Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लौरो अभियानका उम्मेद्वार भेट्वालले सार्वजनिक गरे घोषणा पत्र
    आमनिर्वाचन

    लौरो अभियानका उम्मेद्वार भेट्वालले सार्वजनिक गरे घोषणा पत्र

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक १९, शनिबार ०२:१७ गते2 Mins Read

    कनकाई खबर \ झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लौरो अभियानका स्वतन्त्र उम्मेद्वार युक्तप्रसाद भेट्वालले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

    झापाको सुरुङ्गामा पत्रकार भेटघाट गरी आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषण पत्रमा उनले आफ्ना प्रतिबद्धता र क्षेत्र नं. ४ मा गर्नु पर्ने कामहरु समेटेका छन् । भेट्वालले घोषणा पत्रमा मेरो उम्मेदवारी किन ?, हामी कसरी काम गर्छौं ?, दल पुनर्संरचना, राज्य पुनर्संरचना, राष्ट्रिय आवश्यकता पहिचान, जैविक अधिकार, आर्थिक संरचना, सामाजिक संरचना, शासकीय स्वरुप, शिक्षा प्रणाली, कृषि, स्वास्थ्य सेवा, रोजगारी, विकास नीति, विदेश नीति लगायतका विषय समेटेका छन् ।

    “व्यावहारीक शिक्षा र आधुनिक शिक्षा अहिलेको आवश्यकता हो”, उनले भने, “आधुनिक कृषि पनि जरुरी छ ।” विकास नीति पनि आफ्नै खालको हुनुपर्ने उनको भनाइ छ । मुलुकमा व्याप्त नीतिगत भ्रष्टाचार अन्त्य गर्न सके मात्र सुशासन र विकास सम्भव हुने उनको भनाई छ ।

    त्यस्तै, प्रदेश सभा ४ (२) का स्वतन्त्र उम्मेद्वार केशव बजगाईंले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले जनताको सोच अनुरुप विकास हुन नसकेकाले देशभर स्वतन्त्रको लहर आएको बताए ।
    “स्थानीयसँगै प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्रको प्रतिनिधित्व हुन जरुरी छ”, उनले भने, “सरकार र सदनको नकारात्मकता हटाएर सकारात्मक कुरालाई अगाडि बढाउन जरुरी छ ।”

    निर्वाचन परिचालन समितिका संयोजक शेरबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समानुपातिक तर्फका उम्मेद्वार लक्ष्मीप्रसाद गुरुङ्, हरी धिमाल, मोहन राजवंशी, विनिशा मुर्मू सहितको उपस्थिती रहेको थियो । हाम्रो नेपाली पार्टीका केन्द्रिय प्रवक्ता रोहन कार्कीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको लौरो अभियानका अभियन्ता दिनानाथ खतिवडाले संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.