Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लागूऔषध दुव्र्यसन रोकथामकालागि कनकाईमा अभियान सुरु
    समाचार

    लागूऔषध दुव्र्यसन रोकथामकालागि कनकाईमा अभियान सुरु

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक १९, शनिबार ०१:४५ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा शुक्रवार एक दिने लागूऔषध दुव्र्यसन रोकथाम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    कनकाई नगरपालिकाको आयोजना तथा लागू औषध दुव्र्यसन रोकथाम अभियान नेपालको सहकार्यमा सुरुङ्गामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।नेपालसहित अमेरीका, बेलायत,डेनमार्क,स्वीडेन लगायत १८ वटा देशमा प्रशिक्षण प्रदान गरीसकेका अभियान नेपालका राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवरले प्रशिक्षण दिँदै चार वर्ष भित्रमा पालिकामा ८० प्रतिशत लागु औषध दुव्र्यसन मुक्त गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा अभियान नेपालका तर्फबाट अध्यक्ष कुँवरले कनकाई नगरपालिकालाई आगुऔषध मुक्त बनाउँने अभियानमा सहकार्य गर्न नगरपालिकाको तर्फबाट नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसँग सम्झौता गरेका छन् ।

    सम्झौतापछि कनकाई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका विद्यालय व्यवस्थापन समिति साथै प्रधानाध्यापकहरु, स्थानीय आमा समूह साथै स्थानीय नागरीक समाज विच कनकाईमा लागु औषध मुक्त गर्न सामूहिक प्रतिवद्धता जनाइएको छ । अभियान नेपालले कनकाई नगरपालिकालाई लागुऔषध मुक्त पालिका बनाउँन अब रणनीतिक योजना निर्माण गरी तत्काल कार्यक्रम संचालन गर्ने जनाएको छ ।


    अभियान नेपालसँग भएको संझौता अनुसार पालिका तथा वडास्तरमा यस अभियानलाई घर घरमा पुर्याउँन विशेष संरचना निर्माण गरिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जनाएका छन् । पालिका साथै नगरका सबै वडामा हेल्पडेस्क स्थापना गरी सूचना साथै परामर्शकालागि विभिन्न समिति साथै दबाव समूह गठन गरी अभियानलाई तिव्रता दिइने बताइएको छ ।


    कनकाई नगर प्रमुख पोखरेलको अध्यक्षतामा सुरुङ्गास्थित लायन्स क्लव अफ कनकाई सुरुङ्गाको सभा हलमा सम्पन्न प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा नगर उपप्रमुख आशा शिवाकोटीले स्वागत गरेकी थिइन् ।
    कार्यक्रममा कनकाई नगरपालिकाका जनप्रतिनिधि, नगरका विभिन्न शाखा प्रमुखसहित कर्मचारीहरु,आमा समूह,राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिसहित प्रधानाध्यापक, विद्यार्थी, स्थानीय विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मी, संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।


    उद्घाटन कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, गृहमन्त्रालयका विश्वमित्र कुईकेल, प्रहरी नायव निरिक्षक रुगमबहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन लागू औषध दुव्र्यसन रोकथाम अभियान नेपाल प्रदेश नं. १ का संयोजक इन्द्रप्रसाद ओलीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.