Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका बजारमा खाद्य सामग्री अनुगमन
    समाचार

    कनकाईका बजारमा खाद्य सामग्री अनुगमन

    adminBy admin२०७९ कार्तिक ३, बिहीबार १७:४४ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका क्षेत्रको सुरुङ्गा बजारमा खाद्य सामाग्री अनुगमन गरीएको छ ।


    जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा भएको अनुगमनका क्रममा खाद्य सामाग्री साथै फलफूलका पसल, होटल तथा मासुजन्य पदार्थको अनुगमन भएको बताइएको छ । सुरुङ्गा बजार क्षेत्रका साना ठूला सबै किसिमका पसल तथा होटल र मासु बिक्री पसलमा भएको अनुगमनमा अखाद्य बस्तु, लेवल नभएका खाद्य सामाग्री विक्रि वितरण भएको पाइएको छ ।


    अनुगमन टोली बजार प्रवेश गरेसँगै सुरुङ्गा बजार क्षेत्रका अधिकांश पसलहरु तत्काल बन्द भएका कारण बजार क्षेत्रमा अनुगमनलाई थप तिब्रता दिनु पर्नेमा जोड दिइएको छ । व्यवसायीहरुले पालना गर्नु पर्ने विधि र प्रक्रिया पूरा गरी निर्धक्क भएर व्यवसाय संचालन गर्न कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागार्इँले आम व्यवसायीहरुलाई अनुरोध गरेका छन् । अनुगमन टोलीबाट त्रसित बनेका व्यवसायीहरुलाई वडाअध्यक्ष चम्लागाईँले सहज वातावरणमा व्यवसाय संचालन गर्न अनुरोध गरे ।


    चाडपर्वकै विचमा यस आर्थिक वर्षको पहिलो चरणमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख नारायणप्रसाद भट्टराई, घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटा, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेसहित नगरपालिकाका अन्य कर्मचारी, आन्तरीक राजस्व कार्यालय झापाका विशाल काफ्ले सहितको उपस्थिती रहेको बताइएको छ ।
    अनुगमनका क्रममा जिल्लास्थित सरकारी कार्यालय साथै स्थानीय निकायका प्रतिनिधि, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाई लगायत जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानवहादुर जिम्बा, कनकाई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौलासहित अन्य पदाधिकारी, संचारकर्मी साथै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभगीता रहेको बताइएको छ ।

    अनुगमनका क्रममा होटलमा तेलको प्रयोग गर्दा एउटै तेल पटक पटक प्रयोग नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख भट्टराईले सुझाव दिएका छन । त्यसैगरी अनुगमन गरिएका पसल साथै होटलहरुमा लेवल नभएको सामान प्रयोग भएको , किचनको पूर्वाधार र सरसफाई राम्रो नभएको , तेल प्रयोग अत्याधिक भएको , प्रशोधन स्थलको पूर्वाधार नभएको मिठाइ लगायतका खाद्य वस्तुमा लेवल नभएको पाइएको छ । यी सवै कुरामा सतर्क भएर व्यवसाय संचालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले व्यवसायीलाई अनुरोध गरेका छन् ।व्यवसायीबाट भएको कमजोरी तुरुन्तै सुधार गरि खाद्य कार्यालयमा जानकारी गराउन सबै व्यवसायीलाई निर्देशन दिएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.