Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सडक क्षेत्रका अवैध घर हटाउँदै कनकाईका मेयर पोखरेल , स्थानीयवासीबाट स्वागत
    समाचार

    सडक क्षेत्रका अवैध घर हटाउँदै कनकाईका मेयर पोखरेल , स्थानीयवासीबाट स्वागत

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक २१, सोमबार ०१:२५ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले सडक क्षेत्रका अवैध घर, टहराहरु हटाउँन थालेको छ ।


    झापामै पहिलो पटक कनकाई नगरपालिकाले डोजर लगाएर यसरी ठूला संरचना हटाउने कामको थालनी गरेको हो । सडक क्षेत्रमा अवैध रुपमा बनाएका घर टहराहरु भत्किएसँगै सडक निर्माणकालागि लामो समयदेखि अन्यौलमा रहेको अमरपथ सडकले निकास पाउँने भएको छ । कनकाईको सुरुङ्गाबाट झापा गाउँपालिका हुँदै भारतको सिमाना सम्म जोडिएकोे अमरपथ सडकलाई मापदण्ड अनुसार विस्तार गर्ने कार्यकालागि कनकाई नगरपालिकाले आफ्नो क्षेत्रमा तीन वर्षअघिदेखि नै पहल सुरु गरेको थियो ।

    सडक क्षेत्र आसपासका अन्य धेरै उपभोक्ताले यस अघि नै आफ्ना संरचनाहरु हटाएर मापदण्ड अनुसार अमरपथ सडकलाई खुल्ला गरेका थिए । तर पूर्व पश्चिम लोकमार्गसँगै जोडिएको अमर पथ सडक क्षेत्रमा पर्ने प्रसाईँ मार्केटका रुपमा परिचित चार तले पक्की भवनले मापदण्ड अनुसारको अमर पथ सडक निर्माण कार्यमा अवरोध सिर्जना गर्दै आएको थियो । व्यवसायीक प्रयोजनकालागि निर्माण भएको यस भवनको भुइँ तलामा कपडा पसल, कसमेटिक, डेन्टल लगायतका पसल संचालनमा रहेका थिए भने दोस्रो तलामा सनराइज बैंक संचालनमा थियो । तेस्रो तलामा नेपाल लाइफ ईन्सोरेन्सको कार्यालय संचालनमा रहेको बताइएको छ ।


    सडक क्षेत्रभित्र पर्ने संरचना हटाउँन स्थानीय सरकार कनकाई नगरपालिकासहित स्थानीय स्तरमा विभिन्न चरणमा भएको छलफलमा घरधनी पदम प्रसाईँले अटेर गर्दै आएका थिए । यस अघि कनकाई नगरपालिकाले पटक पटक सूचना जारी गरे पनि अटेर गरेका प्रसाईँले कनकाई नगरपालिकालाई मुद्दा हालेका थिए । अदालतले घरधनी प्रसाईँलाई सडकमा परेको घर हटाउन आदेश दिएको थियो । त्यसपछि पनि घर हटाउन अटेर गरेर प्रसाईं सर्वोच्चमा पुगे । तर सर्वोच्चबाट निषेधाज्ञा कार्यन्वयन भएन । त्यसपछि कनकाई नगरपालिकाले सडक क्षेत्रका संरचना हटाउँन ३५ दिने सूचना जारी गरेको बताइएको छ ।

    नगरपालिकाले जारी गरेको सूचनालाई पनि प्रसाईँले बेवास्ता गरेकाले स्थानीय नगरवासीको उपस्थितीमा आइतबार प्रसाईँ मार्केटमा जेसिबी प्रयोग गरी घर भत्काइएको नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले बताए । सडक क्षेत्रमा अवैध रुपमा निर्माण भएको प्रसाईँ मार्केट भत्काउँन यस अघिदेखि नै कनकाई नगरपालिकामा स्थानीय स्तरबाट ठूलो दबाब आएको नगर प्रमुख पोखरेल बताउँछन् । दबाब आएपनि सम्बन्धित व्यक्ति आँफैलाई संरचना हटाउँन पटक पटक अनुरोध गर्दै आएका कारण निर्माणधिन अवस्थामा रहेको अमर पथ सडक निर्माणमा समेत ढिलाई भएको नगर प्रमुख पोखरेल बताउँछन् । सडक क्षेत्रमा अवैध रुपमा निर्माण भएका संरचना हटाउँन थालेको कनकाई नगरपालिकाको अभियानप्रति स्थानीयवासीले स्वागत गरेका छन् ।

    विकासकालागि बाधक नबन्ने जनाउँदै स्थानीय मिलन खरेलले गत वर्ष नै अमर पथ सडक क्षेत्रमा पर्ने आफ्नो पाँच तले पक्की भवन भत्काएर बाटो खाली गरेका थिए। नगरपालिकाले परिपत्र गरेपछि नगरवासीको हैसियतमा प्रसाईँको घरसँगै टाँसिएको आफ्नो घर भत्काएर १२ फिट पछि सार्दै पुनःनिर्माण गरिएको खरेलको भनाई छ । व्यवसाय नै ठप्प पार्दै लाखौं रुपैयाँको व्ययभार सहेर एक वर्षको समयमा मात्र घर निर्माणको कार्य सम्पन्न भएको व्यवसायी खरेल बताउँछन् । खरेलसँगै बाटोको सिमा क्षेत्रमा पर्ने स्थानीय सिटौला मार्केट पनि यस अघि नै भत्काएर पुनः निर्माण गरी व्यवसाय संचालनमा आइसकेको बताइएको छ ।


    कानुनी राज्यमा तोकिएको नियम र परिधिभित्र रहेर सबैले आफ्नो गतिविधि गर्नु पर्ने तर्फ जोड दिँदै नगर प्रमुख पोखरेलले कुनै पनि व्यक्तिले आफ्नो अधिकारको प्रयोग गर्दा आफूले पालना गर्नु पर्ने कर्तव्य पनि भुल्न नहुने बताए ।
    बजार क्षेत्रका सडक खण्डमा भएका अन्य भौतिक संरचनाहरूलाई पनि छिट्टै हटाइने नगरप्रमुख पोखरेलले जानकारी दिए ।

    घर भत्काउन डोजर सञ्चालन हुनु अघि नै स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित नागरिक हरूले घर भत्काउन सुरु भएपछि ताली बजाएर नगरप्रमुखलाई धन्यवाद दिएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.