Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेष्ठ नागरिकको सचेतना कार्यक्रम
    समाचार

    जेष्ठ नागरिकको सचेतना कार्यक्रम

    ramBy ram२०७६ बैशाख २३, सोमबार १५:३३ गते2 Mins Read

      कनकाई \ “जेष्ठ नागरिकको सम्मान राष्ट्रको पहिचान” भन्ने मूल नाराका साथ जेष्ठ नागरिक संघ कनकाई नगर समितिले जेष्ठ नागरिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
    दुर्गापुरस्थित दलित सामुदायिक भवनमा सोमवार भएको सचेतना कार्यक्रममा विभिन्न तीनवटा विषयगत क्षेत्रमा अन्तरक्रिया समेत सम्पन्न भएको थियो । सम्मानसहितको अन्तरक्रिया कार्यक्रममा अग्रज संचारकर्मी चन्द्र भण्डारीले जेष्ठ नागरिकसँग संचारको भूमिकाको विषयमा आफ्नो धारणा राखेका थिए ।

      संचार माध्यमले समाजका जेष्ठ नागरिकको संरक्षण र पहिचानका लागि सधैं क्रियाशिल हुनु पर्ने तर्फ जोड दिँदै भण्डारीले समाजमा धर्म, संस्कृति र संस्कारको संरक्षण हुनु नै जेष्ठ नागरिकको सम्मान भएको वताएका छन् । सचेतनामूलक कार्यक्रममा सर्वोच्च अदालतका पूर्व अधिकृत योगेन्द्रप्रसाद आचार्यले मानव अधिकार र जेष्ठ नागरिकका विषयमा आफ्ना धारणा राखेका थिए भने रेडक्रसकर्मी केदार महतले मानव अधिकार र जेष्ठ नागरिकका विषयमा सहभागिहरुलाई सचेत गराएका थिए ।

     

      जेष्ठ नागरिक संघ कनकाई नगर समितिका अध्यक्ष पुण्यप्रसाद वाह्रकोटीको सभापतित्व एवम् कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कनकाई नगर वडा नं.६ का भोलानाथ संग्रौलालाई असल छोराको रुपमा र कनकाई नगर वडा नं.४ की धनमाया पौडेल तिम्सिनालाई असल वुहारीका रुपमा दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

      नगर समितिका उपाध्यक्ष गोपाल चुडालले स्वागत एवम् सदस्य रघुनाथ भट्टराईले स्वस्तीबाचन गरेको कार्यक्रममा जेष्ठ नागरिक संघ जिल्ला अध्यक्ष भवानीप्रसाद दहाल, संघका झापा गाउँपालिका उपाध्यक्ष राजेश थापा, कनकाई ९ का वडाअध्यक्ष प्रेम राजवंशी, भृकुटी माविकी प्राचार्य अन्जना सिटौला लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन जेष्ठ नागरिक संघ कनकाईका सचिव शम्भु पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.