Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमालेको कार्वाही सिफारीसमा परेका वडा इञ्चार्ज पोखरेलले आँफै पार्टी छोडे
    आर्थिक

    एमालेको कार्वाही सिफारीसमा परेका वडा इञ्चार्ज पोखरेलले आँफै पार्टी छोडे

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक १९, शनिबार ०४:०४ गते2 Mins Read

    कनकाई खबर \ नेकपा (एमाले) कनकाईलेको कार्वाही लिष्टमा परेका कनकाई—१ वडा कमिटीका ईञ्चार्ज दधिराम पोखरेलले आँफै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।


    गत स्थानीय निर्वाचनदेखि नै पोखरेलसहित पार्टीको हित विपरीत गतिविधि गर्ने अन्य केही पार्टीका जिम्मेवार कार्यकर्ताहरु पार्टीको निगरानीमा रहेको नेकपा एमाले कनकाईले जनाउँदै आएको थियो । सोही क्रममा नैतिकताका आधारमा आफ्नो कमजोरीलाई ढाकछोप गर्न त्यस्ता व्यक्तिहरु पर्टीबाट बाहिरिने क्रम भइरहेको सो पार्टीले जनाएको छ ।


    पार्टीले औपचारिक रुपमा कार्वाही गर्नु पूर्व नै पत्रकार सम्मेलन गरी एमाले कनकाई १ को वडा कमिटी ईञ्चार्ज साथै नगर कमिटीको सचिवालय सदस्य समेत रहेका पोखरेलले आगामी दिनमा कुनै पनि पार्टीमा नरहने गरी एमाले पार्टी परित्याग गरेको जनाएका छन् । स्वतन्त्र बस्ने घोषणा गरेका पोखरेललाई लौरो अभियानका स्वतन्त्र समूहले स्वागत गरेका छन् । हाम्रो नेपाली पार्टीका केन्द्रिय प्रवक्ता रोहन कार्की , लौरो चुनाव चिन्ह भएका स्वतन्त्र समूहका झापा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार युक्तप्रसाद भेट्वाल, अभियन्ता एवं कनकाई नगर संयोजक शेरवहादुर थापा लगायतले लौरो उपहार दिएर आफ्नो समूहमा स्वागत गरेका थिए ।

    चार दशकदेखि एमालेको पार्टी राजनीतिमा सक्रिय रहेका पोखरेलले पार्टीमा विचार, नीति, विधि भन्दा गुटको राजनीति हावी भएकाले पार्टी छोडेको बताए । २०३८ सालमा विद्यार्थी जीवनकालदेखि राजनीतिमा सक्रिय उनले जेलनेल भोगेको बताए । पद नमागी पार्टीको हरेक गतिविधिमा सक्रिय भएर लागेको बताउँदै पोखरेलले पार्टीमा असल कार्यकर्ताको मूल्यांकन नहुने, आर्थिक अवस्था कमजोर भएका कार्यकताई नगन्ने, नेतृत्व गर्न सक्नेलाई लखेट्ने र नवप्रवेशीलाई मात्र मौका दिने भएकाले पार्टीमा बस्न र काम गर्न नसक्ने अवस्था भएकाले पार्टी त्यागेको जानकारी दिए ।


    कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने बन्नका लागि पार्टी त्यागेको बताउँने पोखरेल गत स्थानीय निर्वाचनमा एमालेका तर्फबाट वडा नं.१ को वडाअध्यक्ष पदका आकांक्षी थिए । सो पदकालागि पार्टीले सिफारीस नगरेपछि एमाले पार्टीसँग टाढिँदै आएका नगर सचिवालय सदस्य समेत रहेका वडा ईञ्चार्ज पोखरेल पार्टीको सम्पर्क बाहिर रहँदै आएका थिए । दुवै तहको कुनै पनि बैठकमा पार्टीले पोखरेललाई जानकारी नै दिन छाडेपछि बाध्य भएर पार्टी त्याग्नु परेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.