Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा निर्वाचन बिरोधी गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता
    राजनीति

    झापामा निर्वाचन बिरोधी गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक १८, शुक्रबार ००:०२ गते2 Mins Read

    झापा । जिल्ला निर्वाचन कार्यालय झापाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया गर्दै निर्वाचन बिरोधी गतिविधि हुन नदिन जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

    बिहीबार भद्रपुरमा आयोजित निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले मतदान केन्द्रहरुमा आवश्यक पर्ने निर्वाचन सामग्री ९५ प्रतिशत प्राप्त भइसकेको र आफूहरुले पनि प्याकेजिङ गरिरहेको जानकारी दिए ।

    उनका अनुसार यो निर्वाचनका लागि झापामा ६ लाख ६३ हजार ३११ जना मतदाता रहेका छन् । जुन संख्या गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनभन्दा १३ हजार संख्याले बढी हो । पुरुष मतदाताको संख्या ३ लाख ३१ हजार ४४ जना, महिला मतदाताको संख्या ३ लाख ३२ हजार २६९ जना र अन्य मतदाता संख्या ८ रहेको जिल्ला निर्वाचन अधिकारी नेपालले तथ्याङ्क सुनाए । आसन्न निर्वाचनमा झापा क्षेत्र नं. ५ मा सबैभन्दा धेरै १ लाख ५४ हजार २८९ जनाले जना मतदाता रहेका छन् भने क्षेत्र नं. १ मा सबैभन्दा कम १ लाख २० हजार ३७५ जना रहेको नेपालले बताए ।

    आसन्न निर्वाचनमा खटिने कर्मचारी, प्रहरी, सेना तथा कारागारमा रहेका मतदानको अधिकारप्राप्त कैदीबन्दीहरुले प्रतिनिधिसभाको समानुपातिक तर्फ मतदान गर्न पाउने भएको जनाउँदै निर्वाचन अधिकारी नेपालले ६ हजार २४२ जना अस्थायी मतदाता थपिएको जानकारी दिए ।

    सो अन्तरक्रियामा निर्वाचन लक्षित सुरक्षा सतर्कता, आचारसंहिता उल्लङ्घन रोक्न जनशक्ति परिचालन लगायतका विषयमा छलफल भएको थियो । निर्वाचनमा खटाइने जनशक्तिको तयारी, म्यादी प्रहरीे व्यवस्थापन, राजनीतिक दलहरुसँग विषयगत छलफल तथा समन्वय आदि भइसकेको उक्त कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

    उनले निर्वाचन बिरोधी गतिविधि हुन नदिन सुरक्षा सतर्कता उच्च बनाइएको जानकारी पनि गराए । झापामा २८५ मतदान स्थलमा ७६६ मतदान केन्द्र रहेको जनाउँदै तीमध्ये केही केन्द्रलाई अति संवेदनशील र संवेदनशील सूचिमा राखिएको उनको भनाई छ । यो पटक अस्थायी मतदाताका लागि कारागार र जिल्ला सदरमुकाममा २ वटा अस्थायी मतदान केन्द्र पनि राखिएको छ ।

    सो कार्यक्रममा जिल्ला आचारसंहिता अनुगमन अधिकृत मधु पोखरेलले झापामा छिटपुटरुपमा मात्र आचारसंहिता विपरितका घटना भएको जनाए । निर्वाचन आचारसंहिता उल्लघंनका घटना रोकथामका लागि पनि जिल्लाभर जनशक्ति परिचालन गरिएको जानकारी दिँदै उनले राष्ट्रपतिदेखि मतदातासम्मले आचारसंहिताको पालना गर्नुपर्ने औंल्याए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकार र सञ्चार माध्यमको भूमिका विषयमा प्रस्तुति गरेका थिए । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा भएको सो कार्यक्रममा उठेका जिज्ञासाहरु माथि उनले प्रष्ट्उँदै निर्वाचनलाई स्वच्छ एवम् भयरहित बनाउन सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.