Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सतासी डिपार्टमेन्टमा लक्की ड्र : को को भए भाग्यशाली विजेता
    आर्थिक

    सतासी डिपार्टमेन्टमा लक्की ड्र : को को भए भाग्यशाली विजेता

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक १५, मंगलवार १२:५७ गते2 Mins Read

    बिर्तामोड \ सतासी बहुउद्देश्यीय सहकारी संस्थाको सतासी डिपार्टमेन्ट स्टोरले ग्राहक आकर्षण गर्न दशैं तिहारमा वितरण गरेको कुपनको लक्की ड्र गरी विजेता छानिएको छ ।

    नेपालीहरुको भर्खरै सकिएको महत्वपूर्ण चाडपर्वहरु दशैं, तिहार, छैठ तथा नेपाल सम्वतको अवसरमा सो डिपार्टमेन्टमा दुई हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकलाई एउटाका दरले कुपन वितरण गरेको थियो । उक्त कुपनको अर्धकट्टी राखेर लक्की ड्र गरी विभिन्न पुरस्कारहरु पाउने विजेता छानिएको हो ।

    बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित सो लक्की ड्र कार्यक्रमबाट ६३ जनाले विभिन्न उपहारहरु प्राप्त गरेको जनाइएको छ । जसअनुसार ४४२ नम्बर कुपन लिने बिर्तामोडका डिल्ली न्यौपाने प्रथम पुरस्कार ३२ इन्चको एलइडी टिभी पाउने भाग्यशाली बनेका छन् ।

    यस्तै दोस्रो पुरस्कार कुपन नम्बर ११४० लिने कनकाई ३ सुरुङ्गाका धर्मप्रसाद उप्रेतीले ७ केजी क्षमताको सामसुङ वासिङ मेसिन र तेस्रो पुरस्कार वापत १९२ लि. क्षमताको सामसुङ फ्रिज कुपन नम्बर ७४९ लिने कनकाई ३ सुरुङ्गाका हेमन्तकुमार राईले पाएका छन् । संस्थाले १० जनालाई ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहारमा दिएको छ भने साझेदार डिलरहरुले ५० जनालाई विभिन्न गिफ्ट ह्याम्पर उपलब्ध गराएका छन् ।

    उक्त लक्की ड्र कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले सतासी डिपार्टमेन्टले नेपाली उपभोक्तालाई स्वदेशमा नै उपभोग्य वस्तु खरिदका लागि उपहार योजना राखेर छिमेकी मुलुकका सीमावर्ती बजारमा जाने ग्राहकलाई रोकेकोमा धन्यवाद दिए । यस्ता कार्यक्रमले झोला बोकेर ‘पारी जाने’ प्रथाको अन्त्य गर्ने अपेक्षा सुनाउँदै अध्यक्ष शिवाकोटीले वाणिज्य संघले पनि अब जनचेतनामुलक कार्यक्रम गरी अभियान सञ्चालन गर्ने सुनाए ।

    संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको उक्त लक्की ड्रमा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष सुजता थापा मगरले शाब्दिक स्वागत गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.