Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न, कनकाई छठ सेवा समाजद्वारा पत्रकार निरौलासहित दर्जनौं सम्मानित
    समाचार

    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न, कनकाई छठ सेवा समाजद्वारा पत्रकार निरौलासहित दर्जनौं सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक १४, सोमबार १२:१७ गते5 Mins Read

    कनकाई खबर \ बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यो वर्षको छठ पर्व विधिवत रुपमा समापन भएको छ ।

    जलासय किनारमा पूजा सामग्रीसहित ब्रतालुले आदिदेव सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न भएको हो । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । छठ पर्वकै अवसरमा झापाको कनकाई नगरपालिकास्थित कनकाई नदीको पुर्वी किनारमा आयोजित छठ पूजा विशेष कार्यक्रममा एकजना पत्रकारसहित जग्गादाताहरु सम्मानित भएका छन् ।


    कनकाई छठ सेवा समाजले छठ पूजाको उद्घाटन कार्यक्रमको अवसर पारेर पत्रकार रामप्रसाद निरौलासहित जग्गादाताहरुलाई सम्मान गरेको हो । बिगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार निरौलालाई संचारको माध्यमबाट समाज रुपान्तरणमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरेको बताइएको छ । जनसंसद दैनिक,कञ्चनजंघा एफएम, सूर्योदय टेलिभिजन, राष्ट्रिय समाचार समिति(रासस) लगायतका संचार माध्यमको अनुभव बटुलिसकेका पत्रकार निरौला कनकाई नगरबाट प्रकाशित हुँदै आएको कनकाई खबर डटकम अनलाइनसहितको कनकाई खबर साप्ताहिकका सम्पादक तथा प्रकाशक हुन् ।

    सम्मानित ब्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, पूर्व मन्त्री एवं निवर्तमान प्रदेश सभा सदस्य हीराकुमार थापा लगायतले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा कनकाई छठ सेवा समाजलाई एकधुर जग्गा प्रदान गर्ने जग्गा दाता रिन्कु तथा राजकिशोर चौधरी, तारानाथ प्रसाईँ साथै आधा धुर जग्गा प्रदान गर्ने बसन्त शाह रहेका छन् ।

    त्यसैगरी जेष्ठ नागरिकको रुपमा महेश्वरप्रसाद गुप्ता, सहयोगी तथा अग्रजका रुपमा जगतनारायण मण्डल, शिक्षा तथा राष्ट्रिय सेवकका रुपमा शम्भु शाह, समाजसेवीका रुपमा मिनकुमार प्रधान, कार्यसमिति सक्रिय माहानुभावका रुपमा किरण कारक, दिनेश ठाकुर, अशोक शाह, रोहित मण्डल रहेका छन् । त्यस्तै संस्थापक तथा पूर्व अध्यक्षका रुपमा उपेन्द्र प्रधान, चन्द्रशेखर शाह, किसनकुमार सोनी, पवनकुमार शाह र निवर्तमान अध्यक्ष सुरेन्द्र प्रधानलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा सल्लाहकार तथा लेखा समितिका पदाधिकारीहरु, महिला तथा युवा समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको समाजका वरिष्ठ उपाध्यक्ष खगेन्द्र महतोले जानकारी दिए ।

    छठपुजाका लागि कनकाई माइको पुर्वी किनारमा ७० वटा घाट निर्माण भएको थियो भने प्रत्येक घाटको सुरक्षाका लागि स्वयंसेवक परिचालन गरीएको थियो । सुरक्षा व्यवस्थालाई मजवुत वनाउँनका लागि नेपाल प्रहरी,ट्राफिक प्रहरी र शसस्त्र प्रहरी परिचालन गरीएको आयोजक समितिका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले वताएका छन् ।सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको कनकाई छठ सेवा समाजले छठ पर्वलाई सवै जातजातीहरुको साझा पर्वका रुपमा पहिचान दिने उद्येश्यले व्यवस्थापन गरेको बताइएको छ । छठपूजाका अवसरमा अघिल्लो दिन कनकाई घाट सरसफाई समेत गरेको छठ समाजले औपचारिक कार्यक्रम अघि विभिन्न जातजाती, धर्म सम्प्रदायको सहभागितामा सुरुङ्गा बजार परिक्रमा गरेको थियो ।


    विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधी, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा रात्री कालिन जागरम सहित विशेष साँगितीक कार्यक्रम संचालन गरीएको कनकाई छठसेवा समाजका साँस्कृतिक संयोजक अमन गुप्ताले जानकारी दिए ।

    कनकाई छठ सेवा समाजका अध्यक्ष राजकिशोर चौधरीको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा आगामी मंसिर४ गते हुने निर्वाचनमा झापा क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वारहरु एल.पी साँवा,देउकुमार थेवे, युक्त भेटवाल, खुश्बु ओली, संघ÷संस्थाका तर्फबाट लीलाप्रसाद चिमरिया, युवाराज संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए र्।
    कनकाई छठ सेवा समाजका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक मुन्ना साहले स्वागत गरेको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले औचित्य सहित छठपर्वको महत्वका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमको सञ्चालन समाजका महासचिज रविन्द्र गुप्ताले गरेका थिए ।

    छठको महत्व

    चार दिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ । सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक छठ पर्व मनाइन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन पोखरी, नदी, इनार लगायतको जलासय किनारमा दिउँसोदेखि नै पूजा सामग्रीसहित श्रद्धालु तथा ब्रतालु पूजा आराधना गरी बस्ने गर्दछन् ।

    चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुने गर्दछ ।

    छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवतालाई चढाउने गरिन्छ । अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । पोखरी, तलाउ र नदीको घाटमा छठ पुजा गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् ।

    ग्रामीण भेगका कतिपय इनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् । साथै बिहानपख सूर्य उदाउनु केही बेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ्य दिने गर्दछन् । उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याईदिने प्रचलन छ ।

    प्रदेश १ र मधेश प्रदेशमा सार्वजनिक बिदा

    छठ पर्वको अवसरमा प्रदेश १ सरकार र मधेश प्रदेश सरकारले आाइतबार र सोमबार गरी दुई दिन सार्वजनिक विदा दिएको छ । मिथिलाञ्चलसहित तराइ मधेशको महापर्वको रुपमा छठ मनाउने गरिएकोले दुईवटै सरकारले दुई दिन बिदा दिन थालेका हुन् । प्रदेश सरकारले राजपत्रका वार्षिक विदा प्रकाशन गर्दा नै यो विदा उल्लेख भएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.