Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गठबन्धनले चोरेका उम्मेदवार देवराजका मामुली कार्यकर्ता
    आमनिर्वाचन

    गठबन्धनले चोरेका उम्मेदवार देवराजका मामुली कार्यकर्ता

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक २२, मंगलवार १६:०३ गते2 Mins Read

    कनकाई खबर \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. २ मा एमालेको मान्छे चोरी गरेर गठबन्धनले उम्मेदवार बनाएको बताएका छन् । गठबन्धनलाई उम्मेदवार समेत खडेरी परेको ठाउँमा चुनाव कसले जित्छ भन्नै नपर्ने बताए ।


    अुर्जनधारास्थित सालबारी सुखानी पार्कमा संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नं। २ ले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उम्मेदवार समेत नभएको गठबन्धनमा कार्यकर्ता र मतदाता समेत नभएको बताएका छन् । एमालेको सामान्य कार्यकर्तालाई चोरी गरेर गठबन्धनले उम्मेदवार बनाएको भन्दै उनले देशभर गठबन्धनको हालत विजोग भएको धारणा राखे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने – ‘एमालेका उम्मेदवार देवराज घिमिरेको सामान्य कार्यकर्तालाई गठबन्धनले उम्मेदवार बनाएछ । गठबन्धनको विजोग यसैबाट स्पष्ट भइसक्यो ।’


    चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चर्का कुरा गर्दा २÷४ जनाले ताली बजाए भन्दैमा केहि व्यक्तिहरु उम्मेदवार बनेको बताउँदै त्यस प्रकारका उम्मेदवारबाट मतदातालाई सजग रहन आग्रह गरे । उनले भने, ‘लोकतन्त्रमा सबैलाई उम्मेदवार बन्ने छुट छ । त्यै छुटको उपभोग केहि स्वतन्त्रका नाममा गरिएको छ । जनताको निम्ति उनीहरुबाट केहि हुनेवाला छैन ।’


    एमालेका उम्मेदवारसँग कोहि कसैलाई दाँज्न समेत नमिल्ने उनको भनाई छ । अध्यक्ष ओलीले झापा २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरे जनताको सेवामा ४७ वर्ष विताएको बताए । घिमिरे जी लहडमा उम्मेदवार बन्नु भएको होइन, व्यापक अनुभवका आधारमा उहाँलाई पार्टीले उम्मेदवार बनाएको हो, उनले थपे । प्रदेश उम्मेदवार एकराज कार्की र चिन्तन पाठक लामो समयदेखि जनसेवामा रहेको भन्दै योग्य व्यक्तिलाई उम्मेदवार बनाएको बताए । म बच्चैदेखि उहाँहरुलाई जान्दछु, चिन्तन कमरेडले त जिल्लाको पार्टीको नेतृत्व नै गर्नुभएको हो, उनले भने – त्यसैले एमालेका योग्य उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दछु ।

    अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण रहेको बताए । उनले भने, ‘विचारको हिसाबले, संगठनको हिसाबले, कामको हिसाबले, कार्यक्षमताको हिसाबले, अनेक एमाले देशको प्रमुख पार्टी हो ।’

    एमालेले जहाँ पुग्यो त्यहिँ विकास हुने उनको भनाई छ । ‘एमाले जहाँ पुग्छ त्यहाँ विकास गर्छ, महत्वपूर्ण काम गर्छ, जहाँ टेक्छ त्यस ठाउँलाई परिवर्तन गर्छ भन्ने कुरा यस ठाउँले पनि बताएको छ, यहाँको विकासले पनि बताएको छ ।’

    एउटा सामान्य होली रहेको सालबारीलाई असाधारण रुपमा विकास गरेर पर्यटकीय हव बनाएको ओलीले जानकारी गराए । जंगल नमासीकन जंगलको संरक्षण गरेर सुखानी सहिद स्मृति पार्क, नजिकै पोखरी लगायत संरचना बनाइएको बताए ।

    चुनावी सभामा उम्मेदवारहरु र राप्रपाका झापा अध्यक्ष केशव ओझा लगायतले सम्बोधन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.