Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाली संस्कृतीको संरक्षणमा एक जुट हुन कनकाई नगर प्रमुख पोखरेलको आग्रह
    शिक्षा

    नेपाली संस्कृतीको संरक्षणमा एक जुट हुन कनकाई नगर प्रमुख पोखरेलको आग्रह

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक ९, बुधबार १६:२२ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपाली संस्कृतिको संरक्षणमा एक जुट हुन आग्रह गरेका छन् ।


    ‘लोक संस्कृतिको प्रवद्र्धन हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ दिपावलीको अवसरमा कनकाई–३ सुरुङ्गा स्थित श्री हरिकुल नमूना माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न खुल्ला सामूहिक देउसी–भैलो प्रतियोगितात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले संस्कृति संरक्षणमा जोड दिएका हुन् । नेपाली संस्कृति साथै संस्कार मर्यो भने सबैथोक सकिने भएकाले नेपाली संस्कृतिको संरक्षणमा जुट्न नगर प्रमुख पोखरेलले नगरवासीलाई आग्रह गरेका हुन् । पछिल्लो समय चाडपर्वहरु भड्कीलो बन्दै गएकाले भावी पुस्ताले नेपाली भेषभुषा,संस्कृति एवं संस्कार नै बिर्सन सक्ने भएकाले यस तर्फ सचेत हुन कनकाई नगर प्रमुख पोखरेलले अपिल गरेका छन् ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर थापाको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख पोखरेलको प्रमुख आतिथ्य रहेको प्रतियोगितात्मक कार्यक्रममा कनकाई मावि विज्ञान संकाय तर्फका विद्यार्थीको समूह प्रथम भएको थियो । नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्येश्यले मौलिक देउसी– भैलो प्रस्तुत गरेको कनकाई मावि विज्ञान तर्फका विद्यार्थीको समूहलाई ई—सेवा प्रालिले प्रायोजन गरेको नगद २० हजार ,ट्रफी र गिफ्ट ह्याम्पर हस्तान्तरण गरिएको थियो ।


    प्रतियोगितामा समूहकी रामजी गौतमले नेतृत्व गरेको कनकाई ४ स्थित शान्ति टोलको संगिनी नृत्यसहित देउसी भैलोले दोश्रो पुरस्कार प्राप्त गरेको थियो । कनकाई नगरपालिका वडा नं. ३ बाट सहयोग प्राप्त दोस्रो पुरस्कारको राशी नगद १५ हजारसहित ट्रफी र गिफ्ट ह्याम्पर कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईँले विजेता समूहलाई हस्तान्तरण गरे ।


    त्यस्तै कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य कृष्णमाया भुजेलले नेतृत्व गरेको कनकाई –३ स्थित शिव शान्ति टोल समूहका महिलाले तेश्रो पुरस्कार हात पार्न सफल भए । मौलिक देउसी – भैलो सहित नृत्य प्रस्तुत गरेका उनीहरूले मंगलदिप अगरबत्तीले प्रायोजन गरेको १० हजार , ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरे । त्यस्तै सान्त्वना पुरस्कार संघर्ष व्याण्डका यूवा समुहले प्राप्त गरे । खुल्ला सामूहिक देउसी– भैलो प्रतियोगिताका निर्णायकहरूमा चलचित्र निर्देशक दिनेशराज शर्मा, संगीतकार तथा गायक मणि बर्देवा र नृत्य निर्देशक विजय कन्दङ्वा लिम्वू रहेका थिए ।


    कार्यक्रममा कनकाई –३ का वडाध्यक्ष युवराज चम्लागाईं, प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुब्बा , कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेम ओली लगायतले निजी विद्यालयहरूले विद्यार्थीलाई मौलिक कला संस्कृतिबारे नसिकाएको कतिपय अभिभावकहरूको आरोप रहेकोमा श्री हरिकुलले खुल्ला सामूहिक देउसी – भैलो प्रतियोगिता आयोजना गरेर मौलिक कला संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्न लागिपरेको भन्दै प्रशंसा गरेका थिए ।

    औपचारीक कार्यक्रममा विद्यालयका प्रिन्सिपल रोशन केसीले स्वागत गरेका थिए भने विद्यार्थी सन्ध्या ठटालले स्वागत गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन शिक्षक सन्दिप मरासनी र श्रृजन श्रेष्ठले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.