Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्वास्थ्य उपकरण प्रयोगमा नआउँदा सेवा प्रभावित
    समाचार

    स्वास्थ्य उपकरण प्रयोगमा नआउँदा सेवा प्रभावित

    ramBy ram२०७६ बैशाख १९, बिहीबार १३:१० गते5 Mins Read

     

      कनकाई खबर डेक्स \ विगत १० वर्षदेखि कनकाई नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे मेसिनलगायत अन्य स्वास्थ्य उपकरणको प्रयोग हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । जनताको सेवाकालागि सरकारवाट अनुदान प्राप्त ती उपकरण प्रयोगमा आउन नसक्दा यहाँका विरामीको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

      स्वास्थ्य केन्द्रमा अतिआवश्यक भएको ठहर गरी स्वास्थ्य विमाले एक वर्ष अघि दिएको अर्को एक्सरे मेसिन समेत गोदाममा थन्किएको छ । केही दिन अघि मात्र स्वास्थ्य केन्द्रको नयाँ भवनमा एउटा एक्सरे मेसिन सारिएको छ भने क्वाटरमा रहेको अर्को मेसिन लामो समयदेखी प्रयोगमा नआउँदा माकुराको जालोले छोपीएको अवस्थामा थन्केको छ ।

      प्रतिगोटा करीब पाँच लाख पर्ने एक्सेरे मेसिन स्वास्थ्य केन्द्रको गोदाम भित्र थन्किएपछि स्थानीय स्तरमा रहेको स्वास्थ्य अस्पतालवाट पाउँने एक्सेरे सेवावाट स्थानीयवासी ठगीएका छन् । एक्सेरे मेसिन मात्र होइन स्वास्थ्य केन्द्रलाई एक वर्ष अघि एक संस्थाले अनुदान दिएको १५ लाख बढीको स्वास्थ परिक्षणसँग सम्वन्धित अत्याधुनिक उपकरणहरु समेत हाल सम्म प्रयोग विहिन भइ स्वास्थ्यको गोदामभित्रै थन्किएका छन् ।

      स्थानीयवासीले मान्यता प्राप्त सरकारी स्वास्थ्य केन्द्रमा सहज तरिकाले पाउँनु पर्ने सेवावाट प्रयाप्त फाइदा लिन नसकेको केन्द्रमा कार्यरत जिम्मेवार स्वास्थ्यकर्मीले समेत वताउँदै आएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीको स्वास्थ्य परिक्षण गर्न डाक्टरका लागि व्यवस्थित किसिमको विरामी परिक्षण कक्ष नहुँदा विरामीको स्वास्थ्य परिक्षण गर्नलाई नै समस्या हुने गरेको केन्द्रका डा.प्रविन भट्टराईले वताउँनुभएको छ ।

      स्वास्थ्य सेवाका लागि नयाँ अस्पताल भवन तयारी भए पनि संचालनमा नआउँदा सवै पक्षलाई समस्या पर्दै आएको वताइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको नवनिर्मित भवन निर्माण कार्य सम्पन्न भएको एक वर्ष विति सक्दा पनि संचालनमा नआउँदा स्थानीयवासीमा अन्यौलता छाएको हो ।

      जिल्ला स्तरको ठूलो अस्पतालका रुपमा विकास गर्ने योजनाका साथ भौतिक संरचना निर्माणलाई तिव्रता दिएको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा निर्माण कम्पनीले ढिला सुस्ती गरेका कारण सेवाग्राहीहरु अस्पतालवाट लिने गुणस्तरीय सेवावाट वन्चीत भएका हुन् । ठूलो अस्पतालवाट स्थानीयस्तरवाटै भरपर्दो सेवा पाउँने आशाले ढुक्क भएका सर्वसाधारणमा अन्योलता छाएको छ ।

      अस्पताल संचालनमा ढिलाई भएकै कारण दातावाट प्राप्त भएका १५ लाख भन्दा बढी मूल्य पर्ने स्वास्थ्यसँग सम्वन्धित अत्याधुनिक उपकरणहरु प्रयोग विहिन हुँदा नष्ट भएर जाने अवस्थामा पुगेको वताइएको छ । भवन निर्माणका लागि नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले ६ करोड ९३ लाख १० हजार ६ सय पैतालीस रुपैंयाँ ५ पैशाको अनुमानित लागतमा वोल पत्र आह्वान गरेको थियो ।

      जस अनुरुप पाँच करोड ५२ लाख ५८ हजार २ सय ३९ रुपैंया ८७ पैशामा दि कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाण्डौले २०७४ को चैत्र १० गते सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७२ सालको चैत्र १० गतेका दिन कार्यादेश भएको हो । भवन निर्माण सम्पन्न भएसँगै १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्र संचालन गरीने संझौता भएको वताइएको छ ।स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला स्तरको अस्पतालको रुपमा संचालनमा ल्याउँने तयारी भएको हो ।

      अस्पताल संचालनका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधार तयारी हुनुका साथै आवश्यक मापदण्ड पूरा गर्नु पर्ने भएकाले अस्पतालका लागि भौतिक संरचाना निर्माण कार्यलाई तिव्रता दिएको हो । तर रङ्रोगन सहितको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता अनुसारको समय सीमा एक वर्ष वितिसक्दा पनि अस्पताल संचालनमा नआउँनुमा संचालक समिति साथै सरोकारवाला सरकारी निकायले चासो नदिएको स्थानीयवासी वताउँछन् ।

      हाल स्वास्थ्य भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसके पनि ठेक्काको लागि सुरुमा भएको संझौताको म्याद वितिसकेको हुँदा सम्वन्धित विभागमा ठेक्काको म्याद थपका लागि प्रक्रियामा रहेको साथै तेस्रो चौमासिकको वजेट आउँन वाँकी भएर भुक्तानी रोकिएकाले अझै एक महिना ढिला हुन सक्ने सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुर झापाका इन्जिनियर विनोद सिंहले वताउँनुभएको छ । आवश्यक प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो समितिलाई जिम्मा लगाउँन आँफूहरु हतारिएको इन्जिनियर सिंहको भनाइ छ ।

      केही महिना अघि झ्यालढोकाको लागि आवश्यक पर्ने सामाग्रीको अभाव भएकाले केही समय ढिला हुन गएको भए पनि अव एक महिनाभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी समितिलाई हस्तान्तरण गर्ने योजना रहेको सिंहले वताउँनुभएको छ । भवन निर्माणका लागि टेण्डर पारेर निर्माणको कार्य गर्दै आएको निर्माण कम्पनीले गुणस्तरहीन सामाग्री प्रयोग गरी निर्माण कार्यमा लापरवाही भएपछि स्थानीयवासी अख्तियार सम्म पुग्नु परेको स्थानीय हरिभक्त संग्रौला वताउँनुहुन्छ ।

      अहिले पनि प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन पक्ष कमजोर हुँदा केन्द्रमा आवश्यक्ता अनुसारको औषधी नहुनु, दक्ष जनशक्तिको अभाव, प्रशासनीक पक्षको कमजोरीका कारण सेवाग्राही समस्यामा परेको केन्द्रकै स्वास्थ्यकर्मी वताउँछन् । स्वास्थ्य केन्द्रको सेवालाई व्यवस्थित र विश्वसनिय वनाउँनका लागि केन्द्रमा रहेको संचालक समिति नाम मात्रको भएको केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले वताउँदै आएका छन् ।

      समितिमा रहेका पदाधिकारीहरुले हरेक दिन पालो मिलाएर स्वास्थ्यकेन्द्रमा आएर अनुगमन गर्ने हो भने यसको दैनिक सेवामा धेरै प्रभाव पर्ने आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा केन्द्रका एक जिम्मेवार स्वास्थ्यकर्मीले वताउँनुभएको छ ।
    प्राथमिक स्वास्थ्य केन्द्रको संचालक समितिको बेवास्ताका कारण केन्द्रको संचालनमा कमजोरी भएको स्थानीयवासीले गुनासो पोख्दै आएका छन् ।

      स्थानीय स्तरमा रहेको स्वास्थ्य संस्थाको संचालन साथै व्यवस्थापनमा स्थानीय सरकार अझै गम्भिर वन्नु पर्ने वताइएको छ । केन्द्रको संचालक समितिका पदाधिकारीहरुमा स्थानीय वडा नं. ३ का वडा अध्यक्ष नै स्वास्थ्य केन्द्रको अध्यक्ष हुने व्यवस्था भएअनुसार वडा अध्यक्ष रुद्रप्रसाद चिमरीया यस स्वास्थ्य केन्द्रको अध्यक्ष हुनुहुन्छ । जनप्रतिनिधी पनि भएकाले जनताको कामकालागि हरेक दिन आँफू नगरपालिकामा जानुपर्ने भएपछि स्वास्थ्यकेन्द्रले दिइरहेको सेवाका विषयमा आँफूलाई धेरै कुराको जानकारी नभएको स्वयं व्यवस्थापन समितिका अध्यक्ष चिमरीयाले वताउँनुभएको छ ।

      स्थानीय सरकारले समेत स्वास्थ्य केन्द्रका लागि विनियोजन गरेको रकम प्रयाप्त नभएकोमा चिमरीयाले गुनासो पोख्नुभएको छ । जसका कारण समयमा आवश्यक्ता अनुसार औषधी उपलव्ध हुन नसकेपछि सेवाग्राही मारमा पर्ने गरेको चिमरीयाको ठहर छ ।
    स्वास्थ्यकेन्द्रको व्यवस्थापन समितिको उपाध्यक्षमा स्थानीय औषधी व्यवसायी सुरेन्द्र प्रधान रहनुभएको छ । केन्द्रका इञ्चार्ज सदस्य सचिवको जिम्मेवारीमा रहने व्यवस्था छ । त्यस्तै समितिका अन्य सदस्यहरुमा स्थानीय अगुवा सामाजिक व्यक्तित्वहरु कुमारमणि पोखरेल, निर्मलकुमार खतिवडा, मनोनित सदस्य अम्विका उप्रेती र वडा सचिव भोजराज आचार्य रहनु भएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.