Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कर्मचारीलाई तलब खुवाउँन नसक्ने गठबन्धन सरकारसँग जोडिएका उम्मेद्वारले देश बनाउँन सक्दैनन्, ः एल.पी.साँवा
    राजनीति

    कर्मचारीलाई तलब खुवाउँन नसक्ने गठबन्धन सरकारसँग जोडिएका उम्मेद्वारले देश बनाउँन सक्दैनन्, ः एल.पी.साँवा

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक १६, बुधबार २३:४२ गते3 Mins Read

    कनकाई खबर \ नेकपा एमाले झापा निर्वाचन क्षेत्र नं.४बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एल.पी.साँवा लिम्बूले कर्मचारीलाई तलब खुवाउँन नसक्ने गठबन्धन सरकारसँग जोडिएका उम्मेद्वारले देश बनाउँन नसक्ने दावी गरेका छन् ।


    प्रतिनिधि सभाका निवर्तमान सदस्य समेत रहेका एमाले नेता साँवाले चुनावी घरदैलो अभियानका क्रममा कनकाई—७ स्थित दुर्गापुर बजारमा भएको कोण सभालाई सम्बोधन गर्दै देश विकास र दिगो शान्तिका लागि एमालेको सरकार नै जरुरी रहेको बताए ।


    गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई दिने तलब सम्म सरकारसँग नभएको भनिरहँदा उहाँहरुबाट देश विकास हुन्छ भनेर कसरी विश्वास गर्ने भन्दै उम्मेद्वार साँवाले उपस्थित जनसमुदायलाई प्रतिप्रश्न गरेका थिए । एमाले सकारकामा रहुन्जेल देशमा तरलता नभएको भन्दै साँवाले भने गठबन्धनले देश चलाउन थालेपछि बजारमा हरेक चिजको महँगी बढेर जनताको ढाड सेकेको बताए ।


    गठबन्धनको सरकारले नेतृत्व गरेको १६ महिना नबित्दै देशको अर्थव्यवस्थामा गिरावट आएपछि कर्मचारीलाई तलब खुवाउँन नसक्ने अवस्था सिर्जना गराउँने प्रधानमन्त्रीसँग जोडिएका उम्मेद्वारले कसरी देश बनाउँछन् भन्ने सवालमा मसिनो गरी अध्ययन गर्न एमाले नेता साँवाले सर्वसाधारणलाई अपिल गरेका छन् ।

    समृद्धिको यात्रामा कुनै मतलब नराख्ने गठबन्धनको सरकारले १८महिना अघि ९६ रुपैंयाँ भएको पेट्रोलको मुल्य हाल १८२ बनाएर जनतालाई धोका दिएको बताए । गठबन्धनले समृद्धिको यात्रामा कुनै मतलव नराखी मुलुकलाई खोक्रो बनाएको बताउँदै साँवाले महँगीको मारबाट मुक्त हुनकालागि जनताले एमालेलाई नै भोट दिनु पर्ने बताएका छन् । नेकपा एमालेले समृद्धि चाहेको बताउँदै उम्मेद्वार साँवाले एमाले मात्रै देश विकास गर्ने ईच्छा शक्ति बोकेको पार्टी भएको बताए । चुनावी घर दैलोका क्रममा उनले एमालेको सरकारले छोटो समयमा देशमा महत्वपूर्ण काम गरेको बताउँदै गठबन्धनको सरकारले पुरानो कामको निरन्तरता रोकेको साथै योजनामा परेका विकासका धेरै कामहरु कटौती गरेको जानकारी गराए ।


    गठबन्धनको सरकाले नेतृत्व गरे यता पुर्वाधार विकासको क्षेत्रमा सिन्को पनि नभाँचिएको भन्दै साँवाले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला धरहरा, रानी पोखरी, गौतबुद्ध विमान स्थल, पोखरामा अन्तराष्ट्रिय स्तरको विमान स्थल, हुलाकी राजमार्ग लगायत देशका लागि मुहार फेर्ने कामको सुरुवात गरेको जानकारी गराए । जनता आवास कार्यक्रम मार्फत प्रत्येक स्थानीय तहका सुकुम्बासीलाई घर निर्माण गरेर घरबार बिहिनहरुको बसोबासको व्यवस्थापन भएको साँवाको भनाई थियो । एमालेको सरकारले स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत निशुल्क उपचारको थालनी गरेको बताउँदै उम्मेद्वार साँवाले भने, “भौतिक पुर्वाधार विकास, नदी तटबन्धन, सिँचाई, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा एमाले सरकारमा हुँदा ल्याएका धेरै योजनाहरु गठबन्धनको सरकारले निरन्तरता दिएन ।” सुखी नेपाली समृद्ध नेपालकालागि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अघि बढेका सबै कार्ययोजना अब एमालेको सरकार आएपछि मात्रै पुरा हुनेमा विश्वस्त रहन साँवाले जोड दिए ।


    वडास्तरीय निर्वाचन परिचालन कमिटिका संयोजक लिलावहादुर कन्दङ्वाको अध्यक्षतामा भएको कोणसभामा राप्रपाका केन्द्रिय प्रवक्ता एवं झापा क्षेत्र नं.४(ख)का प्रदेश सभा सदस्यका उम्मेद्वार भक्तिप्रसाद सिटौलाले समेत सम्बोधन गरेका थिए । राप्रपा नेता सिटौलाले नेपाली जनताको शिर उठाउँने कार्यको नेतृत्वमा रहेका केपी ओलीको राष्ट्रवादी सोचमाथि प्रहार भएको भन्दै नेपालीको स्वाभिमानलाई जोगाउँन समेत देशले केपी ओलीको नेतृत्व चाहेको बताएका छन् ।


    एमसीसी राष्ट्रघाती निर्णय भएको भन्दै राप्रपा नेता सिटौलाले गठबन्धनको सरकारले नेपाली जनतामाथि खेलबाड गरेको बताउँदै अबको मंसिर ४ गते हुने निर्वाचनमा जनताले यसको बदला लिने दावी गरे । आँफू निर्वाचित भएपछि जनताको मन कहिल्यै अमिलो बनाउँन नदिने भन्दै राप्रपा नेता सिटौलाले प्रदेश मार्फत केन्द्रिय सरकारसँग जोडेर आफू निर्वाचित भएको क्षेत्रमा विकासको मूल फुटाउँने प्रतिवद्धता जनाए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.