Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘पार्टी बदल्नु परेन, भोट बदलौं’ भन्ने नारासहित शम्भु सुस्केराको वाचापत्र सार्वजनिक
    समाचार

    ‘पार्टी बदल्नु परेन, भोट बदलौं’ भन्ने नारासहित शम्भु सुस्केराको वाचापत्र सार्वजनिक

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक ११, शुक्रबार १७:१० गते3 Mins Read

    कनकाई खबर / झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभाका उम्मेदवार शम्भुप्रसाद ढकाल ‘सुस्केरा’ ले आफ्ना वाचापत्र सार्वजनिक गरेका छन् ।


    सुरुङ्गामा चुनाव प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार भेटघाटमा सुस्केराले ‘अब जान्नेलाई छान्ने’ सन्देशसहितको वाचापत्र सार्वजनिक गरेका हुन् । ‘पार्टी बदल्नु परेन, भोट बदलौं’ भन्ने नारासहित झापा क्षेत्र नं. ४ प्रतिनिधिसभामा नेपाल स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका सुस्केरा चिरपरिचित साहित्यकार पनि हुन् । सार्वजनिक वाचापत्रमा उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, जनमैत्री कानुन निर्माण, भ्रष्टाचार नियन्त्रण, राज्य सञ्चालनमा पुनरावलोकन, आन्तरिक तथा बाह्य सुरक्षा, विश्वमञ्चमा गौरवपूणर् उपस्थिति, प्रभावकारी, मितव्ययी र ममतामयी सरकार, प्राथमिकतामा युवा, सुरक्षित, सहज र भरपर्दो यातायात सेवा तथा स्थानीय समस्या लगायतका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । १२ बुँदे वाचापत्रमा उनले काल्पनिक र हावादारी कुरालाई होइन, तर गर्न सकिने, व्यावहारिक, आवश्यक प्रतिबद्धतालाई मात्र प्रस्तुत गरेको बताएका छन् ।


    २०३२ साल मंसिर २ गते खोटाङमा जन्मेका सुस्केरा झापा कनकाई नगरपालिकाका स्थायी बासिन्दा हुन् । स्थानीय कन्काई मावि सुरुङ्गाबाट एसएलसी गरेका सुस्केराले राजनीतिशास्त्रमा एम्ए गरेका छन् । नेपाल प्रहरीमा २२ वर्ष सेवा गर्ने क्रममा १५ वर्ष रेडियो नेपाल, १ वर्ष कान्तिपुर एफएम र १ वर्ष ट्राफिक एफएममा काम गरेका थिए । इमान्दार र निष्ठावान छबि भएका सुस्केराका ‘सहीदकी आमा’ र ‘सरोगेट लोग्ने’ दुई कथासंग्रहसहित विभिन्न पत्रपत्रिकामा दर्जनौं लेख, कविता र निबन्ध प्रकाशित छन् ।

    पत्रकार भेटघाटमा सुस्केराले आफूहरू धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताए । उनले भने, ‘जाति, धर्म, भाषा, राजा र क्षेत्रका नाममा फेरि रगत बग्न नहुने, कुनै चेलीको सिन्दुर मेटिन नहुने र कुनै बालबच्चा टुहुरा हुन नहुने पक्षमा हामी रहेका छौं ।’ सम्पूणर् शक्ति र अधिकार स्थानीय तह र केन्द्रमा राखेर प्रादेशिक संरचना खारेज हुनुपर्नेमा आफ्नो पार्टी रहेको उनले बताए । उनले आफूहरू नष्ट हुन सक्ने, तर भ्रष्ट नहुने बताए । आफूले राजनीति पेसा होइन, जनताको सेवा हो भन्ने मर्मका साथ काम गर्ने बताए ।


    आफूहरू कसैको दास नभएको मतदाताले बुझ्न आवश्यक रहेकोमा जोड दिँदै सुस्केराले भने, ‘हामी दास होइनौँ, देशका मालिक हौँ, देश दुख्दा बोल्छौँ, अघि सर्छौ, विद्रोह गर्छौँ । कसैको निन्द्रा बिग्रियो भनेर हामी किन चुप ?’ आफूलाई मतदाताले मत दिए ५ वर्षपछि भोट माग्न नआउने, जनताको पक्षमा राम्रो काम गर्ने र जनता आफैले खोजीखोजी भोट दिने गरी काम गर्ने उनले बताए । उम्मेदवारमा दीगो सोच र निःस्वार्थ भावना हुनुपर्नेमा जोड दिँदै उनले टन्न पैसा नहुनेले देशको सेवा गर्न नपाउने हो र भन्ने प्रश्न गरे ।

    पैसा हुनेले मात्रै चुनाव लड्ने र राजनीतिलाई पेशा बनाउने हो भने जनताले कहिल्यै सुखको सास फेर्ने नपाउने उनको तर्क थियो । उनले भने, ‘सामान्य आर्थिक अवस्थाका मान्छेले पनि चुनाव लड्न सक्नुपर्छ, सकिन्छ यसैको उदाहरण बन्नेछ मेरो उम्मेद्वारी र आगामी दिनमा पैसा नहुनेले पनि चुनाव लडेर जितेर देशको सेवा गर्ने हिम्मत गर्नेछन् । त्यतिबेला मेरो दोहोरो जित हुनेछ ।’
    वाचापत्र सार्वजनिक कार्यक्रममा नेपाल स्वतन्त्र पार्टीका नेताहरू खड्ग गिरी, तुलसी खनाल, कवि प्रसाईं लगायतले पत्रकारले सोधेका प्रश्नका उत्तर दिएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.