झापा \ प्रदेश १ सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेश १ का सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका मन्त्री शेखरचन्द्र थापाको आज बिहान भएको असामयिक निधनको शोक व्यक्त गर्दै भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
निमित्त प्रदेश सचिव अर्जुन निरौलाले आज सूचना प्रकाशित गरेर भोलि प्रदेश १ मा सार्वजनिक विदा दिइने र राष्ट्रिय झण्डा झुकाउने प्रदेश सरकारको निर्णय भएको उल्लेख गरेका छन् ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts