु, सञ्चारको पहुँच कठिन हुनु जस्ता कुराले थप अध्ययनका लागि आफ्ना लागि आफै श्रोत जुटाउनु भन्दा अर्को विकल्प थिएन । त्यसैले उनले अध्ययनसँगै शिक्षण पेशालाई पनि केही समय बाध्यताको रुपमा उपयोग गरे । तर जव आँफै पढ्दै पढाउँदै गर्नु पर्ने बाध्यता आयो, उनका व्यक्तिगत चाहनाहरुले भने सम्झौतामा पूर्णविराम पाउन थाले ।


    जव साँवामा परिपक्वता आउँदै गयो, उनी एमालेको मूलबाटोमा लाग्दै गए । अर्थात राजनीतिको मूल प्रवाहमा अघि बढ्दै गए । एमालेबाट मात्रै समाजको दिगो रुपान्तरण सम्भव छ भनेर उनी निरन्तर रुपमा सक्रिय राजनीतिमा अघि बढ्दै गए । एमाले निकट बुद्धिजीबी संगठन र व्यवसायिक तथा उद्योगीहरूको संगठनमा उनको भुमिका बढ्दै गयो । त्यसैको फलस्वरुप उद्योग तथा व्यवसायिक महासंघको संस्थापक सचिव भएर पनि जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भयो । हाल अध्यक्ष भएर निरन्तर सोही संगठनको निर्माण र नेतृत्वमा केन्द्रीत रहेका साँवा झापाली जनताको सुख दुःखका सत्ता सारथीका रुपमा रहेका छन् । राजनीतिक रुपमा नेकपा एमालेसँगै समाजको एउटा सच्चा सिपाहीका रुपमा स्थापित साँवा राजनीतिको माध्यमबाट समाज रुपान्तरणमा निरन्तर क्रियाशिल रहँदै आएका छन् ।

    निर्वाचनमा बिजयी हुँदा होस् वा परिणाम आफु अनुकुल नुहँदा पनि साँवा निरन्तर रुपमा जनताको सेवामा क्रियाशिल रहँदै आएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा झिनो मत अन्तरले निर्वाचनमा पराजीत भए पनि साँवा जनता भन्दा टाढा रहेनन् । निरन्तर रुपमा विकास निर्माण साथै सामाज रुपान्तरणमा क्रियाशिल रहँदै अघि बढेका कारण २०७४ को निर्वाचनमा साँवालाई बिजयी हाँसिल गर्न कुनै समस्या परेन । ‘माटोले चिनेको र जनताले रोजेको’ उम्मेद्वारको रुपमा साँवाको सानदार बिजय भयो । आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका देउमान थेवेलाई १६ हजार भन्दा बढी मत अन्तरले पछि पार्दै साँवा प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका हुन् । त्यसपछि जनप्रतिनिधीका रुपमा आफ्नो सम्पूर्ण समय व्यतित गर्दै समाज रुपान्तरणमा निरन्तर क्रियाशिल रहेका साँवा स्थानीय विकास निर्माण होस् वा संसदमा जनताका पक्षमा आवाज उठाउने विषयमा सक्रिय रहँदै आएका छन् ।

    आसन्न निर्वाचनका लागि नेकपा एमालेले साँवालाई फेरि पनि संघीय सांसदको उम्मेद्वार बनाएको छ । यस अघिदेखि नै झापा क्षेत्र नं. ४ का अधिकांश परिवारसम्म पुगेर समस्या र दुःख सुखमा साथ दिएको प्रतिनिधीका रुपमा साँवाको उम्मेद्वारीलाई महत्वका साथ हेरिएको छ ।

    सुखी नेपाली समृद्ध नेपालको अभियानमा लागेका साँवा झापाको मध्य भागमा रहेको भुगोल, कनकाई नदी साथै सुरुङ्गा खोलाको कटान नियन्त्रण, सिमावर्ती क्षेत्र सम्मको सहज सडक सञ्जाल विस्तार, घरबार बिहिनलाई बसोबासको व्यवस्था, स्वरोजगारमुखी कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई, खानेपानी जस्ता योजनामा साँवाको पहलबाट उल्लेखनीय काम भएको स्थानीयवासी बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.